बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भेरी करिडोर सडकखण्ड अन्तर्गत डोल्पाबाट नेपालगन्ज जाँदै गरेको भे१ख १३९६नम्बरको बसले ठक्कर दिँदा नलगाड नगरपालिका–१ चिउरीका सुरेश महरको मृत्यु भएको हो ।
भेरी नगरपालिका–१ रावतगाउँ नजिकै महरलाई बसले ठक्कर दिएको थियो। दुर्घटनापछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएपनि उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताएका छन्।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालेको छ।
