काठमाडाैँ, असार ३ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८० असार १ गतेदेखि ३१ गते सम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको छ ।
ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको Overdue, Normal तथा Penal ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता÷जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिनुहुन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गर्दछ ।
बैंकले बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, QR Code सेवा, POS (Point of Sale) सेवा Credit Card, Debit Card, Connect IPS, Smart QR Teller ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग-RBB Digital Sansar_तथा बिना ईन्टरनेट चल्ने USSD बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन ।
Previous Articleसुपरहिट र नयाँ उचाइको सम्बन्ध हुने नै भयो त ?
Next Article समाजवादी माेर्चा : कागलाई वेल पाक्याे हर्ष न बिष्मात

