काठमाडौँ । दक्षिणी स्विट्जरल्याण्डस्थित एक लोकप्रिय स्की रिसोर्टको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ। घटनामा ११५ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ।
नयाँ वर्षको उत्सव मनाइरहेका बेला क्रान्स–मोन्टानामा रहेको ‘ले कन्स्टेलेसन’ नामक बारमा बिहान करिब १ः३० बजे आगलागी भएको थियो । आगो लाग्दा बारभित्र ठूलो सङ्ख्यामा मानिसहरू उपस्थित थिए।
घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले आगलागीको कारण अहिलेसम्म पुष्टि गरेका छैनन्। यद्यपि, उक्त घटनालाई आक्रमणसँग जोड्ने कुनै आधार नरहेको स्पष्ट रूपमा बताएका छन्।
Previous Articleबास आयोजनामा नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न
Next Article नेपाललाई जेलेन्स्की शासक चाहिँदैन

