संयुक्त राष्ट्रसंघले सन् १९९१ मा अक्टोवर १ तारिखका दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि त्यसका सदस्य राष्ट्रहरूले ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका थिए । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार सन् २०५० मा पृथ्वीको करिब २५ प्रतिशत जनसंख्या ५५ वर्ष र सोभन्दा माथिका हुनेछन् । त्यसैले वातावरण परिवर्तनबाट यति ठूलो जनसंख्यमा पर्ने असरको उचित व्यवस्थापन गर्न जरुरीे छ । तर, अन्तर्राष्ट्रिय नीतिनिर्माताहरू भने यो विषयतर्फ खासै आकर्षित भएको देखिँदैन । यसर्थ विश्वको इतिहासलाई अवलोकन गर्ने हो भने सन् १९९१ मा मानवअधिकारका लागि विश्वव्यापी घोषणापत्रमा वृद्धवृद्धा अर्थात् ज्येष्ठ नागरिका अधिकारका विषयले प्रवेश पाएको थियो । सो घोषणापत्रमा वृद्धवृद्धाहरूको स्वतन्त्रता, सहभागिता, स्याहारसुसार, स्वनिर्वाह वा सन्तुष्टि र प्रतिष्ठाको उपभोग र उपयोग गौरवपूर्ण ढंगे गर्न पाउनुपर्छ । साथै त्यसको रक्षाका खातिर समाजका सबै तह र तप्काका नागरिक सचेत र सव्रिmय हुनुपर्ने आवश्यकता रहेको जनाइएको थियो । यसैगरी, सन् २००२ मा जारी संयुक्त राष्ट्रसंघ जनसंख्या कोषबाट ’वृद्धावस्थासम्बन्धी अन्तर्राीष्ट्रय कार्ययोजना–२००२ मा कार्ययोजनाका लक्ष्य, उद्देश्य र प्रबिद्धताहरूसँग गाँसिएका विभित्र बुँदा समावेश गर्दै सबै वृद्ध व्यक्तिको सम्पूर्ण मानवअधिकार र मौलिक स्वतन्त्रताहरूको पूर्ण बहाली गर्ने, आयमूलक तथा स्वेच्छिक कामका माध्यमबाट समेत आफ्ना समाजमा आर्थिक र राजनीतिक तथा सामाजिक जीवनमा पहुँच उपलब्ध गराउने आदि माध्यमहरूबाट जीवनभर र जीवनको उत्तरार्धमा वैयक्तिक विकास, स्वतन्त्रता, स्व–सम्पत्रता तथा समुत्रतिका लागि अवसरहरू उपलब्ध गराउने उल्लेख गरिएको छ । मूलतः ज्येष्ठ नागरिकका हितका लागि बनेको ऐन र नियमको कार्यान्वयन उचित ढंगले भइरहेको छैन । उनीहरू दयाको पात्र होइनन् भत्रे चेत समाजमा आउन जरुरी छ । उनीहरूलाई सम्मान र आदर गर्ने परिपाटी व्यक्ति, परिवार, समाज र राष्ट्रले बसाल्दै ज्येष्ठ नागरिकसँग भएका ज्ञानका भण्डारबाट व्यक्ति, परिवार, समाज र राष्ट्रले लाभ लिन सक्नुपर्छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा विश्वमा ६० वर्षमाथिको जनसंख्या ९७२ मिलियन रहेको जनाएको छ । सन् १९८० मा सो संख्या ३८२ मिलियन थियो भने सन् २०५० मा सो संख्या हालको दोब्बर हुने प्रक्षेपण संयुक्त राष्ट्रसंघले गरेको छ ।
हाम्रो देशको सन्दर्भमा अबलोकन गर्ने हो भने कानुनी रूपमा नेपालका ज्येष्ठ नागरिकहरूले अधिकार पाएको करिब १४ वर्ष भएको छ । सो अधिकार लिपिबद्ध हुने व्रmममा ज्येष्ठ नागरिकको अधिकार रक्षाका लागि ज्येष्ठ नागरिक ऐन, २०६३, ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यव्रmम कार्यान्वयन निर्देशिका २०६१ ज्येष्ठ नागरिक समूह परिचालन निर्देशिका २०७२ आदि जारी भएको छ । यसै क्रममा राष्ट्रमा ६० वर्ष वा सो उमेर पार गरेका व्यक्तित्वलाई ज्येष्ठ नागरिक भनिए पनि अन्तर्राष्ट्रिय तहमा ओल्डर पिपल भत्रे गरिन्छ । त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि ओल्ड विशेषण शब्द नै प्रयोग गरेको छ । यसो भत्रुको तात्पर्य के हो भने नेपालीमा प्रयुक्त ज्येष्ठ र अंग्रेजीमा प्रयुक्त ओल्ड समानार्थी होइनन् । मुलुकको जनगणना विसं २०६८ का अनुसार ६० वर्ष र सोमाथिका २१ लाख ५३ हजार ३ सय ३० जनसंख्या रहेको अनुमान गरिएको थियो । त्यसै गरी एकसय वर्ष र सोमाथिका ३ हजार ५ सय ६६ नागरिक छन् । यो संख्याको बढोत्तरी बर्सेनि ३ दशमलव ५ प्रतिशत रहेको छ । तर, देशको जनसंख्या वृद्धिदर भने १ दशमलव १८ प्रतिशत मात्र छ । देशको औसत आयु ६६ दशमलव २ वर्ष जसमा पुरुष ६४.९ र महिला ६७.४ वर्ष रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासका आधारमा हालै प्राप्त एक तथ्यांकअनुसार ६४ वर्षमाथिका ज्येष्ठ नागरिकहरू नेपालमा १२ लाख ७७ हजार ५ सय ४५ रहेको छ । जसमा पुरुषको संख्या ५ लाख ९६ हजार ९ सय ३१ र महिला ६ लाख ८० हजार ६ सय १३ जना रहेको अनुमान गरेको थियो । यसर्थ विभित्र कालखण्डमा जारी भएका ती ऐन–नियम तथा निर्देशिकाहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसके पनि नेपाल सरकारले सम्मान गर्न थालेको छ । नेपालको कानुनमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरीक हक अधिकार र समायोजन को पाटोमा सम्बोधन गरेको छ । यस कानुन अनुसार ज्येष्ठ नागरिक भत्राले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ । उमेर ढल्कंदै गएपछि एक्लोपना बढ्दै जान्छ आप्mना मनमिल्ने साथीभाई को कमी अनि पुराना यादको बहावले बहकाउने गर्दछ । मानव जीवन व्रmममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो । यसको साथसाथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले यस वर्षको ज्येष्ठ नागरिक दिवस ज्येष्ठ नागरिकमा हुने समस्याबारे जनचेतना जगाउँदै मनाइने बताउनुभएको छ । मन्त्रालयको सभाकक्षमा गत बिहीवार आयोजित कार्यव्रmममा उहाँले असोज १५ गते अन्तर्राष्ट्रिय नागरिक दिवस भव्यताका साथ जनचेतनामुलक कार्यव्रmमको आयोजना गरी मनाउने बताउनुभएको थियो ।
मानिस एउटा निश्चित उमेर पार गरिसकेपछि शारीरिक रूपमा कमजोर हुन्छ । उसका अङ्गप्रत्यङ्गको व्रिmयाशीलतामा शिथिलता आउन थाल्दछ । यस्तो प्रव्रिmयालाई हामी वृद्धवृद्धाको अवस्था भनेर बुझ्छौं, जुन प्राकृतिक नियम पनि हो । मानिस मात्र नभएर अन्य प्राणीमा पनि यो नियम लागू हुन्छ । हाम्रो समाजमा वृद्धवृद्धा भत्रे बित्तिकै बोझ र घृणाको नजरले हेर्ने गरिन्छ । उनीहरुको अवस्था देखी छि–छि र दूरदूर गर्ने कुसंस्कारले हाम्रो समाजमा जरा गाडेर बसेको छ । २०६८ सालको जनगणनाअनुसार कूल जनसंख्याको करिब ८.६ प्रतिशतको हाराहारीमा रहेका वृद्धवृद्धा विभित्र समस्या र पीडाबाट ग्रसित रहेका छन् । उनीहरुले अहिले पर्याप्त मात्रामा हेरचाह र पारिवारिक स्नेह पाउन सकिरहेको अवस्था छैन । कतिपय परिवारका वृद्धवृद्धाहरु बुढेसकालमा घरबाट निकालिएर आश्रम लगायतका ठाउमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । यसको साथसाथै शारीरिक रूपले कमजोर भए पनि वृद्धवृद्धाको अनुभवजन्य ज्ञान युवाहरूको भन्दा निकै बलियो हुन्छ । विचारहरू परिष्कृत हुन्छन् । ती सोचहरूले स्वतन्त्रतापूर्वक काम गर्न पाए समाज थप लाभान्वित हुन्छ । बूढो हुँदैमा चुप लागेर बस्ने भत्रे हुँदैन, शरीरले दिएसम्म काम गर्न सक्ने वातावरण उनीहरूलाई दिनुपर्छ । उमेर छँदासम्म उनीहरूले आफ्नो सबै सीप छोराछोरीका लागि खर्चिएका हुन्छन् । त्यसपछिको क्षमता समाजका लागि दिन पाउनुपर्छ । तथापि वृद्धवर्गको अवस्था विश्वका विकसित मूलुकमा समेत दयनीय छ । आधुनिक उत्तरआधुनिकताको सबैभन्दा बढी प्रभाव वृद्धवर्गमा परेको छ । वृद्धावस्था भनेको जीवनको सन्ध्याकाल हो । जीवनरूपी दिनमा धेरै काम गरेर एउटा विश्राम गर्ने समय हो । शान्ति र सद्भावसाथ थकाइ मार्ने बेला हो । यसरी जीवनरूपी सन्ध्यामा शान्तिपूर्ण ढंगबाट विश्राम गर्न प्रत्येक वृद्ध पुस्तालाई कुण्ठा, पीडा र मानसिक यन्त्रणाबाट मुक्त राखेर आरामपूर्वक आफ्नो सन्ध्याकालीन जीवन बिताउन सक्ने अवस्था बनाइदिनु पर्छ । यही नै सार्थक समाधान हो ।
अन्त्यमा भन्नुपर्दा आजको युवा पुस्ता नै भोलिका ज्येष्ठ नागरिक हुन् । त्यसैकारणले होला सृष्टिको क्रम पनि पहिले बालक शिशुको रुपमा, युवा अवस्था पार गरी ज्येष्ठ नागरिक बन्छौं । यसै अुनसार अहिले युवाले आफ्ना बाबुआमालाई जस्तो व्यवहार गर्छन् भोलि उनीहरूले पनि त्यस्तै व्यवहार आफ्ना सन्तानबाट पाउनेछन् । सबैले भनिने गरेको छ मान्छे बूढो भए निहुँ खोज्छ, वस्तु बूढो भए भीर खोज्छ’ भत्रे उखान बिर्सेर ज्येष्ठ नागरिकहरूले विगतमा गरेका राम्रा काम सम्झने गर्नुपर्छ । यसर्थ वृद्धावस्थालाई बोझको रूपमा नभई जीवनको उत्तरार्धमा सबैले भोग्नुपर्ने अनिवार्य अवस्था मानेर सकेसम्म सुखमय बनाउनमै लाग्नु परिवारका सबै सदस्यको जिम्मेवारी त्यत्तिकै महत्वपूर्ण रहेको छ । अहिले त सरकारले समेत वृद्धवृद्धाहरूलाई प्रति महिना ४ हजार रुपैयाँ दिने निर्णय गरेको छ । राम्रो व्यवस्थापन गरिदिने हो भने यसैबाट पनि उनीहरूको दुःखसुखको गुजारालाई सानोतिनो सहयोग पुग्न सक्छ । पछिल्लो समयमा भने शिक्षा, सभ्यता र आर्थिक विकासले छलाङ मारे पनि ज्येष्ठ नागरिक उपेक्षामा पर्ने परिपाटीमा सुधार आउन सकेको छैन । गरिबी, कामकाजी व्यस्तता अथवा अन्य जुनसुकै कारणलाई बहाना बनाएर ज्येष्ठ नागरिकलाई उपेक्षा गर्ने व्रmम रोकिएको छैन, बरू बढेको छ । गरिबीका कारण स्वाभाविकरूपमा ज्येष्ठ नागरिकहरू उपेक्षाको सिकार बत्रुपरेको छ भने आर्थिक सम्पत्रता भएको अवस्थामा पनि ज्येष्ठ उनीहरू उपेक्षित हुँदै आएका छन् । विशेषगरी प्रतिस्पर्धाको युगमा अध्ययन, वृत्ति विकास, आयआर्जन र सम्पत्र बत्रे अथवा हैसियत निर्माण गर्ने होड चलेको अवस्थाले गर्दा ज्येष्ठ नागरिकप्रति घर, परिवार र समाजको कम ध्यान जाने गरेको छ । यसरी तुलनात्मकरूपमा हेर्दा गरिब परिवारमा भन्दा सम्पत्र परिवारका ज्येष्ठ नागरिक अझै बढी उपेक्षामा परेका देखिन्छन् । बाहिरीरूपमा हेर्दा आर्थिक सम्पत्रताका कारण ज्येष्ठ नागरिकहरूको जीवन सुखी र सुरक्षित हुनुपर्ने अनुमान विपरीत झन् दुःखी र असुरक्षित रहेका थुप्रै उदाहरण सार्वजनिक हुने गरेका छन् । गरिब घरपरिवारमा ज्येष्ठ नागरिकलाई भौतिक सुख र सुविधा दिन नसके पनि कमसेकम चिन्ता, चासो र भावनात्मकरूपमा माया, प्रेम, श्रद्धा र सम्मान गरेको पाइन्छ । यद्यपि सम्पत्र परिवारमा भने त्यस्तो चिन्ता, चासो र भावानात्मकरूपमा माया, प्रेम, श्रद्धा र सम्मानको कमी रहेको पाइन्छ । यसले गर्दा भौतिकरूपमा सुख र सम्पत्र हुँदाहुँदै पनि ज्येष्ठ नागरिकहरू दुखी अवस्थामा रहेका पाइन्छन् र मानसिकरूपमा पीडित समेत रहेका भेटिन्छन् ।


1 Comment
Pingback: अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र नेपाल | Bishow Nath Kharel