काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले अधिकांश स्थानमा मौसम सामान्य रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र देशका अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

