काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता प्राप्त गरेको छ। साम्पाङ आइतबार निर्वाचन आयोग पुगेका थिए, जहाँ उनले दल दर्ताको प्रमाणपत्र बुझेका छन्।
श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ।
श्रम संस्कृति पार्टीमा २८ केन्द्रीय सदस्य र पाँच पदाधिकारी रहेका छन्। उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई, र प्रवक्ता अरुण गुरुङ रहेका छन्।
गत असोज १२ गते साम्पाङले आफैं निर्वाचन आयोगमा उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए।

