विश्व हिन्दू परिषद नेपालले तब्लिगी जमातमाथि प्रतिबन्ध लगाउन सरकारलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको साँस्कृतिक एकतामाथि खलल पुर्याउने तब्लिगी जमातमाथि कडा कारवाही एवं अंकुश लगाउन सरकारसँग माग गरेको छ ।
विश्व आज एउटा समुदाय विशेषको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । फरक विचार राख्ने समुदायलाई विभिन्न तरिकाले प्रताडित गर्ने कट्टर मानसिकता भएको समूह प्रायः सबै देशहरूमा सक्रिय रहेको तथ्य छ ।
हालै आतंकवादलाई बढावा दिएको भन्दै तव्लिगी जमात नामक इस्लामिक जिहादी संगठनमाथि साउदी अरबले प्रतिबन्ध लगाएको कदमलाई विश्वका अनेकौं राष्ट्रहरूले स्वागत गरेको छ । मानवताको लागि चुनौतीपूर्ण मानिएको यस संगठनको काम(कारवाही नेपालमा समेत विस्तार हुदै गएको तथ्य अवगत नै छ । विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ- झण्डै ९० प्रतिशत हिन्दुहरुको बसोबास रहेको प्रदेश नं. २ मा हिन्दुहरुकै मतबाट निर्वाचित भएकाहरु पनि मधेस र मधेसी जनताको जनमतमाथी कुठाराघात गर्दै इस्लामिक तुष्टिकरणको राजनीतिमा लागेका छन् । मधेसी पहिचानको मुद्दाबाट राजनीतिमा स्थापित तत्कालिन संघिय समाजवादी फोरमले मधेसको साँस्कृतिक मूल प्रवाह र मुख्य पहिचानलाई नै वेवास्ता गर्दै इस्लामिक षडयन्त्रको प्रभावमा परी मुस्लिमलाई मुख्य मन्त्रीको रुपमा मधेसी जनताको टाउकोमा थोप्नु दुर्भाग्यपूर्ण एवं गम्भीर विषय हो ।
मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी कै संरक्षणमा इस्लामिक जिहादीहरूद्वारा गौहत्या, लव जिहादी एवं बहुसंख्यक हिन्दू जनतामाथि बर्बर दमन र आक्रमणहरुका घटनाहरू बाहिर आएकै हुन भनी विश्व हिन्दू महासंघले विज्ञप्तिमा भनेको छ
नेपाललाई विभाजन गर्ने दिर्घकालिन योजना अन्तर्गत नेपालको साँस्कृतिक राष्ट्रियतामाथि राजनीतिक र संवैधानिक प्रहार गर्दै मधेसी र पहाडी जनतालाई विभाजन गर्ने प्रयास हुदै आएको तथ्य पनि सर्वविदितै छ । देशको साँस्कृतिक एकतामाथि खलल पु¥याउनेमाथि कडा कारवाही एवं अंकुश लगाउन विश्व हिन्दू परिषद नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

