नेकपा एमालेभित्र केपी शर्मा ओली र माधवकुमार नेपालबीचमा देखिएको विवाद समाधान गर्न कार्यदल गठन गरिँदै छ । कार्यदल शनिबार गठन हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।
यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान गरेर अघि बढ्न सहमत भएका थिए । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन ।
नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठक सकिएको छ। बैठकपछि नेपाल पक्षीय नेताहरू सौहार्दपूर्ण रुपमा वार्ता भएको प्रतिक्रिया दिएका छन्।
पार्टीलाई एकताबद्ध बनाउनेबारे छलफल भएको बैठकमा सहभागी एमाले नेता रघुजी पन्तले सेतोपाटीलाई बताए।
२०७५ जेठ २ गतेभन्दा अगाडिको कुरालाई आधार मानेर अरू छलफल अगाडि बढाउने कुरा भएको छ,’ उनले भने, ‘त्यो प्रयोजनको लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदलका सदस्यको नाम तय गर्ने कुरा भएको छ र तुरुन्तै वार्ता गर्ने सहमतिसमेत भएको छ।’

