काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा बयान दिन उपस्थित हुने भएका छन्।
लेखकले सोमबार (आज) दिउँसो १२ आयोगको कार्यालयमा पुगेर घटनाबारे जानकारी गराउने बताएका छन्। भदौ २३ गते भएको आन्दोलनका क्रममा विद्यार्थीहरूमाथि बल प्रयोग गरिएको घटनाका विषयमा उनीसँग सोधपुछ हुन लागेको हो।
उक्त घटनापछि देशभर २१ जनाको मृत्यु भएपछि लेखकले भदौ २३ गते राति नै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
यसैबीच, लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सञ्चारमाध्यममार्फत थप धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
यसअघि तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगको वैधतामाथि प्रश्न उठाउँदै बयानमा नजाने अडान लिँदै आएका थिए। लेखकको आयोगमा उपस्थित हुने निर्णयपछि ओलीमाथि पनि दबाब बढेको छ।
आयोगका अनुसार ओली पनि कागजी बयान पठाउने निष्कर्षमा पुगेका छन्। लेखकको बयान सकिएलगत्तै ओलीको बयान लिइने आयोगले जनाएको छ।
Previous Articleनिर्वाचनबाहेकको विकल्पमा जाँदा देश दुर्घटनामा पर्न सक्छ–प्रचण्ड
Next Article आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह

