स्वयम्भू शाक्य
समयचक्र न हो । समयले मान्छेलाई कहाँकहाँ पु¥याउँदो रहेछ । आजयहाँ छभोलि अन्तै हुन सक्छ । यो परिवर्तशील संसारमा समयभित्रकालधर्म अपनाउनु पर्ने रहेछ । कालकूट विषपिएर पनि मान्छे जिउनु पर्ने रहेछ । थाहा छैन यो मनुष्यजीवनमा समयले छिया छियापारेर मृत्यु किनमाग्नखोज्छ ? यो त समयको मागहो । आदि र अन्त्यविनाको कालचक्रको कामहो । भनिन्छ, ढुङ्गा थपेर पर्खाल बनाए भैंm बालुवामाथिबालुवाथपिएर चट्टान बने भैंm यो त युगौं युगदेखि चलिआएको सृष्टिको रूप हो । पितापूर्खाहरूले सृजित गरेको रीत हो । त्यसैले त्यो कालखण्डदेखि यो कालखण्डसम्म हाम्राबा,बाजे र बराजुहरू अनिकतिपूर्खाहरू मृत्यु भएर परम्परामा एक अर्कामाथिखप्ने कामभएको छ । एउटा पूर्खा माथिअर्को पूर्खाको चाङ्गखप्नु परेको छ । एउटै ठाउँमा अर्कोतहमिलाउनको लागिहामीहरू जन्मेका हौं ।
यो कालचक्रभित्र प्राणीहरूको जन्म र मृत्यु हुने गरिन्छ । यो संसारमात्यस्तो कुनै प्राणी छैन, जहाँ कालचक्रबाट भाग्न सकोस् । यो त समयको बन्धनहो । बन्धनभित्रफलामको डोरीले खुट्टामाअदृश्य गरी नेल लगाएको हुन्छ । त्यसैले यो संसारमा समय भन्दा अगाडि डगुर्ने कोही छैन । न समयलाई छोडेर थकाई मार्न सक्छौं ?चाहँदानचाहँदै यो समयको भूमरीभित्रहामीबाँचिरहेका छौं । समयको माग सँगै कसैको जन्म त कसैको मरण पनिहुने रहेछ । प्राणीहरूले सजिलै मृत्युवरण गर्नु धेरै गाह्रो कुरो हो । आँखामाजाली बसेपछि त्यो आँखाले कसरी देख्न सकिन्छ ?यमदूतआएर आफ्नै खुट्टा अगाडि उभेपछि हंसले पनि ठाउँ छोड्नु पर्छ । तसर्थ यो दुःखदायीजीवनमा मृत्यु अलौकिकभनेर कालचक्रसँग हिँड्नु प्रकृतिको नियमहो । सृष्टिमाथि सृष्टि भएर, मृत्युमाथि मृत्यु बनेर यो तहतहको अनौठो जीवनमात्रिकालको यात्रागर्दै चुहेको गाग्री जस्तो पानी सक्नु स्वभाविकै हो । यो कालचक्रभित्र के छ के छैन हामीलाई के थाहा हुन्छ र ?जहाँआगो छ, आगो सँगै खेल्नकालागिहामीपनिआगो हुनु पर्ने रहेछ । जहाँपानी छ ,पानीसँगबग्नकालागिहामीपनिपानीबन्नु पर्ने रहेछ । जहाँधूँवा छ , धूँवाभई उड्नकालागिहामीपनिधूँवाहुनुपर्ने रहेछ । जहाँ माटो छ, माटो हुनकालागिहामीपनि खरानीहुनुपर्ने रहेछ । आगो पिएर कति माटोमै बिलाई सके । कसलाई के थाहा?पत्रेचट्टान जस्तै तहतहमिलेर बा,बाजे अनिहजुरबा सुतेको ठाउँमा एक दिन म पनि सुत्नजानुपर्छ । त्यो दिनकहिल्यआउँला? जब कालचक्रले बोलाउँछ तब मात्र मेरो पालो आउने होला । यो धरतीबाट बिदाभएर परलोकजानकालागि सबैसँग मैले माफीमाग्नु पर्ला । रहँदा बस्दा केहि गल्ती गरेको भए यो चोलामै क्षमालिनुपर्ला । भए गरेका कुरालाई यही छोडेर आनन्दले परलोकमागएर बस्नु पर्ला । नाताकुतुम्बविना, कसैले रिस रागविना कसैको स्वार्थ विना, कसैको दमन र छुवाछुट विना, जे पाक्छ त्यहीखाएर म एक्लै भएपनि मेरो बा–आमाअनिपूर्खाहरू मरेको ठाउँमा तहतहमिलेर खापाखाप गरी बस्नु पर्ला । त्यसैले न सृष्टिको डर छ न पैसा विनाभोकै मर्छ भन्ने पीर छ । यो भवसागरमाआपूmले गरेको कर्मको फल कस्तो हुन्छ भन्ने मात्रमलाई पीर छ ।
भनिन्छ सृष्टि न्यायको लागिमात्रहुने रहेछ । आखीर मृत्यु त शुन्य–शुन्यमा हराएर पाप र पुण्यको कुरोमात्र रहेछ । हो आजहामी देखा परिरहेका छौं ।भाग्यको सीमामा बसेर पालै पालो तहतहबन्नलागेका छौं । आज मेरो पालो रहेछ । भोलि तिम्रो पालो आउने छ ।
तिम्रो बा, बाजे बराजुहरू
कतिपूर्खाको खापाखापमाथि
तिमी देखा परिरहेका छौं
त्यहीखापाखापमाथि एक तह
बन्नै निम्ति सृष्टि न हो
कालचक्रले बोलाए पछि हामी माटोमा सुत्नु पर्छ । यो आत्माविनाको देहलाई एक मुठ्ठीआगो दिएर माटो बनाउनु पर्छ । त्यसैले यो चिरनिद्रामाअहिलेसम्मकतिनिदाई सकेँ । कतिनिदाउँनु पर्ने हो । कुनै लेखाजोखा छैन । जमिन खनेर निकालेको माटोको त्यो चपरीले हामीलाई पुर्नको लागिहाम्रा छोराछोरीहरू समयले बोलाए पछि आउने छ । रोएर भाबविह्वलभएर एक अञ्जुलीपानीअर्ध दिएर बा–आमाअनिपूर्खाहरू सुतेको ठाउँमा हामीलाई पनि सुताउने छ । सदाकालागिभौतिक शरीरलाई पञ्चतत्वमामिलाउने छ । आ–आफ्नो बाटोमा हिँडाउने छ । त्यसैले यो अनित्य संसारमाहामी सुतेको ठाउँमा भोलि हाम्रा छोराछोरीहरू सुत्ने छ । कहिले नउठ्ने गरी मनभरी मायालिएर जाने छ ।
योत संसारको नियमहो । खोला बगे जस्तो कलकलपानी बगेर यो आत्माकताजाने हो?थाहा छैन, एक्लो यात्रामा कोही कसैको आफ्नो हुने छैन । बाटो चिप्लो छ कि भिरालो छ ।यो त उसैलाई मात्रथाहाहुने कुरो हो । जसले हामीलाई भन्नआउँदैन । जसले हामीलाई सोध्नआउँदैन । कस्तो विडम्बना ! यो कस्तो रहस्यपना!बुझ्नै नसक्ने चिरनिद्रा पछि के के हुने हो ।हामीलाई पनि केहीथाहानहुने अदृश्य सपना जस्तो धमिलो भएर देख्नै नसके जस्तो कस्तो कस्तो यौटा मान्छेको जीवनभित्र समयचक्रले सधै किन पछाई रहन्छ ?
खोलो बगेर समुद्रमामिसिरहेको छ । समुद्रमाअथाहपानीभएर पनि सबैलाई समाहितगर्दैछ । भो अब पुग्यो भनी समुद्रले किननभनेको होला?निरन्तर गम्भिर भएर मात्रकिन बगेको होला?कतै त्यहाँपनितहतहमिलाउनु छ कि ? यो भवसागरकोव्यथाकतै किनारमापनिमिलाउने हो की !
आऊ यो माटोमा सुतिदेऊ
माटोमाचपरी लिएर
तिमीलाईपुर्नको निम्ति
तिम्रो छोरा छोरीहरू आइरहेछन्
तिमी सुतेकै तहमाथि
उनीहरू सुत्नतयार भइरहेछन् ।
आजयुगकवि सिद्धिचरण श्रेष्ठले कालचक्रको कुरो गर्दैछन् । समयले समयलाई बोलाएर होला । हामीहरूलाईअन्तै कतै लग्ने कुरा गर्दैछन् । लाइनमा राखेर पालै पालो माटो बनाउने कुरागर्दैछन् । इतिहासकाती कालखण्डहरूका पानाहरू पल्टाएर पितापूर्खाहरूको याद गराउँदैछन् । आजहामीहरू उभिरहेका छौं । भोलि तिमीहरू उभिने छ । घुमि घुमि यो कालचक्रले अन्तिमकिनारामालगिने छ ।तहतहबनाई करोडौं पूर्खाहरूको चाङ्गबनाई सकेको छ । हिजो बा सुत्नु भएकोथियो । आज म सुत्ने तरखरमा छु । भोलि हाम्रा सन्तानहरू सुत्ने छ ।

