काठमाडौँ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिनको निरन्तर प्रयासपछि बिहीबार दिउँसोदेखि दुईतर्फी रुपमा खुलाइएको हो।
सडक सुचारु भएपछि रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने यो खण्डमा पहिरोका कारण मालबाहक गाडी पूर्णरूपमा रोकिएका थिए भने यात्रुवाहक सवारी साधन आंशिक रूपमा मात्रै सञ्चालनमा आएका थिए।