काठमाण्डौ । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ। स्थानीयवासीले हतियार (राइफल) फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका थिए ।
प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगी राइफल फिर्ता ल्याएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फेलापरेको राइफल गत भदौ २४ गतेको प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको म्यागजिनसहित ३०३ राइफल रहेको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी हतियार इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

