भक्तपुर, असार २४ । उदय बचत तथा ऋण सहकारी संस्थाको ४ वर्षिय योजना तथा वार्षिक नीति तथा बजेटको तर्जुमा गत २२ र २३ गते संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न भयो ।
उक्त दुई दिने कार्यक्रममा संस्थाका उपाध्यक्ष न्हुछे बहादर प्रजापतिले ४ वर्षिय कार्य योजना प्रस्तुत गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले आर्थिक वर्ष २०८०र८१ को कार्ययोजना सहितको नीति तथा कार्यक्रम र अनुमानित बजेट पेश गर्नुभयो ।

संस्थाका सचिव दिल प्रसाद प्रजापतिले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले बृहत दफागत छलफल पश्चात योजना तथा नीतिलाई अन्तिम रुप दिनुभयो ।
उहाँले प्रस्तुत बजेटमा उल्लेख गरिएको ४३ करोडको कूल सम्पति तथा वासलातलाई आगामी साधारणसभाबाट पारित गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा ब्रतबन्ध, विबाह, चाडपर्व लगायत सामाजिक संस्कार तथा उच्च शिक्षा अध्ययनको नयाँ बचत नीति तय गर्ने निर्णय गरेको छ ।

