काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बास्कोटालाई मातृशोक परेको छ। उनकी आमा मिठुकुमारी बास्कोटाको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो।

शताब्दीभन्दा बढी उमेर पुगेकी मिठुकुमारी स्वास्थ्यका हिसाबले पनि सक्रिय थिइन्। कुनै गम्भीर रोग नलागेको र दैनिक कामकाज आफैं गर्ने अवस्थामा रहेको परिवारजनले बताएका छन्। शम्भुजित बास्कोटाका अनुसार आज बिहानसम्म पनि उनको दैनिकी सामान्य नै थियो।
‘आफ्नो हेरचाह आफैं गर्नुहुन्थ्यो, औषधि खुवाइदिनुपर्ने अवस्था थिएन,’ उनले भने, ‘आज बिहान पनि आफैं वासरुम जानुभएको थियो।’
बिहान अचानक असहज महसुस गरेर ढलेपछि उनलाई चाबहिलस्थित ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै बिहान ११ बजे चिकित्सकले मिठुलाई मृत घोषणा गरेका थिए।
मिठुकुमारीका श्रीमानको ८८ वर्षको उमेरमा निधन भएको थियो। उनका एक छोरा र तीन छोरी रहेका छन्।
मिठुकुमारीले गत पुस २७ गते १०६औँ जन्मदिन मनाएकी थिइन्।

