काठमाडौँ । देशभर आज कुनै उल्लेख्य मौसमी प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम सफैँछ।
दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य प्रदेशहरूमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया खुला रहने अनुमान गरिएको छ।

