तनहु । तनहुँको भानु नगरपालिका–५ बारीफाँटकी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा फेला परेकी छन्। एक सातादेखि हराईरहेकी पौडेलको शव शनिबार मर्स्याङ्दी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार रुद्र गुरुङ र जवान दीपेन्द्रराज शाहीले नदीमा शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा नदीबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
पौडेलको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)

