काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले घनश्याम भुसाललाई पार्टीको संयोजक बनाएको छ।
शनिबार बसेको ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल बैठक’ ले पार्टी पुनर्गठनको निर्णय गर्दै भुसाललाई नेतृत्व सुम्पिएको हो।
अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता गरेपछि असन्तुष्ट बनेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव भुसालले नयाँ ढंगले पार्टी पुनर्गठन गर्दै सञ्चालन गर्ने बताएका थिए।
भर्चुअल बैठकले विभिन्न राजनीतिक दलहरूसँग वार्ता र समन्वयको जिम्मेवारी पनि संयोजक भुसाललाई दिएको छ। साथै, मंसिरको पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

