भक्तपुर ०७ पुस २०८०।
भक्तपुरको मध्यपुर थिमि वडा नं ४ मा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा आज एक कार्यक्रमबीच सम्पन्न भएको छ । मध्यपुर थिमि स्थीति शंखधर पार्टी प्यालेसमा सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाका सयौं सदस्यहरुको समुपस्थितिमा सम्पन्न भएको साधारणसभाको प्रमुख अतिथिको रुपमा मध्येपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र विशेष अतिथिमा उपमेयर विजयकृष्ण श्रेष्ठ रहेका थिए । सभामा बोल्दै मेयर सुरेन्द्र श्रेष्ठले बालकुमारी सहकारी समुदाय स्तरमा भक्तपुरको मात्र नभएर देशकै उत्कृष्ठ सहकारी भएको बताए । मेयर श्रेष्ठले भने -“बालकुमारी बचत तथा ऋण सहकारी मध्यपुर थिमि नगरपालिकाको गहना संस्थाको रुपमा स्थापित भएको छ । मुलुककै उदाहरणीय यस सहकारीले धेरै नै सामाजिक उत्तरदायित्वको कार्य समेत गर्दै आएको छ ।” कतिपय सहकारीहरुमा समस्याहरु देखिइ रहँदा यस सहकारीले भने सहकारीता के हो भन्ने उदाहरण पेश गरेको श्रेष्ठले बताए । त्यसैगरी उपमेयर विजयकृष्ण श्रेष्ठले मध्येपुर थिमिमा धेरैजसो सहकारीले राम्रै गरेपनि केही औंलामा गन्न सकिने सहकारीले बदमासी गरेको बताए । तर उनीहरुले बदमासी गरेर सदस्यहरुको पैसा फिर्ता गर्न नसकेपनि जाथाभावी जग्गामा लगानी गरेकोमा उनीहरुको जग्गा रोक्का गरेर भएपनि सदस्यहरुको बचत फिर्ता गर्ने नगरपालिका लागेको बताए । नगरमा रहेका सहकारीहरुको उचित नियमनको लागि आफुहरुले सहकारीहरुबीच समन्वय गराउने बताए ।
कार्यक्रममा बालकुमारी साकोसका उपाध्यक्ष महेन्द्र कुमार जोशीले सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठले सहकारीको आर्थिक बर्ष ०७९ ८० को प्रतिवेदन, भावि कार्यक्रम तथा बजेट प्रस्तुतीकरण र रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी हाल १३ करोड ५० लाख ९६ हजार रहेको छ । त्यसैगरी सहकारीले १ अर्ब ६३ करोड १८ लाख निक्षेप संकलन गरी १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सहकारीले गत आर्थिक बर्षमा ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सहकारीको जगेडा कोषमा ८ करोड १७ लाख रुपैयाँ रहेको छ । हाल ५ हजार ५२९ जना सदस्य रहेको सहकारीको तरलता ४४ करोड ३४ लाख रहेको छ । संस्थाले आर्थिक बर्ष ०८० ८१ सम्ममा ६ हजार सदस्य पुर्याउने र १४ करोड ९६ हजार शेयर पुँजी पुर्याउने लक्ष्य समेत लिएको छ । साधारण सभाले बार्षिक प्रतिवेदन पास गर्नुका साथै समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई पुरस्कार प्रदना तथा सम्मान गरेको थियो । सभाले मध्येपुर थिमि क्षेत्रका सामुदायिक विधालयहरुबाट जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी ४ जना जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो ।
एससिइमा बढी अंक ल्याइ उर्तिण हुने शेयर सदस्यका छोराछोरीहरुलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी साधारणसभा कार्यक्रममा विभिन्न तालिम, अभिमुखकरण तथा शिविर कार्यक्रमका प्रशिक्षक तथा चिकित्सकहरुलाई कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी मध्येपुर थिमिका हालसालै पिएचडी तथा स्नाकोत्तर उर्तिण गरेका ७५ जनालाई सम्मान गरिएको थियो । त्यसैगरी ऐतिहासिक जिब्रो छेड्ने जात्रा जिब्रो छेडि पशुपती परिक्रमा गरी संस्कृतिज र्गेना गर्न भुमिका खेल्ने मध्यपुर थिमि नपा वडा नं ५ निवासी बालकराम श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको
ड्ड कार्यक्रममा अतिथिको रुपमा मध्येपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पाते, राष्टिय सहकारी महासंघका प्रतिनिधि, नेफ्स्कुनका प्रतिनिधि, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पंचकृष्ण श्रेष्ठ, बालकुमारी साकोसका उपाध्यक्ष महेन्द्रकुमार जोशी, कोषाध्यक्ष सुदिप श्रेष्ठ, संस्थापक अध्यक्ष तथा सञ्चालक जिवनहरी श्रेष्ठ, पुर्ण अध्यक्ष तथा सञ्चालक शिवकृष्ण श्रेष्ठ, सञ्चालकहरु सुर्यलाल श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, ओमकिशोर श्रेष्ठ, सुमति शाहु श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रमोहन जोशी, लेखा समिति सदस्यहरु राधिका श्रेष्ठ, लक्ष्मीशोभा श्रेष्ठ, विभिन्न संस्थाहरुका प्रतिनिधि, वरिष्ठ पत्रकार प्रविण जोशी तथा पत्रकारहरु अतिथिको आसनमा रहेका थिए । कार्यक्रममा बाहिरबाट सहभागी धेरैजसो अतिथिले आफना मन्तब्य तथा शुभकामना राखेका थिए ।

