काठमाडौँ उपत्यकामा ४० प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाएका छन्।
स्वास्थ्य मन्त्रालयले असोज ४ गतेसम्म उपत्यकामा ४० प्रतिशतले खोप लगाइसकेको जनाएको हो।
मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौँमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले चैत अन्तिमसम्म सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
हालसम्म बागमती प्रदेशमा मात्रै २९ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको दुवै डोज लगाइसकेको मन्त्रालयले जनाएको छ।

