काठमाडौं । एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।
पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र भइरहेका बेला रानाले आज शुक्रबार बिहान मात्रै सामाजिक सञ्जालमार्फत आफू पार्टीको जिम्मेवारीबाट मुक्त भएको जानकारी दिएका हुन्।
पारिवारिक कारणले राजनीतिबाट पछि हट्न लागेको बताएका उनले आउने महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने स्पष्ट पारेका छन्।
राना २०३५/३६ सालदेखि कम्युनिस्ट राजनीति–सम्पर्कमा आएका थिए। त्यसपछि उनले युथ कम्युनिस्ट लिग (YCL) मार्फत सक्रिय रूपमा काम गरेका थिए।
२०७० सालमा उनी भूमि सुधार तथा व्यवस्था मन्त्री बनेका थिए।

