काठमाडौँ, भदौ २९ गते ।
जेन–जेड आन्दोलनका क्रममा गत भदौ २३ गते शहीद भएका नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका सदस्य सन्तोष विश्वकर्माको परिवारसँग संघका प्रतिनिधि टोलीले भेटघाट गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
आईतबार भदौ २९ गते संघका केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्माको नेतृत्वमा टोलीले सन्तोष विश्वकर्माको परिवारलाई भेटेर संवेदना प्रकट गरेको हो । यस क्रममा शहीदको परिवारलाई आर्थिक सहयोगस्वरुप रु. १,०१,१०५ (एक लाख एक हजार एक सय पाँच) हस्तान्तरण गरिएको संघले जनाएको छ ।
संघका अध्यक्ष अर्जुन विश्वकर्माले शहीदको बलिदानलाई स्मरण गर्दै उनका परिवारलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित भई सहयोग गर्ने तथा उपस्थित हुन नसकेर पनि साथ दिने सबैप्रति संघले आभार प्रकट गरेको छ

