काठमाण्डौ। संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास आवुधावीका अनुसार विभिन्न कसुरमा सजाय तोकिएका नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।
दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

