डा.सुमनकुमार रेग्मी
नेपालमा सेमेष्टर प्रणाली २०२८ को शिक्षा नीति लागु भएसंगै लागु भएको थियो तर युरोपेली शिक्षा पद्धतीमा त्रिबीलाई लैजाने भन्दै २०३६ सालमा सेमेष्टर प्रणाली खारेज गरिएको थियो। त्यसपछि अर्थात २०३७ पछि २०७० सालसम्म त्रिबीमा बार्षिक शिक्षा प्रणाली अनुसार अध्ययापन भयो। बार्षिक शिक्षा प्रणालीमा विद्यार्थीहरु कक्षामा र जाँच हलमा नआई बार्षिक परिक्षामा मात्र उपस्थिीत हुने क्रम बढदै पास हुने क्रम बढदै गयो। यतीसम्म पनि पाईएको छ की अमेरिकामा बसेर नेपालबाट एमबीए गरेको अवस्था पनि देखिएको छ। जसले गर्दा बार्षिक शिक्षा प्रणाली राख्नु देशलाई धोखा दिनु जस्तो भयो।
सेमेष्टर प्रणालीमा आजसम्मका आएका विकृति हटाउँदै त्रिबिमा पूर्ण रुपमा सेमेष्टर प्रणाली कार्यान्वयनमा आएको छ। त्रिबीका ९ अध्ययन तथा संकाय छन् । बिज्ञान तथा प्रबिधी अध्ययन संस्थान। इन्जीनियरिङ अध्ययन संस्थान, वन अध्ययन संस्थान,कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसहित कानुन, व्यवस्थापन, शिक्षा र मानवशास्त्र तथा समाजशास्त्र संकायहरु छन्। देशमा एघार वटा जति विश्वबिधालय भए पनि ९० प्रतिशत विधार्थी त्रिबीमा अध्ययनरत छन्। त्रिबीबाट ९ सयभन्दा बढी सम्बन्धनप्राप्त क्याम्पस छन् ।
सेमेष्टर प्रणाली नेपालमा नयाँ शिक्षा पद्धती लागु भए लगतै लागु भएको थियो। तर युरोपेली शिक्षा पद्धतीमा त्रिबीलाई लैजाने क्रममा २०३६।३७ सालमा खारेज गरिएको थियो। २०३७ सालपछि त्रिबीमा पःुन बार्षिक शिक्षा प्रणाली पुनस्र्थापीत भयो । त्रिबीले २०३७ सालदेखि २०७० सालसम्म चलाउँदै आएको बार्षिक प्रणालीको सबैभन्दा ठूलो खराबी बिद्यार्थी र शिक्षक दुबै नियमित कक्षमा नियममा तोकिएको जति प्रतिशत उपस्थित नहुनु नै हो । यो कमजोर व्यवस्थाले बर्षभरी बिद्यार्थी भर्ना हुन दिईरहेको हुुन्थ्यो। यीनीहरु नै कक्षामा नियमित उपस्थित हुँदैन्थ्ये। शिक्षकको बोली सुन्दैनथ्ये। बार्षिक प्रणाली त प्राइभेट परीक्षा जस्तो भयो। बर्षको एक चोटी शुल्क बुझाउने र बर्षको एकचोटी जाँचमा मात्र बस्ने परम्परा बार्षिक प्रणाली बस्न गयो। यस्तो प्राईभेट जाँचको बिशेषता हो ।
यस पंतिmकारले विभिन्न कलेजमा पढाउँदा एमबीएसमा त कुनै कक्षामा त डेढ सय बिद्यार्थीमा दैनिक ३० जना पनि उपस्थित हुन्दैन्थे । यसरी बार्षिक प्रणालीमा खराबी बढदै आयो।
त्रिबीकै पुरानो सेमेष्टर प्रणालीअनुसार सुरु भएको ४० अंकको आन्तरीक मूल्यांकन र ६० नंबरको सेमेष्टर र बार्षिक रुपमा कम्प्रृेहेन्सिभ परिक्षा लिने चलनले बिद्यार्थी आफुमा भएका कमजोरी परीक्षा अगाडी नै सच्याउन पाँउदथे । तर व्यबहारमा विगतमा जस्तै आन्तरीक नंबर दिने अधिकार प्राप्त सम्बन्धीत बिषय शिक्षाकमा निहित हुँदा अल्छी र मुन्द्रे लगाउने बिद्यार्थी दबाब दिएर नंबर बढी पाएको जस्तो परिपाटी दोहोरीन निद हुँदैन्। त्यसबेला यस्तो जोरी हटाउन सेमेष्टरमा कम्प्रेहिेन्सिभ परीक्षाको को शुरुवात भयो। आखिरमा त्रिबीले त्यसबेला यस्तो कमजोरी धान्न सकेन र २०३७ सालमा सेमेष्टर प्रणालीको अन्त भयो । त्यसर्थ नेपालमा पनि सेमेष्टर र बार्षिक शिक्षा प्रणालीको बिशेषता समेटिएको शिक्षा प्रणाली आउन म उपयुतm देख्दछुँ। यस्मा सबैको ध्यानाकर्षण गर्न चाहान्छुँ।
नयाँ शिक्षा पद्धतिअनुसार २०२८ सालमा लागु भएर २०३६।३७ मा साधारण शिक्षामा हटाइएको सेमेष्टर प्रणालीलाई असफल पद्धति भन्दै केहीले बिरोध गर्दै आएका थिए र छन् । तर बार्षिक शिक्षा प्रणाली कहिल्यै बिधार्थी कक्षामा नगएर एमबिएको डिग्री लिने संसारमा कहाँ छ र? सेमेष्टर प्रणाली फेल भएको होइन । बिधार्थी बार्षिक शिक्षा प्रणालीमा बिना कक्षा उपस्थिति डिग्री लिन खोजिएको हो । त्यसर्थ २०७० जेठमा पोखरामा सम्पन्न त्रिबी सभाले २०७० फाल्गुनदेखि नेपालको बुढो बिश्वबिधालयमा सेमेष्टर प्रणाली लागु गर्ने निर्णय गर्यो । यो स्वागतयोग्य थियो । भनिन्छ त्रिबीलाई सेन्टर फर एक्सलेन्स बनाउन सेमेष्टर प्रणाली सुरुवात गरिएको बताईन्छ। सेमेष्टर प्रणाली बिश्वमा नै आपैmमा उत्कृष्ट ठहरिएको छ । तर नेपालमा बार्षीक प्रणालीमा १२ महिना खुल्ला भर्ना गरी चुनावको दृष्टिले राजनीतिमा संलग्न हुुनपुग्यो। यसले गर्दा राम्रा बिधार्थी कक्षामा बिद्यार्थीको बढी संख्याले कक्षाबाहिर हुन पुगे । साढे तिन दशकभन्दा बढी त्रिबीको पठनपाठन यसरी नै चलेको बताईन्छ। यस्तो कमजोरीले त्रिबीले पःुन २०७० साल फाल्गुनमा सेमेष्टर प्रणाली ल्याउन बाध्य भयो। तर प्राबिधीज्ञ बिषयमा त पहिलेदेखिनै अर्थात २०३७ सालसम्मको समेष्टर प्रणाली चलीनै रहयो। यस क्षेत्रमा सेमेष्टरमा भएका पढाई, मूल्यांकन र परिक्षा पद्धति पहिलेदेखिनै विश्वासनीय रहीआएको छ। त्यसर्थ साधारण शिक्षाका बिद्यार्थीहरुलाई बार्षिक र सेमेष्टर प्रणालीमा फरक देख्नु नबनाउनु बिश्वबिधालयको कमजोरी हुन आएको छ। त्यसर्थ सेमेष्टर प्रणालीलाई आन्तरीक मापदण्डअनुसार व्यवस्थित गरी, नतिजा प्रणालीको व्यवस्थापन हुनुपर्ने , सेमेष्टर प्रणालीको नतिजा जायज हुने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार नतिजा प्रकाशन भएको एक महिनाभित्र मौका परीक्षा हुनु पर्ने नै हो। साथै त्रिबीका आंगिक क्याम्पसहरुमा पूर्वाधारसहित सेमेष्टर प्रणाली लागु गर्ने तर्क मनासिब छ। सेमेष्टर प्रणालीमा नतिजा राम्रो नहुनको मतलब बिद्यार्थीबाट गृहकार्यको र अन्य आवश्यक बिद्यार्थीका अभ्याश नभएको भन्ने बुझिन्छ।
त्रिभुवन बीश्वबिदालयले २०७० साल देखि लागु गरेको समेष्टर प्रणाली उपलब्धीमूलक हुन नसकेमा त्रिबीको लगानी खेर जाने प्रष्ट छ। सेमेष्टर प्रणालीमा अध्ययन तरिका, परीक्षा प्रणाली , भौतिक संरचनाको प्रचुरता , नतिजालगायतका विषय बार्षिक प्रणाली भन्दा फरक हुनै पर्दछ। सेमेष्टर प्रणालीलाई कसरी व्यवस्थित गर्नै कार्य त्रिबीको जिम्मा हो। स्मरण गराईन्छ की २०२८ सालमा सुरु गरेको सेमेष्टर प्रणाली पनि विभिन्न कारणले २०३६ मा अन्त भएको थियो। तै पनि देशको पुरानो बिश्वबिद्यालयमात्र हाईन देशको शिक्षाको ब्राण्ड पनि हो। त्रिबीका उत्पादन आन्तरीक तथा बाह्य रुपमा उत्कृष्टका रुपमा विश्वकै चर्चित बिज्ञान प्रयोगशाला नाशादेखि ठूला अन्तर्राष्ट्रिय अस्पताल, बिश्वबिधालय र संयुतm राष्ट्र संघमा उपस्थिति देखिन्छन्। देशका प्रतिष्ठित सरकारी र ठूला औद्योगिक घरानाका हिसाबकिताब राख्न त्रिबीका बिधार्थी बिद्यार्थी समर्थ भई आएका छन् ।
यस सेमेष्टर प्रणाली अन्तर्गत आन्तरीक मूल्यांकन पद्धतिलाई व्यवस्थित गर्नुपर्ने र सेमेष्टर प्रणाली अनुसारको उपयुतm समयमा नै मौका परीक्षा लिईदिई बिधर्थीको चित बुुझाउनु पर्दछ। बर्षिक शिक्षा प्रणालीका केही बिषयबाहेक सय पूर्णाकको मूल्यांकन नै बार्षिक परीक्षाबाट हुन्थयो। २०७० सालमा सेमेष्टर प्रणाली सुरु गरेपछि ४० अंकको आन्तरीक मूल्यांकन हुने गदैछ भने सेमेष्टर ६० अंकको मूल्यांकन २ सेमेष्टर प्रणालीको परीक्षामा पास भए अनुसार बार्षिक रुपमा गर्ने गरिन्छ । यी दुबै थरी अंकका आधारमा बिद्यार्थीको ग्रेडीङ हुन्छ। सेमेष्टरमा बिद्यार्थीले थर्काएको आधारमा नम्बर पाउँने प्रबृति देखा पर्न हुँदैन् ।
बिश्वबिद्यालयले सबैभन्दा पहिले आफ्नो शैक्षिक क्यालेण्डर अनुसार अध्यापन र परीक्षा गराउनु पर्ने सबैको सुझाव छ। अध्ययनको लागि पुस्तकालयमा पर्याप्त सामाग्री उपलब्ध हुनु पर्दछ। त्रिबीमा बहाल प्राध्यापकलाई त्रिबीको भन्दा आफुले लगानी गरेको कलेज प्यारो हँुदै गएको छ। त्रिबीका प्राध्यापकलाई निजी कलेजमा संलग्न हुन गरिएको नियम कडा पारिनु पर्दछ। यस्तो प्रतिबन्ध त्रिबीकै नियममा थन्किएको छ। त्रिबीका शिक्षक तथा बिद्यार्र्थीहरु अनुसन्धानमूखी देखिदैनन्। बिद्यार्थीहरु दैनिक पाठ र अनुसन्धानमूखी कार्यमा संलग्न र सहभागितामा हँुदैनन्। प्राध्यापकले ३०।४० बर्षसम्म नै एउटा कक्षा, एउटै पाठ्क्रम , एउटै क्याम्पसमानै विताई बिना अनुसन्धान र त्रिबी पुस्तकालयमा नपसी र नबसी प्राध्यापक बन्दछन् । एक पछि अर्को बर्ष पढाउँदा थप पुस्तकहरु पनी सन्दर्भ गर्दैनन्। दैनिक सात घण्टामध्ये कक्षा लिएपछि बाँकी समय घण्टा पुस्तकालयमा नै बसी अध्ययन गरेमा प्राध्यापन सामाग्री गतिलो हुन जान्छ। प्राध्यापकको पूरा कार्य घण्टा अनुसन्धानबिना कसरी बिबीको गुणस्तर बढदछ त ? त्रीबीका पदाधिकारी, कर्मचारीदेखि सबै प्राध्यापकमा गुणस्तरमा सुधार गर्ने भन्दा राजनीतिक नेताका ज्यूहजुर गरिआएको भएकाले त्रिबीको हालत फ्स्टाउन नसकेको हो। तर त्रिबीको मेडिकल र इन्जिनीयरीङ क्षेत्रका पढाई गुुण्स्तरीय देखिन्छ।
यस पंतिmका लेखकले त्रिबीको पुरानो सेमेष्टर प्रणालीअन्तर्गत नै उच्च शिक्षाका सबै तहहरु पूरा गरेकाले धेरै थोरै यस सेमेष्टर प्रणालीको बारेमा छात्रा र प्राध्यापनका रुपमा अनुभव आदान प्रदान गर्ने ध्येय राखेको छँु । साथै विद्यावारीधीसहित अरु तहमा चार वटा शोधपत्र पेश गरिएकोले सेमेष्टर प्रणलीमा अध्ययनसम्पन्न गरेकामो गौरन्वीत हँुन्छु।यस्को अघिल्लो भाग राजधानीमा नै प्रकाशीत भएको छ।
लेखक ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रमा पूर्व नायव कार्यकारी निर्देशक हुन् ।

