- अधिकांश भू-भागमा घाम लागेको मौसम, पूर्व र मध्य पहाडमा हल्का बदली
काठमाडौँ — देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले अधिकांश स्थानमा मौसम सफा र स्थिर देखिएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यसबाहेक देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि यी तीन प्रदेशका पहाडी भागमा आंशिक बदली रहन सक्ने र गण्डकीको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने सम्भावना छ।
समग्रमा, आज देशभरको मौसम स्थिर रहने अनुमान गरिएको छ, जसले दैनिक जीवन र यात्रा दुवैमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

