काठमाडौँ । भारतको बिहारमा जारी विधानसभा निर्वाचनको सुरक्षा व्यवस्था कडा पार्दै नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिएको छ।
शनिबारदेखि नोभेम्बर २५ गतेसम्मका लागि दुवै देशबीचको सीमा क्षेत्रमा मानवीय वा आकस्मिक सेवाबाहेक सम्पूर्ण आवागमन रोकिएको प्रशासनले जनाएको छ।
बन्द गरिएका नाकामध्ये धनुषाको जटही, मोरङको जोगबनी लगायतका प्रमुख सीमा नाका रहेका छन्। बिहारमा पहिलो चरणको निर्वाचन शुक्रबार सम्पन्न भएको थियो भने दोस्रो चरण नोभेम्बर ११ मा हुने र मतगणना नोभेम्बर १४ देखि सुरु हुने कार्यक्रम रहेको छ।
स्थानीय प्रशासनका अनुसार, चुनाव अवधिमा अवैध आवतजावत, तस्करी र सुरक्षामा जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सीमामा आवागमन नियन्त्रण गरिएको हो।
नेपाल र भारतबीचको खुला सीमा भएको कारण निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता उच्च हुने भन्दै दुवै देशका सुरक्षा निकायहरू संयोजनमा खटिएका छन्।

