नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार (शुक्रबार) एक तोला सुनको मूल्य २ लाख ६ सय रुपैयाँ निर्धारण भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो।
बिहीबार एक तोला सुन १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

