काठमाडौँ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी आगामी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा रहने जनाएको छ। विश्वकप प्रतियोगिता भने फेब्रुअरी ७ तारिखदेखि सुरु हुँदैछ।
क्यानले ट्रफी टुर कार्यक्रमको विस्तृत तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ। टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो, जसलाई नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
टि–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’मा परेको छ। उक्त समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश रहेका छन्।

