केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकले २१ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको कार्तिक महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड ११ लाख खुद नाफा आर्जन गर्न सफल भएका हुन् ।
पहिलो चार महिनामा सर्वाधिक नबिल बैंकले २ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ ।
दोस्रोमा ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड, प्राइम बैंकले १ अर्ब ५३ करोड र हिमालयन बैंकले एक अर्ब ५० करोड खुद नाफा आर्जन गरेका छन् ।
एनआईसी एशिया बैंकले एक अर्ब ३७ करोड, नेपाल बैंकले ६६ करोड ८१ लाख, राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब २० करोड रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ड बैंकले ९८ करोड र नेपाल एसबिआई बैंकले ६० करोड र एभरेष्ट बैंकले एक अर्ब ८ करोड, रुपैयाँ नाफा आर्जन गरेका छन् ।
एनएमबि बैंकले एक अर्ब २३ करोड रुपैयाँ ,माछापुच्छ्रे बैंकले ६७ करोड, कुमारी बैंकले ८८ करोड, लक्ष्मी सनराइज बैंकले ५१ करोड, सिटिजन्स बैंकले ५८ करोड नाफा कमाएका छन् । त्यस्तै, प्रभु बैंकले एक अर्ब ५ करोेड रुपैयाँ र सानिमा बैंकले ७७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
बैंकहरुमा सबैभन्दा कम कमाउनेमा सिद्धार्थ बैंक देखिएको छ। बैंकले ३३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ । कृषि विकास बैंक कात्तिक मसान्तसम्ममा २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमै छ ।


