काठमाण्डौ । नेकपा एकिकृत समाजवादीसम्बद्ध खेलकुद महासंघका उपाध्यक्ष स्वयंभूराज डंगोल पुन: एमालेमा फर्किएका छन्।
मार्सल आर्टका अन्तरराष्ट्रिय खेलाडीसमेत रहेका डंगोललाई पार्टी कार्यालय च्यासल, ललितपुरमा बिहिवार एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् ।
समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका डंगोल नेकपा समाजवादी पार्टीको प्रदेश कमिटीमा थिए।
नेकपा एमालेमा फर्किएका डंगोलले किन माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी छोडेको र पुन एमालेमा फर्किएको भने खुलाएका छैनन् ।

