काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गतfआर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
२०७८ पौष २ गते बसेकोे बैंकसञ्चालक समितिको ३५२औं बैठकले चुक्तापूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।
बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्तापुँजी रु. ९,०३,४४,२९,५०२.५० (अक्षरेपी नौ अर्व तीन करोड चौवालिस लाखउनान्तिस हजार पाँच सय दुई रुपैयाँपचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाखउनासीहजार छ सय छयानब्बे रुपैयाँउनान्चालिस पैसा) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागिचुक्तापुँजीको ०.३० प्रतिशतले हुनआउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपीदुई करोड त्रियहत्तर लाखएकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा) बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय प्रेस विज्ञप्तीमा जनाएको छ ।
यस्तै उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिने विज्ञप्तीमा उल्लेख गरेको छ ।
थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैङ्कले अनुरोध गरेको छ ।

