काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको टोली लुम्बिनी लायन्सलाई बधाई तथा शुभकामना दिएकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत विजेता टोलीलाई शुभकामना व्यक्त गरेकी हुन्।
सन्देशमा प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद।”
शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को यो दोस्रो संस्करणको उपाधि हात पारेको हो।
फाइनलमा पराजित सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रोपटक पनि उपविजेतामै सीमित भएको छ।

