तोमनाथ उप्रेती
विषय प्रवेश
सामान्य अर्थमा, मूल्यले कुनै पनि विषयवस्तुमा दिइने महत्वलाई इंङ्गित गर्छ । मूल्य व्यक्ति वा समाजको रुची, चाहना, छनौट र आवश्यकताका आधारमा सृजित हुन्छ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ ।मानव मुल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो । शिक्षा भनेको मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो । यथार्थमा सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पु¥याउने व्यक्ति शिक्षित व्यक्ति हो । नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् । मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्य संस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक क्षेत्र व्यवस्थापनलाई स्वच्छ, पारदर्शी,निष्पक्ष,समावेश्ी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ ।
अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ । मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ । मानव मूल्यको बारेमा चिन्तनमनन्, खोजी, यसको अस्तित्व कायम राख्ने संघर्षमा धेरै महत्वपूर्ण क्रान्तिहरु भएका छन् । मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरुको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन् । सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन नैतिक, सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ । प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे, भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र शासन व्यवस्था नै कुरुप भएको अवस्था छ । यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मुल्यमा आधारित शिक्षा, सामाजिक मुल्य मान्यता, नागरिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ ।
मानवीय मुल्य
मानवलाई मुल्यवान र सम्मानजनक वनाउन अवलम्वन गरिएका प्रयासहरुलाई मानव मुल्य भनिन्छ । मानव मुल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्नु पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मुल्यको ह्रास हुन थालेको अवस्था छ । यो समस्या नेपाली समाजमा पनि स्पस्ट रुपमा देख्न सकिन्छ । नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पुरा गर्न मानिसलाई नकारात्मकतर्फ डो¥याउने प्रयास हुँदै आएको छ ।समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ । नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभुति समान अर्थहिन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ ।
मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि ,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ । वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ । मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन् । समाजमा रहेका अनेक किसिमका विकृति विसङ्कती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ । अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ । यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ । मानव मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्को जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ । मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँंग जोड्नु आवश्यक छ । मानवीय जीवनको महत्वपूर्ण पक्षहरु सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ । मानवीय मूल्यहरु नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन् ।
नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् । मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्यसंस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी,निष्पक्ष,समावेश्ी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ । विशेषरूपमा सार्वजनिक क्षेत्रमा सिञ्चित गर्न जरुरी उच्चस्तरका पूर्वाधारकारूपमा रहेका नैतिक, आध्यात्मिक ,पद्धतिगत पक्ष जस्ता आधारभूत मूल्यहरुलाई आत्मसात गर्दै व्यक्तिगत र कामसँग सम्वन्धित आचरण पालनाका लागि सदासर्वदा तत्पर हुनुपर्छ ।
अहिले देखिएको नैतिकता र पद्दतिको खडेरी एकैपटक भएको पनि होइन । लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्दतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको अवस्था छ । हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो । हामीकहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किएको र अनुशासन हराएको छ । अब एक–एक गरी असल गुणहरुको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ । मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसंचालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झांगिने र फैलने विकृतिको जड भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो ।
सार्वजनिक प्रशासनमा गरिने कार्य नैतिकताले ओतप्रोत भएको हुनुपर्छ । यस क्षेत्रमा सार्वजनिक कोषको प्रयोग हुने, सार्वजनिक नीतिको दायरामा पर्ने हुँदा संलग्न व्यक्ति पनि नैतिककर्ता हुन् । उनीहरूले गर्ने काम, जीवनशैली, व्यवहार, आचरण पनि अनुकरणीय हुनुपर्छ । हुन पनि सार्वजनिक प्रशासनमा संलग्न पदाधिकारीका काम सबैले नियालिरहेका हुन्छन् । उनीहरूको सफलता भनेको सार्वजनिक प्रशासनका विभिन्न संगठन तथा सरकारको सफलता र नागरिकको सेवा प्राप्तिसँग समेत जोडिएको हुन्छ । यसबाहेक संक्रमण र संकटमा समेत सार्वजनिक प्रशासक धैर्यतापूर्वक आफ्नो कर्मभूमिमा डटिरहन्छन् । प्रशासकको सफलताको कारक एवं कसी दुवै भनेको उनीहरू कति नैतिकवान तथा जवाफदेही छन् र कामअनुसारको कौशल वा कार्यकुशलता छ वा छैन भन्ने नै हो ।
संविधानमा लेखिएको नैतिकताको पाठको परिपालना, विधिको शासन सञ्चालन गर्ने र सदाचारी बन्ने प्रतिबद्धताले मात्र नैतिक शासन प्रणालीको प्रवर्द्धन हुन्छ । दार्शनिक जेम्स मेडिसिनले “यदि मानिस देवदूत भएको भए संसारमा सरकारको आवश्यकता नै पर्दैनथ्यो” भनेका छन् । यसको अर्थ मानिस देवदूत होइन र दानव पनि होइन । स्वभावतः मानिसमा आफ्नो महत्त्वाकाङ्क्षा र स्वसेवक गुण रहेका हुन्छन् र उ आफ्नो निहित स्वार्थ पुरा गर्न क्रियाशील र अधिकार, शक्ति र स्वसेवाका लागि लालायित हुन्छ । जब स्वस्वार्थले सार्वजनिक स्वार्थलाई जित्दछ तब नैतिक समस्या अगाडि आउँछ । निर्वाचित, नियुक्त पदाधिकारी तथा वृति सेवकहरूलाई सार्वजनिक स्वार्थ पुरा गर्नुको बदलामा स्वस्वार्थ पुरा गर्न देशको संविधान, ऐन कानुनले रोकावट खडा गरेको हुन्छ । तर मानिसको अदृश्य व्यवहारलाई व्यवस्थापन गर्न संविधान कानुन जहिले पनि अपर्याप्त देखिन्छ र मानिस आत्मसंयम गुमाई नैतिकता विरुद्ध कार्य गर्न प्रेरित हुन्छ ।
सार्वजनिक निकायमा नैतिक व्यवस्थापनको कार्य वर्तमान समस्या भए पनि यसको प्रर्बद्धनको लागि प्राचीन कालदेखि नै प्रयास नभएको होइन । भागवत गीतामा “फलप्रति आशक्त नभई विधि र प्रक्रिया ईमान्दार भएर कर्म पुरा गर” भन्ने सन्देश रहेको छ । ग्रीक दार्शनिक अरिस्टोटलले “नैतिक साहस, ईमान्दारिता, आत्मसंयम र जिम्मेवारी वहन नैतिक गुणहरू हुन्” भनी लेखेका थिए । जर्मन विचारक एमानुयल केन्टले “आफ्नो जिम्मेवारी सही प्रक्रिया अपनाई पुरा गर्नुलाई नैतिकता हो” भनेको पाइन्छ । बेलायती विचारक जोन स्टुआर्ट मिलले “कार्य सम्पादनको परिणामको आधारमा सही र गलत काम भनी खुट्याउन सकिने छ” भन्ने तर्क गरेका थिए । नैतिकरुपमा सही परिणाम प्राप्त भए पनि गलत प्रक्रिया र कार्यलाई नैतिकता भन्न सकिदैन भन्ने विचारकहरूको बलियो मत छ ।
यस लेखमा केहि विचारक, दार्शनिक, सुधारक तथा प्रशासकहूको जीवनपद्धति र प्राज्ञिक योगदानको वारेमा चर्चा गरिएको छ ।
शुकरात
शुकरात प्राचीन दर्शन शास्त्रका एक विद्वान हुन्। इसापूर्व ४७० मा जन्मिएका उनले आफ्नो जीवनको ७१ वर्षे उमेरमा पश्चिमा दर्शनशास्त्रलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। एथेन्सको धेरै गरिब घरमा जन्मिएका उनी दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने र देवनिन्दा र नास्तिक भएको झूटो दोष लगाएर विष दिएर मारिएको थियो। शुकरात प्राचीन दर्शन शास्त्रका एक विद्वान हुन् । इसापूर्व ४७०मा जन्मिएका उने आफ्नो जीवनको ७१ वर्षे उमेरमा पश्चिमा दर्शनशास्त्रलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेले । एथेन्सको धेरै गरिब घरमा जन्मिएका उनी दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने र देवनिन्दा र नास्तिक भएको झूटो दोष लगाएर विष दिएर मारिएको थियो ।
सुकरातका अनुसार शिक्षाका वैज्ञानिक र नैतिक गरी दुई पक्ष हुन्छन् । सुकरातको एक प्रसिद्ध भनाइ छ– धर्म नै ज्ञान हो र ज्ञान नै धर्म हो । सुकरातको मुख्य सन्देश आफूलाई चिन भन्ने हो । यिनका अनुसार शिक्षाका वैज्ञानिक र नैतिक गरी दुई पक्ष हुन्छन्। यिनको एक प्रसिद्ध भनाइ छ– धर्म नै ज्ञान हो र ज्ञान नै धर्म हो। यिनको मुख्य सन्देश आफूलाई चिन भन्ने हो। यिनि सधैँ सत्यको खोजीमा लागिरहन्थे।
सुकरातका अनुसार
अरूको असफलताको कथाबाट तपाईं सहि बाटो पत्ता लगाउने कोसिस गर्नुहोस् । किनकि अरूको कडा –मेहनतले जानेको सहि र गलत मार्ग तपाईंले सहजै पत्ता लगाउन सक्नुहुनेछ ।
मान्छेले गर्न सक्ने केही कामहरू हुन्छन् । जुन कसैको सहयोग विना नै पनि गर्न सक्छन् ।
बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।
म कसैलाई केही पनि सिकाउन सक्दिन । म केवल उनीहरूलाई सोच्नेसम्म बनाउन सक्छु।
अपमान गर्नेहरूले मलाई कहिलै चोट पु¥याउँदैनन् किनभने तिनीहरूले मलाई कहिलै पनि पिट्दैनन् ।
आफैँलाई चिन्नुहोस्
जोसँग आफूसित भएको कुरामा सन्तुष्ट छैन, ऊ आफूसित भए हुन्थ्यो भनेर सोचेको कुराबाट पनि सन्तुष्ट हुन सक्दैन ।
मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरि गर्नुहोस् ।
जहाँ श्रद्धा हुन्छ त्यहाँ डर हुन्छ, तर कतिपय ठाउँमा श्रद्धा नहुँदा पनि डर निम्तिन्छ । किनकि डरको दायरा श्रद्धाभन्दा फराकिलो हुन्छ।
मेरो बारेमा एउटा कुरा मलाई मात्र थाहा छ, त्यो हो मलाई केही पनि थाहा छैन। अरूले त मलाई सबै आउँछ भन्ने सोच्छन् ।
हाम्रा प्रार्थनाहरू सामान्यतया आशीषको लागि मात्रै हुनुपर्छ । किनभने हाम्रोलागि के कुराको आवश्यकता –छ भन्ने कुरा भगवानलाई राम्ररी थाहा छ।
विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।
म केवल यो चाहन्छु कि साधारण मानिसहरूलाई क्षति गर्न कुनै मान्छेमा जति क्षमता हुन्छ । राम्रो –कामको लागि उनीहरूको त्यति नै क्षमता असीमित शक्ति बन्न सक्छ ।
यो संसारमा म बिना पनि गर्न सक्ने कति कुरा छन् ।
म राजनीतिज्ञ बन्नुपूर्व एकदमै इमान्दार मानिस थिएँ ।
झूट आफैमा मात्र खराब हुँदैन, त्यसले मान्छेको आत्मालाई पनि खराब बनाउँछ ।
सबैभन्दा न्यानो प्रेमको सबैभन्दा चिसो अन्त हुन्छ।
नैतिकताको प्रणाली भावनात्मक मूल्यमा आधारित हुन्छ भन्नु केवल भ्रम मात्र हो । यो पूर्ण रूपमा अश्लील अवधारणा पनि हो, जसमा कुनै सत्य छैन।
सबै विवाहमा आधारित हुन्छ । यदि तपाईंले असल श्रीमती पाउनुभयो भने तपाईं सुखद् दाम्पत्य जीवन जिउनुहुनेछ र यदि खराब मान्छे पाउनुभयो भने तपाईं दार्शनिक बन्नुहुनेछ।
प्रायः गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।
न्यायभन्दा पहिले कुनै चीजलाई प्राथमिकता दिइनु हुँदैन।
खुसी र दुःख ज्योति र छाया जत्तिकै नजिक छ।
म एथेन्सियाली वा ग्रीक होइन, संसारको एक नागरिक हुँ।
राम्रो कुरा केवल ज्ञान हो भने खराब अज्ञानता हो।
मान्छेबाट प्रशंसा पाउने सबभन्दा राम्रो उपाय भनेको आफूले सोचेको जस्तो हुनु चाहनु हो ।
आलस्यमा जीवन जिउनुभन्दा आत्महत्या गर्नु ठीक हो ।
नैतिक सरकार र सुशासन आजको माग हो । सार्वजनिक संगठन, र व्यवहारलाई ईथिकल बनाउनु भनेको संगठनको राजनीतिक नेतृत्व र कर्मचारीहरू ईमान्दार बन्नु, एक अर्कालाई आदरभावको व्यवहार गर्नु, आफ्नो सेवा र जिम्मेवारीलाई गौरव मान्नु, परम्परागत माईन्डसेटलाई प्रोफेसनल बनाउनु, एक आपसमा समन्वय गर्नु, तोकिएको जिम्मेवारी र उत्तरदायित्व समयमा पुरा गर्नु, व्यक्तिगत र संगठनात्मक स्वार्थभन्दा माथि सार्वजनिक स्वार्थलाई राख्नु तथा नागरिकको सशक्तीकरण गर्दै सार्वजनिक सेवा दिनु नैतिक शासन हो ।
अरस्तु
युनानी दार्शनिक अरस्तु प्लेटोका शिष्य र सिकन्दर महान्का गुरु थिए । उनका दर्शनले मध्ययुगीन शिक्षालाई व्यापक प्रभावित गरेको छ । यसबाट मध्ययुगमा ईश्लाम र यहुदी विचार बढी प्रभावित थिए भने क्रिश्चियन खासगरी रोमन क्याथोलिक मतलाई आज पनि उत्तिकै प्रभावित हुँदै आएको छ ।
प्रस्तुत छ उनै दार्शनिक अरस्तुका केही उत्प्रेरक भनाइ ।
१, महिलाहरू भनेका प्रकृतिका सुन्दर उपहार हुन् । यदि उनीहरू थिएनन् भने सारा संसार बेइमानीको अखडा बाहेक केही हुने थिएन ।
२, जीवनमा पैसाको ठूलो मूल्य हुन्छ तर एउटा निश्चित विन्दुमा पुगेपछि त्यो पनि अर्थ हीन पुग्छ ।
३, कुनै पनि मानिसलाई उसको स्वभावले नै विश्वसनीय बनाउँछ न कि धन सम्पत्तिले ।
४, साथी बिना कोही पनि जिउन सक्दैन चाहे ऊ जति नै वैभवशाली किन नहोस् ।
५, साँचो प्रशंसा त्यही हुन्छ, जुन पीठ पछाडि गरिएको छ ।
६, कसैले पनि त्यस्तो चीजसित साँचो माया गरेको हुँदैन, जोसित ऊ डराएको हुन्छ ।
७, खराब मानिसको मन सदा पश्चात्तापले भरिएको हुन्छ ।
८, डर भनेको यस्तो दर्द हो, जो खराब चीजको चाहनाबाट उत्पन्न हुने गर्छ ।
९, जो सबैको मित्र हुन खोज्छ वास्तवमा ऊ कसैको पनि मित्र हुन सक्दैन ।
१०, खुसी भनेको बाहिरबाट आउने नभई आफैँमा निर्भर हुने कुरा हो ।
११, मानिस प्राकृतिक रूपमै ज्ञानको भोको हुन्छ, जसको सुरुवात गर्भैदेखि भएको हुन्छ ।
१२, चरित्र नै मानिसको आफ्नो कुरा मनाउन सक्ने सर्वाधिक प्रभावशाली माध्यम हो ।
१३, हितैषी त्यही हो, जसले अफ्ठ्यारो पर्दा सघाउने गरेको छ ।
प्लेटो
प्लेटोको जन्म ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिस्टो क्लिज थियो । सुकरातले यिनको नाउँ प्लेटो राखिदिएका हुन् । प्लेटोलाई संसारभर प्लेटोको नामबाटै चिनिन्छ । अरस्तुका गुरु प्लेटो हुन् भने प्लेटोका गुरु सुकरात हुन् । दार्शनिक हिसाबले सबैभन्दा माथि सुकरात त्यसपछि प्लेटो र अन्तमा अरस्तुको नाम आउँछ ।
प्लेटोले आदर्शराज्यको कल्पना गरेका थिए । उनको आदर्श राज्यमा व्यक्तित्वको तत्व र समाजको वर्गलाई तीन तहमा बाँडेका छन् । (१) विवेक वा ज्ञान जसलाई स्वर्ण तत्व भनेर भनिन्छ । यसले समाजमा ज्ञानीहरूको शासक वर्गको अर्थात् संरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (२) साहस या सौर्य तत्व (रजत तत्व) जसले समाजमा वीर सैनिक वर्गको अर्थात् सहसंरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (३) लोभी वा लालची वर्ग (तमगुण तत्व) को प्रतिनिधि गर्छ । यसले समाजमा लोभी वा आर्थिक वर्गलाई जोड दिने वर्गको नेतृत्व गर्दछ । प्लेटोको आदर्श राज्यलाई त्रिवर्गीय सामाजिक व्यवस्थाको रूपमा विभाजन गरिन्छ । प्लेटोको विचारमा आदर्श राज्यमा तीन वर्ग हुन्छन् । सबैभन्दा माथि ज्ञाीन वा शासक वर्ग, बीचमा सैनिक अर्थात् रक्षक वर्ग र सबैभन्दा तल पैसा कमाउने आर्थिक वर्ग रहन्छ । हरेक राज्यमा शान्ति र आनन्दको कल्पना गरेका छन् जो हुनु आवश्यक पनि
जहाँ अज्ञान छ त्यहाँ झगडा हुन्छ । अज्ञानको कारणले नै समाजमा अशान्ति फैलन्छ भन्ने तर्क प्लेटोको हो । त्यसकारण समाजमा ज्ञानी वर्गको शासन, सैनिक वर्गको शान्तिसुरक्षा र आर्थिक वर्ग वा किसान तथा मजदुर वर्गको सेवा हुन्छ भन्ने मान्यता उनले राखेका हुन् । समाजमा ज्ञानीको पनि परम् ज्ञानी तथा दार्शनिकको पनि महादार्शनिक व्यक्ति राजा कहलाउँछ । राजा वा समाजको नेता सबैभन्दा दार्शनिक हुन आवश्यक छ । प्लेटोको विचारमा राज्य भनेको व्यक्तिको बृहत् रूप हो । प्लेटोको गुरु सुकरातले भनेझैँ गुण भनेको ज्ञान हो र ज्ञान भनेको गुण हो त्यसकारण गुण नै ज्ञान भएकोले प्लेटोले आफ्नो आदर्श नगरमा जो परम् ज्ञानी छ उसैबाट सत्ता सञ्चालन हुनुपर्छ भन्ने विचार अगाडि सारेका हुन् ।सर्वश्रेष्ठ ज्ञानी मान्छे नै समाजको प्रमुख वा राजाको कल्पना गरेका छन् । जबसम्म राजा वा अहिलेको नेता दार्शनिक र महाज्ञानी हुँदैन तबसम्म उसले समाजको भावनालाई कदर गर्न सक्दैन । व्यक्ति वा राजा दार्शनिक हुन चारवटा गुण हुन आवश्यक हुनुपर्ने बताएका छन् । जुन यसप्रकार छ– सत्यम्, शिवम्, सुन्दरम् र संयम जस्ता चार गुणले युक्त जो व्यक्ति छ त्यो नै ज्ञानी तथा दार्शनिक हुन सक्छ भन्ने प्लेटोको आदर्श विचार हो । दार्शनिक राजा वा प्रमुखले आदर्श राज्यमा विशेष चारवटा कार्य गर्दछन् । (१) आदर्श राज्यमा न्यायिक व्यवस्था कायम गर्ने (२) आदर्श राज्यमा जनसङ्ख्याको नियन्त्रण गर्ने (३) आदर्श राज्यमा धनी र गरिबबीच सन्तुलन कायम गर्ने र (४) आदर्श राज्यमा साम्यवादी शिक्षा प्रणाली लागू गर्ने । यसरी चारवटा कुरा शासकले पालना गर्नका लागि कल्पना गरेका छन् । प्लेटोका राजा सर्वज्ञानी हुन्छ उसले कदापि गल्ती गर्दैन, सदासर्वदा न्याय नै गरिरहन्छ । राजाबाट गल्ती हुन्छ भन्ने कल्पना प्लेटोले गरेका छैनन् ।
राज्यमा भ्रष्टाचार हुन्छ भने त्यो राज्य नष्ट हुन्छ । यसका लागि संरक्षक र सहसंरक्षकले भ्रष्टाचारबाट राज्यलाई बचाउन केही उपाय सोच्नुपर्ने हुन्छ । आन्तरिक शुद्धीकरणका लागि दीर्घकालीन शिक्षा प्रणाली र बाह्य शुद्धीकरणका लागि साम्यवादी शिक्षा प्रणालीमा प्लेटोले जोड दिएका छन् ।प्लेटोको आदर्श राज्यको धारणाप्रति अर्का विद्वान् कार्ल पाँपरले कडा रूपमा आलोचना गरेका छन् । प्लेटोका दार्शनिक राजालाई अधिनायकवादी अर्थात् तानाशाह भनेर संज्ञा दिएका छन् । कार्ल पाँपरले हिगल, माक्र्स र प्लेटोलाई खुला समाजका पहिला शत्रु मानेका छन् । तर, प्लेटोले आफ्नो न्याय सिद्धान्तलाई अत्यन्त दार्शनिक मानेका छन् । न्यायसम्बन्धी सिद्धान्तबारे विभिन्न पात्रहरूको भनाइलाई पनि लिन सकिन्छ । सेफालसको भनाइमा न्याय भन्नाले साँचो बोल्नु हो । सेफालसको विचारअनुसार ऋणको भुक्तान र जिम्मेवारी वहन गर्नु पनि न्याय हो । पालिमाक्र्सले मित्रसँग सही व्यवहार गर, शत्रुसँग दुव्र्यवहार गर भनेर भनेका छन् । थ्रेसिमेकसको न्याय बलवान्को हितमा हुन्छ भन्ने भनाइ छ । त्यसैगरी गिलोकनले अन्याय सहनु र अन्याय गर्नु दुवै गलत हो भनेका छन् । यी सबैको खण्डन गर्दै सुकरातले सबै मनुष्य स्वार्थीपनबाट टिकिरहेका हुन्छन् भनेका छन् । जो निस्वार्थ तथा संयम छ उसैले मात्रै न्याय गर्न सक्छ भनेर भनेका छन् । सुकरातले जोड गर्दै भनेका छन् कि एक तत्वबाट अर्को तत्वमा र एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तक्षेप गर्नु अन्याय हो । अतः प्लेटो र सुकरातले भनेका छन् कि जुन शासकले धनको लोभ गर्छ त्यो शासकको राज्य तुरुन्त नष्ट हुन्छ ।
आदर्श राज्य हुनका लागि प्लेटोले शिक्षा प्रणालीबारे पनि धारणा राखेका छन् । यदि राज्यमा भ्रष्टाचार हुन्छ भने त्यो राज्य नष्ट हुन्छ । यसका लागि संरक्षक र सहसंरक्षकले भ्रष्टाचारबाट राज्यलाई बचाउन केही उपाय सोच्नुपर्ने हुन्छ भनेका छन् । आन्तरिक शुद्धीकरणका लागि दीर्घकालीन शिक्षा प्रणाली र बाह्य शुद्धीकरणका लागि साम्यवादी शिक्षा प्रणालीमा प्लेटोले जोड दिएका छन् । प्लेटोले शिक्षा प्रणाली उपल्लो दुई वर्गलाई मात्र लागू हुने र उनैका बच्चाबच्ची पछि गएर सैनिक तथा शासक हुने विश्लेषण गरेका छन् । शिक्षा प्रणाली पूर्ण निःशुल्क रूपमा पठनपाठन सरकारबाट हुने र पठनपाठन हुने विषयहरू क्रीडाशास्त्र, भोजनशास्त्र, साहित्य, कला, गणित, तर्कशास्त्र, लोकप्रशासन, सैन्य कला र कूटनीति आदिको अध्ययन हुनुपर्नेमा जोड दिएका छन् । उमेरको हिसाबले २० वर्षभित्रमा एउटा शिक्षा प्रणाली अध्ययन गरिसक्नुपर्ने र विशेष परीक्षा पास गरेमा उच्च शिक्षाको लागि अगाडि पढ्न सिफारिस हुने र असफल भएमा कार्यालयमा काम गर्नुपर्ने व्याख्या गरेका छन् । उच्च शिक्षामा गणित, दर्शनशास्त्र र युद्धकलासम्बन्धी कठोर रूपमा अध्ययन हुने बताएका छन् ।
यसरी अध्ययन गर्दै जाँदा ३५ वर्षको उमेरमा अन्तिम परीक्षा हुनेछ । यदि अन्तिम परीक्षामा असफल भएमा कार्यालयमा नै रहेर काम गर्नुपर्ने र जो सफल हुन्छ उसले थप १५ वर्ष उच्चस्तरको दर्शन अध्ययन गरेर पूर्ण दार्शनिक बनेपछि मात्रै त्यस देश वा नगरको राजा बन्ने तर्क प्लेटोको छ । सबैभन्दा परम् ज्ञानी जो हुन्छ त्यही राजा हुने र त्यसमुनिका विद्वान्हरू मन्त्री पदमा बसी सेवा गर्ने आदर्श राज्यको धारणा अघि सारेका थिए । जसले सत्यम्, शिवम्, सुन्दरम् र संयमको अर्थ बुझ्न सक्छ त्यो मात्रै राजा हुन सक्ने बताएका छन् ।ज्ञानको भण्डार जोसँग छ उही नै समाजको अगुवा बन्न आवश्यक छ । हालको समाज आदर्शवादभन्दा पनि बढी उत्ताउलोपनातिर गइरहेको देख्दा एकपटक प्लेटोको दर्शन पढ्नैपर्ने आवश्यक छ ।प्लेटोले साम्यवादी व्यवस्थाको बारेमा पनि व्याख्या गरेका छन् । साम्यवादी व्यवस्थामा दीर्घकालीन शिक्षा प्रणाली लागू गर्ने र संरक्षक एवम् सहसंरक्षकबाट सबै किसिमको विकृतिको शुद्धीकरण हुनुपर्छ भन्ने भनाइ छ । प्लेटोले शासक वर्गलाई सम्पत्तिको साम्यवाद र पत्नीको साम्यवाद लागू गरेका थिए । शासक र संरक्षित वर्गले निजी सम्पत्ति राख्न हुँदैन । पूर्ण रूपमा सरकारी निवास, सरकारी भोजनालय हुने तथा निजी परिवार पनि राख्न नपाइने किनकि निजी भन्ने चिजले लोभ–मोह बढेर देश र समाजको सेवा हुन नसक्ने नियम बताएका छन् । दार्शनिक राजाले अल्पकालीन विवाह गर्न सक्ने र यदि सन्तान उत्पन्न भयो भने बाबाआमाबाट अलग गराइहाल्नुपर्छ नत्रभने व्यवस्था सञ्चालनमा असर पर्छ भन्ने भनाइ प्लेटोको थियो । यसरी प्लेटोले व्यावहारिक दृष्टिबाट कुनै पनि कुरा हेर्न नहुने भन्ने विचारलाई उनकै चेला अरस्तुले कडा रूपमा विरोध गरेका छन् । अरस्तुले भनेका छन् कि जबसम्म परिवार र सम्पत्ति कसैको निजी हुँदैन तबसम्म सम्पत्ति र परिवारको संरक्षण एवम् सुरक्षा हुन सक्दैन । निजी चिज नष्ट भयो भने समाज नै नष्ट हुन्छ ।
तर, जीवनको अन्तिमकालमा प्लेटो आदर्शवाद त्यागेर यथार्थवादमा आएका छन् । उनले प्रतिपादन गरेका आदर्श विचार आफैँ असफल देख्न पुगे । उनको आदर्श राज्यलाई उपआदर्श राज्य मान्न सकिन्छ । प्लेटोले पुनः व्याख्या गर्दै राज्यमा व्यक्तिको सर्वोच्चता नभई कानुनको सर्वोच्चता हुने र सबै कानुनको मातहतमा रहने बताएका छन् । साम्यवादी व्यवस्था सबै हटाएर शिक्षा सबैका लागि खुला गराइदिए । नगर राज्यमा ५०४० जनसङ्ख्याको कल्पना गरेका छन् । लोकप्रशासन चलाउन ३७ जनाको लोकपरिषद् गठन र १० जनाको कार्यसमिति बनाई प्रशासन कामकाज चलाउनुपर्ने भनेका छन् । अरस्तुले प्लेटोको गणतन्त्र आवश्यक नरहेको जनाएका छन् । सेबाइनले प्लेटोका राज्यभन्दा अरस्तुको राज्य श्रेष्ठ मानेका छन् । यसरी उससमयमा प्लेटोले निर्माण गरेको आदर्श राज्य र उनले कल्पना गरेको साम्यवादभित्रका केही कुराहरू अहिले पनि उत्तिकै आवश्यक छ । वास्तवमा ज्ञानको भण्डार जोसँग छ उही नै समाजको अगुवा बन्न आवश्यक छ । हालको समाज आदर्शवादभन्दा पनि बढी उत्ताउलोपनातिर गइरहेको देख्दा एकपटक प्लेटोको दर्शन पढ्नैपर्ने आवश्यक छ । प्लेटोको आदर्श राज्यमा केही कमीकमजोरी रहे तापनि हाम्रो समाजमा धेरै महत्वपुर्ण दर्शनका रूपमा लिन आवश्यक छ । किनकि व्यक्तिले समाजलाई एकदमै प्रभाव पार्दछ । भनिन्छ कि जुन समाजमा गु र गोबर, काग र कोइलीको स्वर छुट्याउन सकिँदैन त्यो समाज बस्नलायक हुँदैन । कपास र कपुरको मूल्य एउटै मान्ने, सुन र नुन एउटै मान्ने समाजमा कुनै पनि बेला अनिष्ट हुन सक्छ । मूर्ख र पण्डितलाई एउटै दर्जामा राख्ने समाज पनि प्रगतिको बाटोमा जान सक्दैन भनेर भनिन्छ । त्यसकारण प्लेटोका दर्शन मनन गर्न योग्य नै छ ।
चाणक्य वा कौटिल्य (वा कौटल्य)
चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३)तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ। बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ। चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए। वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ। वहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए। वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट–बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे।
चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा मानिसको ४ गुणको बारेमा बताइएको छ । ती गुण हुने मानिस सफल मानिस र राम्रो नेता बन्न सक्ने बताइएको छ । यी गुणहरु पछि सिक्ने कुरा होइनन्, केही खास मानिसहरुमा जन्मजात नै हुन्छ भन्ने चाणक्यले उल्लेख गरेका छन् ।यसको प्रभावबाट मानिस सफल हुन सक्छन् । आजकल मानिसहरु जागिर र व्यापार वा अन्य कुनै क्षेत्रमा लागिरहेका छन्, उनीहरुमा पनि यी गुणहरु छन् भने सफल हुन सक्छन् ।
चाणक्य नीतिको श्लोकमा भनिएको छ–
दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता।
अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः
१. दानी हुनु ःदान दिनु कुनै व्यक्तिको स्वभाव नै हुन्छ । कुनै पनि व्यक्तिलाई दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन । यस्तो बानी मानिसको मनभित्रै हुन्छ । यसर्थ, कसैलाई पनि दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन ।
२. निर्णय लिने क्षमताःकुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिँदैन । जसले उचित समयमा उचित निर्णय लिनसक्छ, ऊ सफल हुन्छ । गलत समयमा सही निर्णय लिएर मानिस सफल हुन सक्दैन ।
३. धैर्यताःधैर्य रहन सक्नु मानिसको सबैभन्दा राम्रो गुण हो । कठिन समयमा आफूलाई धैर्यवान बनाइराख्न सक्नु मानिसको धेरै उत्कृष्ट गुण हो । धैर्यवान मानिसले खराब समय सकिएपछि राम्रो काम गर्न सक्छ । तर, धैर्यता पनि सिकाउन सकिँदैन । यो मानिसको जन्मजात गुण हो ।
४. मीठो बोलीःमीठो बोल्नु पनि मानिसको सबैभन्दा राम्रो गुणमध्ये एक हो । यस्तो गुण मानिसको स्वभावमै हुन्छ । कसैलाई मीठो बोल्न कहिल्यै पनि सिकाउन सकिँदैन ।
चाणक्यले पश्चिमी राजनीतिक चिन्तकद्वारा प्रतिपादित राज्यको चार आवश्यक तत्व–भूमि, जनसंख्या, सरकार र सम्प्रभुताको विवरण नदिएर राज्यको सात तत्वको विवेचना गरेका छन् । यस सम्बन्धमा उनले राज्यको परिभाषा दिएका छैनन् । बरु पहिलेबाटै चलिआएको साप्तांग सिद्धान्तलाई समर्थन गरेका छन् । चाणक्यले राज्यको तुलना मानव शरीरसाग गरेका छन् । राज्यको सबै तत्व मानव शरीरको अंग समान परस्पर सम्बन्धित, अन्तनिर्भर र मिलिजुली कार्य गर्छन् ।
१. स्वामी (शीर्ष नेता)
उनी शीर्ष स्थानमा हुन्छन् । नेतृत्व तहमा पुग्ने व्यक्ति कुलीन, बुद्धिमान, साहसी, धैर्यवान, संयमी, दूरदर्शी हुनुपर्छ । जनताको नेतृत्व गर्ने मान्छे छलकपट नभएको, भ्रष्ट मति नभएको, लोभलालच नभएको हुनुपर्ने चाणक्यले बताएका छन् ।
२. अमात्य (सहयोगी)
यसलाई चाणक्य नीतिमा मन्त्री भनी दर्जा दिइएको छ । उनीहरु राज्यका आँखा हुन् । राज्यका आँखा भनेर चाणक्यले मन्त्री, सचिव, प्रशासनिक र न्यायिक पदाधिकारीलाई समेटेका छन् । उनीहरु आफ्ना देशका जन्मजात नागरिक, उच्च कुलका, चरित्रवान, योग्य, विभिन्न कलामा निपूर्ण हुनुपर्ने उल्लेख छ ।
३. जनपद (भूमी र जनता)
यसलाई राज्यको धरातल भनिएको छ । अर्थात् जसको आडमा राज्यको अस्तित्व टिकेको हुन्छ । चाणक्यले उर्वर, प्राकृतिक संशाधनले परिपूर्ण, पशुधन, नदी, ताल तथा वनजंगल भएको भूमिलाई उपयुक्त भनेका छन् ।
चाणक्यले तक्षशिला विश्वविद्यालयमा वेदहरूको गहन अध्ययन गरे । विश्वको सबैभन्दा पुराना विश्वविद्यालय, तक्षशिला र नालन्दा भारतीय उपमहाद्वीपमा थिए, ५०० देखि ४०० वर्ष इसा पूर्व अघि तक्षशिला एक सुस्थापित शिक्षण संस्थान थियो । पाणिनीले संस्कृत व्याकरणको रचना यसै स्थानमा गरेका थिए । चाणक्य पनि त्यस पछि यहाँ नीतिशास्त्रको व्याख्याता भए र उनी व्यवहारिक उदाहरणहरू देखि पढाउथे । युनानी मानिसहरूले तक्षशिलामा लडाई गरेका कारणले त्यहाँ एक राजनीतिक उथल–पुथल मच्चियो र चाणक्यलाई मगधमा आएर बस्नु प¥यो । उनलाई निःसन्देह एक राजाको निर्माताको रूपमा हेर्ने र मान्ने गरिन्छ । चन्द्रगुप्त मौर्य विशेष रूपले उनको सल्लाह मान्थे । शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य सधैँ आफ्नो शत्रुहरू माथि हावी रहे ।
चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्यको सीमा पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंग (वर्तमान तमिलनाडु) सम्म फैलिएको थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र इतिहास प्रसिद्ध मौर्य शासक र चन्द्रगुप्तका नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । तर अशोकका सन्तानहरूले यस राज्यलाई निरन्तरता दिन सकेनन् । उनीहरू विभाजित भएपछि यो विशाल साम्राज्य पनि विभाजित भयो । यो विशाल साम्राज्य ३२१ इसा पूर्वमा स्थापना भएको थियो । लगातार तीन पुस्ता १८० इसा पूर्वसम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो ।तीव्र वैदेशिक आक्रमणहरूलाई सजिलै परास्त गर्नुमा उसको सुदृढ राज्यव्यवस्था नै थियो भन्ने कुरामा सबै इतिहासकारहरू एक मत छन् । भारत विजय गर्न नसकेका सेल्युकसले एलेक्जेन्डरका दूतको रूपमा मेगास्थनीजलाई चन्द्रगुप्त मौर्यको दरबार पाटलीपुत्र (वर्तमान पटना) मा राखेको थिए । मेगास्थनीजका वृत्तान्तहरूमा चन्द्रगुप्तका राज्यको वर्णन पाइन्छ । यसका अतिरिक्त एरियन र कोर्टियस जस्ता विद्वान्हरूले पनि प्राचीन प्रजातान्त्रिक व्यवस्थाहरूको वर्णन गरेका छन् ।ृ१५े मङ्गोलियाको सम्राट चङ्गेज खाले मंगोलियन संस्कृतिलाई युरोपको संस्कृतिसँग जोड्न योगदान गरेका थिए भने चन्द्रगुप्तले गङ्गा–जमुनाका मैदानको वैदिक सभ्यतालाई सिन्धुघाटीको सभ्यतासँग जोडेर विशेष सामाजिक सांस्कृतिक योगदान गरेका छन् । यसरी गान्धारसम्म फैलिएको ग्रीक साम्राज्यसँग सम्बन्ध राख्ने पहिलो कूटनीतिज्ञ कौटल्य थिए ।
प्रथम अधिकरणको अध्याय ४ देखि अध्याय २० सम्मका अध्यायहरूमा राजकाजको दृष्टिले शासकका व्यवहार र कर्तव्य, मन्त्री, पुरोहित, राजकीय पदाधिकारी, राजदूत र गुप्तचर नियुक्ति सम्बन्धी विषयको विवरण दिइएको छ । अधिकरण दुईको सुरुका चारवटा अध्यायमा जनपदहरूको स्थापना, किल्ला निर्माण, राजकीय पदाधिकारीका चालचलनको परीक्षा र अध्याय ६ देखि ३५ सम्मका अध्यायहरूमा राजकीय कोष, सेना, कृषि, उद्योग आदिका प्रमुख अधिकारीहरूको काम र कर्तव्यका बारेमा उल्लेख छ । अध्याय ३६ मा नागरिकको कर्तव्य उल्लेख छ । अधिकरण पा“चका छवटा अध्यायहरूमा सुगठित र अनुशासित आन्तरिक प्रशासन सम्बन्धी विषयहरूको वर्णन छ । यो अधिकरण असजिलो समयमा राजकीय प्रशासन र निर्णय दृष्टिले महत्त्पूर्ण छ । अधिकरण छ र आठमा राज्यका प्रकृतिहरूलाई आदर्श बनाउने विधिहरू वर्णित छन् । अधिकरण सात, नौ, १०, ११, १२, १३, र चौधमा वैदेशिक सम्बन्ध, शत्रु र मित्र राष्ट्रसँगको कूटनैतिक व्यवहारबारे वर्णन छ ।
सामाजिक कल्याणका लागि कौटिलीय अर्थशास्त्रमा शान्ति सुरक्षालाई सर्वाधिक महत्त्ववपूर्ण बताइएको छ । अधिकरण तीन, चार र पांचमा आन्तरिक सुरक्षाका लागि स्थानीय निकाय, सेना, रक्षक, र गुप्तचर निकायहरूको व्यवस्था गरिएको छ । धर्मस्थीय अधिकरणमा धर्मशास्त्रमा आधारित विधि संहिताको विवरण दिइएको छ । कण्टकशोधन अधिकरणमा नाफामुखी व्यापारी, अशान्ति मच्चाउने अपराधी, प्रजापीडक कर्मचारी आदि समाजलाई कण्टक तत्वहरूलाई दण्डित गरी तह लगाउने नियमहरूको वर्णन छ । यी दुवै अध्यायमा प्रजाको कल्याणका उपायहरू स्पष्ट शब्दमा व्याख्या गरिएको छ । अधिकरण सातमा परराष्ट्र सम्बन्धमा राज्यले पालन गर्नु पर्ने नियम बताइएको छ । अधिकरण आठमा सबै प्रकारका राजकीय संकट र तिनीहरूलाई नियन्त्रण गर्ने उपाय वर्णित छन् । अधिकरण नौ र दसमा युद्ध अभियानको तैयारी र युद्ध सञ्चालन गर्दा पालन गर्नु पर्ने नियम, व्यूह रचना, शत्रुमाथि आक्रमण आदिको विवरण छ
महात्मा गान्धी
मोहनदास करमचन्द गान्धी (जन्मः २ अक्टोबर १८६९ – ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको थियो। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् जुन नाम उनलाई विश्वकवि साहित्यकार रवीन्द्रनाथ ठाकुरले दिएका थिए। जसको संस्कृत भाषामा महात्मा अथवा ’महान आत्मा’ एक सम्मान सूचक शब्द हो। उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ ठाकुरले महात्मा भनि सम्वोधित गरेका थिए। महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा बापू को अर्थ पिता हुन्छ। उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ। यो दिन गान्धी जयन्तीको रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ। सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिका र भेदभाव विरूद्ध आवाज उठाउन एकजुट गरेका थिए। सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म–निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाएका थिए। गान्धीले बेलायत सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा नुन सत्याग्रह र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरेका थिए। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौँ वर्षसम्म कारागारमा बस्नुपरेको थियो। गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरेका थिए। उनले साबरमती आश्रमको आत्म–निर्भरता आवासीय समुदायमा आफ्नो जीवनको धेरै समय व्यतित गर्दै परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए।
मोहनदास करमचन्द गान्धीको जन्म २ अक्टोबर १८६९मा पश्चिमी भारतको वर्तमान गुजरातमा रहेको पोरबन्दर नामक एक तटीय सहरमा भएको थियो।उनका पिता करमचन्द गान्धी हिन्दू धर्मको मोध समुदायसँग सम्बन्धित थिए र अङ्ग्रेजको अधीनस्थ भारतको काठियावाडमा एउटा सानो रियासत पोरबन्दर प्रान्तका प्रधानमन्त्री थिए। परनामी वैष्णव हिन्दू समुदायकी उनकी आमा पुतलीबाई करमचन्दकी चौथी स्वास्नी थिइन्। सन् १८८३ मेमा जब उनी १३ वर्षका थिए तब उनको विवाह १४ वर्षकी कस्तूरबा माखनजीसँग भएको थियो। जसको पहिलो नाम छोटकरीमा कस्तूरबा थियो र उनलाई मानिसहरू प्रेमले बा भन्थे चिन्दथे। सन् १८८५ गान्धी १५ वर्षको छँदा उनको पहिलो सन्तानको जन्म भएको थियो तर उक्त शिशुको केही दिन भित्रै मृत्यु भएको थियो भने उनको बुबाको पनि सोही वर्ष निधन भएको थियो। मोहनदास र कस्तूरबाको चार छोराहरू थिए। हरिलाल सन् १८८८ मा जन्मिएका थिए भने सन् १८९२ मा मणिलाल, सन् १८९७ मा रामदास र सन् १९०० मा देवदास जन्मिएका थिए। गान्धीले पोरबन्दरमा मिडिल र राजकोट माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए। उनले आफ्नो प्रवेशिका परीक्षा भावनगर, गुजरातको समलदास कलेजबाट गरे जहाँबाट उनलाई उत्तीर्ण गर्न साह्रै कठिनाई भएको थियो।
आफ्नो १९औँ जन्मदिन आउन एक महिना अगावै ४ सेप्टेम्बर सन् १८८८ मा गान्धीले युनिभर्सिटी कलेज अफ लन्डनमा कानुन सङ्काय पढ्न र वकील बन्नको लागि इङ्ल्यान्ड, लण्डन गएका थिए। उनले शाकाहारी समाजको सदस्यता ग्रहण गर्दै उक्त संस्थाको कार्यकारी समितिको लागि चयन पनि भएका थिए। उनले जुन शाकाहारी मानिसहरूसँग भेट गरे त्यसमा केही थियोसोफिकल समाजका सदस्य थिए जसको स्थापना सन् १८७५ मा विश्व बन्धुत्वलाई प्रवल गर्नको लागि गरिएको थियो जसलाई बौद्ध तथा हिन्दू साहित्यको अध्ययनको लागि समर्पित गरिएको थियो। त्यसै संस्थाका सदस्यहरूले गान्धीलाई श्रीमद्भगवद गीता पढ्नको लागि प्रेरित गरेका थिए। हिन्दू धर्म, ईसाई धर्म, बौद्ध धर्म, इस्लाम र अन्य धर्महरूका बारेमा पढ्न सुरुमा गान्धीले विशेष रूची देखाएका थिइनन् । इङ्ल्यान्ड तथा वेल्स बार सङ्घको मागमा उनी भारत फर्किए तर मुम्बईमा वकालत गर्नमा उनलाई खासै सफलता प्राप्त भएन। त्यसै समयमा एउटा उच्च विद्यालय शिक्षकको रूपमा अस्थायी जागीर लागि अस्वीकार गरिएपछि उनले जाहेरीवालाहरूको लागि मुद्दा लेख्नका लागि राजकोटलाई नै आफ्नो स्थल बनाएका थिए।
दक्षिण अफ्रिकामा बस्दा गान्धीले भारतीयहरू माथि हुने गरेको भेदभावको सामना गर्नुपरेको थियो। उनले आफ्नो यस यात्रामा अन्य कठिनाइहरूको सामना गरे जसमा कतिपय होटलहरू उनको लागि निषेधित गरिएको थियो।ृस्रोत नखुलेकोे यस्ता घटनाहरू गान्धीको जीवनमा एक मोड बने र विद्यमान समाजिक अन्याय प्रति जागरूकताको कारण बने तथा समाजिक सक्रियताको व्याख्या गर्नमा मद्दत गरेको थियो। दक्षिण अफ्रिकामा पहिलो नजरमा नै भारतीयहरू माथि अन्याय देखेर गान्धीले अंग्रेजी साम्राज्यको अन्तर्गत आफ्नो मानिसहरूको सम्मान तथा देशमा स्वयं आफ्नो स्थितिको लागि आवाज उठाएका थिए ।
सन् १९०६ मा जुलु दक्षिण अफ्रिकामा नयाँ निर्वाचन कर लागु गरिएपछि त्यहाँ दुई अंग्रज अधिकारीहरूलाई मारिएका थियो जसको फलस्वरूप अंग्रजले जुलु विरूद्ध युद्ध घोषणा गरेको थियो। गान्धीले भारतीयहरूलाई भर्ती गर्नको लागि बेलायती अधिकारीहरूलाई सक्रिय रूपमा प्रेरित गरेका थिए। २१ जुलाई सन् १९०६ मा गान्धीले भारतीय जनमतमा लेखे कि २३ भारतीय निवासीहरूको विरूद्ध चलाइएको अपरेशनको सम्बन्धमा प्रयोगद्वारा नेटाल सरकारको भनाइमा एक कोरको गठन गरिएको छ। गान्धीको विचारमा सन् १९०६ को मस्यौदा अध्यादेश भारतीयहरूको स्थितिमा कुनै निवासीको निम्नस्तरको सामान ल्याउने जस्ता थिए। यसकारण उनले सत्याग्रहको तर्ज माथि काफिर (जातीय कलंक)को उदाहरण दिँदै भारतीयहरूबाट अध्यादेशको विरोध गर्नको लागि आग्रह गरेका थिए।
महावीर जैन
जैन धर्म भारतको श्रमण परम्पराबाट उब्जेको धर्म अनि दर्शन हो। भगवान महावीरले छेदोपस्थानीय चारित्र (पाँच महाव्रत, पाँच समितिहरू, तीन गुप्तिहरू)को व्यवस्था गरेका थिए। यिनका अनुयायीहरूलाई जैन भनिन्छ। जैन धर्मले आफ्नो इतिहास छैठौ सताब्दीदेखि बोकी आएको छ। जैन धर्मावलम्बीहरूको विश्वास अनुसार छैठौ सताब्दीमा २४ वटा गुरुहरु थिए जैनलाई तिर्थनकर भनिन्थ्यो र महावीर जैन अन्तिम गुरु भनेर चिनिन्छन्। जैन धर्मका प्रवर्तक वर्द्धमान महावीरलाई मानिन्छ।यि गुरुहरूले जिउदै मोक्ष प्राप्त गरेको विश्वास छ ।वर्द्धमान महावीर अथवा भगवान महावीर जैन धर्मका प्रवर्तक हुन्। उनी प्राचिन भारतको महान दार्शनिकहरु मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरु मध्ये सबभन्दा वरिष्ठ थिए। यिनी, वर्द्धमान महावीर जैन धर्मका संस्थापक थिए। उनी धर्मका संस्थापक नभएर एक सुधारक थिए भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरुद्वारा प्रमाणीत भएको पाइन्छ।वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिइन्। वर्धमान महावीरका नन्दी वर्द्धन नामक एक जेठा भाइ थिए।वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरु थिन्, जिनका बिहे पूर्वी भारतका विभिन्न राजाहरूसँग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरूसँग सम्बन्धित थिए र अंततः यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्त्वपूर्ण सहयोग प्राप्त भयो।जैन धर्मका विज्ञहरूका अनुसार भगवान महावीरको जन्म ईसापूर्व ५९९ मा बिहारको कुण्डलपुरको राजपरिवारमा भएको थियो । ३० वर्षको उमेरमा उनले राजपाट र दिखावा त्यागेर संसार त्याग गरेका थिए र अन्त्यसम्म यही बाटोमा हिड्दै मानिसलाई सही बाटो देखाउने काम गरेका थिए ।
जैन धर्मको मुख्य सिद्धान्त इन्द्रियमाथि नियन्त्रण प्राप्त गर्नु हो र भगवान महावीरले करिब १२ वर्षको कठोर तपस्यापछि इन्द्रियमाथि विजय प्राप्त गर्नुभएको थियो । महावीर जयन्तीको शुभअवसरमा जैन समाजका मानिसहरूले प्रभातफेरी, अनुष्ठान र अन्य आध्यात्मिक कार्यक्रम आयोजना गर्छन्। साथै यस विशेष दिनमा भगवान महावीरको मूर्तिमा सुन वा चाँदीको कलशबाट जल चढाइन्छ र उहाँको उपदेश पूर्ण भक्तिपूर्वक सुनिन्छ।जैन धर्मका आधारभूत सिद्धान्तहरू भगवान महावीरले स्थापित गरेका थिए। मान्यता अनुसार भगवान महावीरले १२ वर्षसम्म कठोर तपस्या गरेका थिए । यस क्रममा उनले आफ्ना सबै इन्द्रियहरू जितेका थिए। भगवान महावीरले पछि दिगम्बर रूप ग्रहण गरे र नग्न बसेर मौन तपस्या गर्थे।महावीर जयन्ती जैन धर्मका अनुयायीहरूको लागि एक विशेष दिन हो। यस अवसरमा मन्दिरलाई फूलले सजाएर रथयात्रा निकालिन्छ । मानिसहरू धार्मिक गीतहरू पनि गाउँछन्। यस बाहेक गरिब र खाँचोमा परेकाहरूलाई दान दिइन्छ।
भगवान महावीरले मानव जातिलाई मोक्ष प्राप्त गर्नका लागि विभिन्न नियमहरु स्थापना गर्नुभयो। जस्तैः आफैलाई जित्नुहोस् किनभने लाखौं शत्रुहरूलाई जित्नु भन्दा एउटा चीज राम्रो छ।प्रत्येक आत्मा आफैमा आनन्दित र सर्वज्ञ छ । खुशी हामी भित्र छ । भगवान को कुनै अलग अस्तित्व छैन। सही दिशामा परिश्रम गरेर मात्र देवता प्राप्त गर्न सकिन्छ।प्रत्येक आत्मा आफैमा सर्वज्ञ र आनन्दित छ। सबै मानिस आफ्नो गल्तीले दुखी हुन्छन्, आफ्नो गल्ती सुधारेर पनि खुसी हुन सक्छन्। आफैसँग लड्नुहोस्, बाहिरी शत्रुसँग किन लड्नुहुन्छ ?
भगवान महावीरले मानव उत्थानका लागि पाँच मुख्य सिद्धान्त दिएका थिए जसलाई पञ्चशील सिद्धान्त पनि भनिन्छ। ती सिद्धान्तहरू हुन– सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य। सत्य र अहिंसा मानवको पहिलो कर्तव्य हो। अर्कोतर्फ, अस्तेय भनेको चोरी नगर्ने हो, आत्मिक शान्ति र मोक्ष प्राप्त हुन्छ।अपरिग्रह अर्थात् विषय वा वस्तुमा आसक्ति नगरी व्यक्तिले सांसारिक आकर्षण त्यागेर अध्यात्मको मार्गमा निरन्तर हिँड्छ र ब्रह्मचर्य पालन गर्ने व्यक्तिले आफ्नो इन्द्रियलाई सजिलै नियन्त्रणमा राख्छ।
भगवान महावीर जीले देशको सुधारका लागि धेरै उपदेश दिए, जसको पालना गरेर हामी आफ्नो जीवनमा सबैभन्दा ठूलो कठिनाइको सामना गर्न सक्छौं। उहाँको शिक्षा हाम्रो जीवनको लागि धेरै सान्र्दभिक र महत्वपुर्ण छ। भगवान महावीरले देशको कल्याणका लागि धेरै उपदेश दिएका थिएजसलाई सबैले स्वीकार गर्दै आएका छन् ।। जैन समुदायका मानिसहरूका लागि महावीर जयन्तीको ठुलो महत्व रहेको छ । यस दिन उनका अनुयायीहरूले मन्दिरहरूमा पूजा, शोभा यात्रा, प्रभातफेरी लगायतका कार्यक्रमहरूको आयोजना गरेर भव्यताका साथ मनाउने गर्दछन् ।वर्तमान विश्व सन्र्दभमा मानव कल्याणको लागि महावीर जैनका वचनहरु उत्तिकै सान्र्दभिक रहेका छन् । वर्तमान विश्वमा महावीरको ज्ञान र शिक्षाले जीवनलाई धेरै सजिलो बनाउन सक्छ । उनका उपदेशहरुवाट मानवलाई परिश्रम गर्न सिकाउँछ ।जसवाट उत्पादन र उत्पादकत्व अभिबृद्दि भई विश्वमा समृद्दिको मुहान फुटाउन सकिन्छ ।मानवलाई सत्मार्गमा लैजान उनका वचनहरु आज पनि उत्तिकै सान्र्दभिक रहेका छन् ।
गौतम बुद्ध
२५६३ वर्ष अघि इशापूर्व ५६३ मा तिलौराकोटका राजा शुद्धोधन र रानी मायादेविको सुपुत्रको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनीमा बुद्ध जन्मेका थिए ।२९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा निस्किएका निस्केका सिद्धार्थलाई ६ वर्षको तपस्यापछि वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त भएको थियो । इशापूर्व ५२८ मा ३५ वर्षका सिद्धार्थलाई बुद्धत्व प्राप्ति भएपछि उनी बुद्धका रुपमा प्रसिद्ध भए ।बुद्धले ३६ वर्षको उमेरमा पञ्चशीलको उपदेश दिएका थिए । चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने बुद्धको उपदेश पञ्चशीलको उपदेशको रुपमा प्रशिद्ध छ ।उनले संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषयमा पनि उपदेश दिएका थिए ।त्यस्तै बुद्धले उपदेशमा रहेको आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पनि प्रशिद्ध छ । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएपछि उपदेशका कारणले छुट्टै बौद्ध धर्म मान्न थालिएको थियो । बुद्धलाई भगवानका रुपमा पुज्ने बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ। आफू अर्कै धर्मावलम्बी भए पनि बुद्ध र बौद्ध धर्म मन पराउने र कुनै धर्ममा खासै चासो नराख्नेहरू पनि बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने ठान्दछन्।
स्वामी विवेकानन्द
स्वामी विवेकानन्द जन्मः १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनामः नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको “विश्व धर्म सभा“मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए। उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए, जसबाट उनले “सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ“ भन्ने शिक्षा पाएका थिए। उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरी ब्रिटिस भारतको अवस्था बारे जानकारी हासिल गरे।
स्वामी विवेकानंदको जन्म सन् १८६३ जनवरी १२ मा कलकत्ताको कायस्थ परिवारमा भएको थियो ।उनको बाल्यकालको नाम नरेन्द्रनाथ दत्त थियो । बुबा विश्वनाथ दत्त कलकत्ता सर्वोच्च अदालतको प्रसिद्ध वकील थिए । उनकी आमा भुवनेश्वरी देवी धार्मिक विचार भएकि महिला थिइन । उनको अधिकांश समय भगवान शिवको पूजा अर्चना मै व्यतीत हुने गर्दथ्यो ।उनि स्वामी रामकृष्णका प्रिय शिष्य थिए । रामकृष्ण अद्भुत व्यक्ति थिए त्यसैले उनलाई परमहंस भनिन्छ । विवेकानन्दले त उनलाई साक्षात् ईश्वरको अवतार मान्दथे । उनले बोलेको प्रत्येक कुरामा गुरूको अनुभव र ज्ञान नै भएको बताउदथे । विवेकानन्दले भने कसैलाई शिष्य बनाउने प्रयास गरेनन् । उनीबाट प्रभावित भएर मार्गरेट नोबेल (बैनी निवेदिता) लगायत केही प्रतिभाहरूले स्वतः शिष्यत्व स्वीकार गरेर समर्पित भई रामकृष्ण मिशनका आदर्शहरु प्रचार गरेका थिए । विश्व धर्म महासभा शिकागोमा सन् १८९३ मा उनले भाग लिन जाने सम्पूर्ण घटना ज्यादै आश्चर्य लाग्दो छ । खेतडीका राजाले उनलाई त्यहां जाने प्रेरणा दिए । उनी नरेन्द्रबाट अत्यन्त प्रभावित थिए र यी भावनाहरु अमेरिकामा प्रचारित होस् भन्ने चाहना राख्थे । नरेन्द्रलाई विवेकानन्द नाम दिने काम पनि उनैले गरेको मानिन्छ । अमेरिकामा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरूले लुट्नसम्म लूटे, जब उनी शिकागो पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरूलाई पैसा र चिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि शिकागो पठाए । शिकागो पुग्दा विवेकानन्दको अवस्था खराब थियो । लुटेरा र बदमासहरूको भीडमा बचेर हिड्ने क्रममा चिठ्ठी हराएछ । शिकागोको स्टेशनमा भएको एक बाकसमा सेप्टेम्बर महिनाको जाडो छल्न रात बिताउनु पर्यो । साथमा रहेका अमेरिकी पैसा सकियो केवल गीताको पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए । भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउँमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आ–आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मञ्चमा केही वक्ताहरूले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रूपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरूको तर्फबाट अमेरिकी दाजु भाइ दिदी बहिनीहरूलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरूमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।
गुरुजी श्री मंगलदासजी महाराज
गुरुजी श्री मंगलदासजीको जन्म वि.सं. १९५३ मा पिता श्री कल्याणदास र माता श्री नर्वदा सापकोटाको कोखबाट भएको हो । उहाँको जन्म नेपाल अधिराज्यको प्राकृतिक सुन्दरताले शोभायमान, सूर्यको पहिलो किरणले प्रकाशित गर्ने धेरै सन्त महन्तहरूको जन्म स्थल पूर्व इलाम जिल्लाको मेहेलबोटे गाउँमा भएको हो । शीर्षस्थ विद्वान् पीताम्बरदासजी महामति प्राणनाथको सिद्धान्त शिरोधार्य गरी यत्रतत्र ज्ञानोपदेश दिदै भ्रमण गर्ने महान् व्यक्ति हुनुहुन्थ्यो । उहाँबाटै सपरिवार दीक्षा मन्त्र गुरुजीले प्राप्त गर्नुभयो । पाँच वर्षको उमेरमा उहाँका पिताको धामगमन हुनगयो ।
त्यसपछि माताजीले आफ्ना नाबालकहरूको लागि दुःख पूर्ण समय बिताउनु भएछ । परमात्माप्रति उहाँ पूर्ण विश्वास राख्नु हुन्थ्यो । एकदिन राति आमा रोएको आवाजले मंगलदासको निद्रा भंग भइ आँखा खुलेछ। आमाको दुःखको कारण थाहा पाएर त्यो ठाउँ छोडी अर्कै ठाउँ जानुपर्छ भन्नुभएछ । मातामा ६ वर्षे बालकको सारगर्भित कुरा सुनेर आश्चर्य चकित हुनाको साथै मनमा भरोसा पनि जागेछ। सज्जनको सहायताले बसेको ठाउँबाट केही दिनमा तेजपुर आसाम पुग्दा रंगीदास महाराजजीसित भेट भएछ । त्यहीँ महाराज पीताम्बरदासजीसित पनि भेट भएछ र श्रीकृष्ण प्रणामी धर्ममा दीक्षित हुनुभएछ ।
चार वर्षको उमेरमा पिताको स्नेह गुमाउनु भएका मंगलदासले १२ वर्षको उमेरमा वैराग्य भेश लिनुभएर विभिन्न मन्दिर तथा साधु सन्त महात्माहरूको सत्संग गर्दै चारधाम (बद्री, केदार, द्वारका, जगन्नाथ र रामेश्वर)को ४ वर्षे पैदल यात्रा गर्नुभएछ ।
सद्गुरु देवचन्द्रजी तथा महामति प्राणनाथज्यूबाट निःसृत श्रीकृष्ण प्रणामी धर्म अहिंसावादी, लागू दुर्व्यसनबाट टाढा रहने, आत्मकल्याणका निमित्त पूर्ण ब्रह्म परमात्मा श्रीकृष्णमा अनन्य भक्ति गर्ने, सेवा भावी र सर्वधर्म समभावी सम्प्रदाय हो, यस धर्ममा जातजाति र ठूलो सानोको भेदभाव रहँदैन भन्ने कुराको बोध मंगलदासजीलाई भएछ।
पछि फेरि माता नर्वदाले भेटेर पद्मावती पुरीधाममा जानुभएछ । ४० वर्षको उमेरमा फेरि आफ्नो जन्मस्थल आउनु भएछ । नेपालमा राणाकालमा श्रीकृष्ण प्रणामी धर्मको पालनामा प्रतिबन्ध थियो र नमानेमा ६ वर्षसम्म कैद गरिने कानून थियो । त्यसैले उहाँले कालिम्पोङलाई आफ्नो कर्मक्षेत्र बनाउनुभयो र नेपाल, भारत, सिक्किम, भूयानमा आध्यात्मिक जागनी एवं समाज सेवाको काम प्रारम्भ गर्नु भयो ।
धर्मको नाममा पशुपक्षीको बली दिने प्रथा, जातपातका आधारमा गरिने भेदभाव र छुवाछुत जस्ता कुरीतिहरू तथा कर्मकाण्ड मात्रलाई धर्म मान्ने चलन रहेको क्षेत्रमा विभेद हटाउन गुरुजी लागि पर्नुभएको हो । उहाँले विभिन्न जातजाति, भाषाभाषी जनतामा आध्यात्मिक जागरणको लागि मन्दिर निर्माण गर्ने, नारी शिक्षामा जोड दिन कन्या पाठशाला खोल्ने, अनाथ बालबालिकाको लागि सेवा आश्रम सञ्चालन गर्ने, गौशाला, निःशुल्क औषधालय र सेवामुलक यस्ता धेरै कार्य गर्नुभयो । मानव कल्याण, देश सेवा र समाज सेवा, जीवनको लक्ष्य हुनुपर्छ भन्ने विश्वासका साथ उहाँ कर्मक्षेत्रमा लाग्नुभयो । उहाँ धार्मिक साहित्यका प्रचारक आध्यात्मिक ज्ञानको वैज्ञानिक तथा व्यवहारिक प्रयोग कर्ता र जीव हिंसाका कट्टर विरोधी हुनुहुन्थ्यो । उहाँका सेवा मुलक कार्यहरू निम्न प्रकारका थिए–
१) मन्दिर, सत्संग भवन, प्रार्थना भवनको निर्माण र सञ्चालनद्वारा आध्यत्मिकताको विकास गर्नु।२) विद्यालयको स्थापना गरेर शिक्षाको प्रचार गर्नु, विशेष रूपमा नारी शिक्षाको महत्व कायम गर्नु । ३) बृद्ध आश्रमको स्थापना गरेर वृद्धहरूको सम्मान र सेवा गर्नु । ४) संस्कृत विद्यालयको स्थापना गरेर हिन्दू धर्म संस्कृति र संस्कृतको सम्बर्द्धन गर्नु । ५) अस्पतालको स्थापना र संचालनद्वारा जनस्वास्थ्यको रक्षा गर्नु। ६) धार्मिक साहित्यको लेखन र प्रकाशनद्वारा धार्मिक जनचेतना जागृत गर्नु । ७) धार्मिक प्रचारकहरू तयार गरेर भावी पिंढीलाई धर्मको विकासमा अघि बढाउनु । ८) बाइजुराज संघ । युवा संघ गठत गरेर महिला र युवालाई संगठित रूपमा धार्मिक सेवामा लगाउनु । ९) भागवत र गीताका माध्यमबाट धर्म संस्कृतिको रक्षा गर्नु । १०) तारतमवाणीको तालिम र गायनको परिपाटी कायम गरी महामति प्राणनाथको सन्देश व्यापक बनाउनु । ११) महिला र युवा प्रचारकलाई व्यासासनमा बसाएर नारी र युवालाई समान अधिकारको बोध गराउनु । १२) अनाथहरूको संरक्षण गरी मातापिताको स्नेह दिनु र शिक्षित बनाउनु । १२) समय र श्रमलाई सधैं महत्त्व दिनु । १४) सादगी र सरल जीवनयापन गर्नु गराउनु । १५) जटिलशास्त्रीय गाँठोलाई सरल भाषामा फुकाइदिनु ।
उहाँले आत्म सोपान, प्रार्थना पुष्पाञ्जली, अन्तर्दूष्टि, मंगलसुक्ति र अन्य धार्मिक कृतिहरूकोरचना गर्नुभएको छ। ८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर निर्माण भएका छन् । गुरुजी मंगलदास, क्रषि, मुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ। उहाँको यश युग युगसम्म फैलिरहनेछ ।
अन्त्यमा,
महान विचारक , दार्शनिक, सुधारक तथा प्रशासकहरुको जीवनपद्धतिबाट पाठ सिकेर सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी,निष्पक्ष,समावेशी, सहभागीतामूलक र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

