काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् ।
पार्टी अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो ।
संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले हिजो मात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी बुधबार पार्टी अध्यक्षबाट हटाएको थियो, बिहिबार अध्यक्षको भूमिका लालवीर चौधरीलाई दिने निर्णय गरेको हो ।
नव निर्वाचित अध्यक्ष रेशम चौधरीका बुवा हुन् ।

