काठमाडौं —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई ६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
उनी जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रमा उम्मेदवारका लागि छानिएका हुन्। राप्रपाले फागुन २१ मा हुन लागेको निर्वाचनका तयारीस्वरूप उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ।
पार्टीको अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय बैठकबाट गरिने जानकारी दिइएको छ।

