तोमनाथ उप्रेतीस
विषय प्रवेश
व्यक्ति वा समुदाय वा समाजमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कलासंंगीत, भाषासाहित्य, रहनसहनलाई संस्कृति भनिन्छ ।संस्कृति मानवीय जीवन पद्धति हो । यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ । संस्कृति गतिशील हुन्छ । संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो । यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो ।संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ । संंगठनात्मक संस्कृति र संरचना सधै स्थिर हँुदैन । यो समय र वातावरणअनुरूप परिवर्तन हुँदै जान्छ । समाजमा राजनीतिक शासन प्रणाली, आर्थिक विकास नीति, सामाजिक रहनसहन,मुल्य मान्यता, प्रविधि विकास, नागरिकको चेतना र माग निरन्तर परिवर्तन भइरहेको छ । संगठन बहुसंस्कृतिको असल संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ । संगठनात्मक समस्याहरूको व्यवस्थापन समाधान गर्ने तत्व संगठनात्मक संस्कृति हो । संस्कार तथा संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज, राष्ट्र सबैमा प्रभाव पारेको हुन्छ । व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ ।
संगठनात्मक कार्यसंस्कृति
संस्कृति मानवीय जीवन पद्धति हो । यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । व्यक्ति वा समुदाय वा समाजमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कलासंंगीत, भाषासाहित्य, रहनसहनलाई संस्कृति भनिन्छ ।संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ । संस्कृति गतिशील हुन्छ । संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो । यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो ।संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ । संगठनात्मक व्यवहार कर्मचारीको मनोवैज्ञानिक बुझाइ र काम गराइ हो । संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ । कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ । संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ । परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन् । संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूणर् जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाइ संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील पनि बनाउँछ । संगठनात्मक संस्कृति एउटा यस्तो क्रियाशिल तत्व हो, जूनसुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ ।संगठनात्मक संस्कृतिले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ। यस संस्कृतिको उद्देश्य समूहका सदस्यहरू एकअर्का र बाहिरी संसारसँग कसरी सम्बन्ध राख्ने अपेक्षा गरिन्छ भनेर निर्दिष्ट गर्नु हो। संस्कार जन्य कुराहरु तर्क र प्रमाणको रुपमा जुधाउन सकिँदैन । त्यो अदृश्य हुन्छ । तर व्यवहारबाट छर्लङ्क देखिन्छ ।
संगठनका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई संगठनको संस्कृति भनिन्छ । व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो । कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ ? सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ । त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ । त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूणर् विषय हो ।संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ । आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूणर् सम्पतिको रुपमा रहेका हुन्छन् । निजहरुले सम्हालेको पद, जिम्मेवारी तथा तहले निजले संगठनकालागि खेल्न सक्ने भूमिकाको स्तर निक्र्यौल गर्न सकिन्छ । व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व-निणर्य गर्ने क्षमता तथा चाप्लुसहरुको व्यवहारलाई अध्ययन गरी सत्यतथ्य जान्ने क्षमता हुनु अत्यन्त आवश्यक हुन्छ ।
सहकारी संघ संस्थामा संगठनात्मक कार्यसंस्कृति
संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ । संगठनात्मक व्यवहार कर्मचारीको मनोवैज्ञानिक बुझाइ र काम गराइ हो । संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ ।
सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। अैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्। आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो।
सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ-आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिली आ-आफ्नो आयको केहि अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो।सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ। नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।
सहकारी संस्थाहरुल साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई सहकारी संगठनको संस्कृति भनिन्छ । व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो । कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ ? सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ । त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ । त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूणर् विषय हो ।संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ । आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।
संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूणर् सम्पतिको रुपमा रहेका हुन्छन् । निजहरुले सम्हालेको पद, जिम्मेवारी तथा तहले निजले संगठनकालागि खेल्न सक्ने भूमिकाको स्तर निक्र्यौल गर्न सकिन्छ । व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व-निणर्य गर्ने क्षमता तथा चाप्लुसहरुको व्यवहारलाई अध्ययन गरी सत्यतथ्य जान्ने क्षमता हुनु अत्यन्त आवश्यक हुन्छ ।
आजको नेटवर्क, सम्पर्क र सामूहिकताको युगमा सूचना तथा सञ्चार प्रविधिले डिजिटलाइज्ड जीवनपद्धति विकास गरेको छ । आफ्नो जिम्मेवारी र आफूले लिएको निणर्यप्रति उत्तरदायी बन्ने गुण पनि संस्कृतिको एउटा पाटो हो । युग अनुकूलको संगठनात्मक संस्कृतिको विकास आजको आवश्यकता हो। संस्कृति परिवर्तनका योजनाबद्ध, अपर्झट, आवधिक वा निरन्तरजस्ता धेरै रणनीतिहरू हुने गर्दछन् । परिवर्तनको प्रतिरोध गर्ने प्रवृत्ति हरेक संगठनका कर्मचारीमा पाइन्छ । संगठनात्मक संस्कृति नेतृत्वको पहुँच पर हुने भए पनि संस्कृति परिवर्तन गर्ने एजेन्ट नेतृत्व नै हो र उसको इच्छाशक्तिमा नै परिवर्तन निर्भर गर्दछ ।
सहकारीको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रूपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ
सहकारी समुदायले गर्ने व्यवसाय हो।शेयर सदस्यहरू सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन्।सहकारीमा पूँजीको हैन सदस्यको महत्त्व हुन्छ।सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ। संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरू स्थानिय व्यक्ति नै हुन्छन् ।संस्थाले विनियमका साथै विभिन्न नीति नियमहरू तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरू सञ्चालन गरिएका हुन्छन् ।संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बाँकी रकम अमफ्ना सदस्यहरूलाई नै ऋण लगानि गरिएको हुन्छ।संस्थापक र संचालकहरूको लगानि नाम मात्रको नभई स्वभाविक हुन्छ।प्रजातान्त्रिक प्रणालिवाट चलेको तथा सहकारी भावना र सिद्धान्त बमोजिम अगाडि बढेको हुनपर्छ।संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ।संस्थामा पर्याप्त शेयर पूँजि तथा अन्य कोष भएको हुनुपर्छ ।नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र वचत सङ्कलन गर्ने र सदस्य भएको केही समय पछि सदस्य भित्रमात्र ऋण लगानि गर्नुपर्ने हुन्छ।
सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो ।सहकारी निश्चित व्यवसायीक उद्देश्यका लागि गठन हुने हुँदा एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो ,जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । सहकारी सबैका लागि खुल्ला हुने हुँदा हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ ।सामाजिक चाख, चाहना र संवेदनाबाट सहकारी अलग रहन सक्दैन। संस्थाले कमाएको नाफाको हिस्सा समुदायको हितमा छुट्याउने, समुदायका सुखदुःखमा सहभागी भई सामाजिक दायित्व निर्वाह गर्ने चरित्र सहकारीमा रहनुपर्छ।
सहकारीको बारेमा अन्तराष्ट्रिय सहकारी महासंघले सन १९९५ मा व्यक्तिहरुको स्वच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रीक ढंगबाट नियमित स्वायत्त उद्यम नै सहकारी होे”भनी परिभाषित गरेको छ ।समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो ।
सहकारी व्यवसायलाई दिगो, समुदाय अनुकूल र सामाजिक भावना अनुरूप बनाउन सहकारीका प्रणेताहरूले विभिन्न सिद्धान्त प्रतिपादन गरेका छन्। पहिलो सिद्धान्त, स्वैच्छिक र खुला सदस्यता हो। कुनै पनि व्यक्ति स्वैच्छिक चाहनाबाटै सहकारीमा आबद्ध हुन्छ वा बाहिरिन्छ। दोस्रो सिद्धान्त, संस्थामाथि प्रजातान्त्रिक नियन्त्रण हो। संस्था कुनै एक वा केही व्यक्तिको नियन्त्रणमा रहन हुँदैन।तेस्रो, सदस्यहरूको आर्थिक सहभागिता हो। संस्थाको पूँजी वा व्यवसायको आधार नै सदस्यको आर्थिक सहभागिता हो। चौथो, सहकारी संस्था स्वायत्त र स्वतन्त्र हुन्छ। विचार, आग्रह, प्रभाव, दबाब, राजनीति, विभेद जस्ता कुराबाट यो बिल्कुल अलग रहन्छ।पाँचौं सिद्धान्त, सहकारी शिक्षा हो। सहकारीमा आबद्ध हुने जोकोही सहकारी सम्बन्धी जानकारीबाट प्रशिक्षित हुनुपर्छ, ताकि सहकारीका चरित्रलाई व्यवहारमा उतार्न सकियोस्। छैटौं, सहकारीबीच साझेदारी हो। सहकारीबीच गलाकाट प्रतिस्पर्धा होइन, सहयोग, सहभाव र साझेदारीबाटै असल अभ्यासहरू विनिमय, अवलम्बन र संस्थागत गर्न सकिन्छ। सहकारी व्यवसाय विस्तारका लागि पनि सहकार्य आवश्यक हुन सक्छ। सातौं, समुदायप्रति चाख हो। सामाजिक चाख, चाहना र संवेदनाबाट सहकारी अलग रहन सक्दैन। संस्थाले कमाएको नाफाको हिस्सा समुदायको हितमा छुट्याउने, समुदायका सुखदुःखमा सहभागी भई सामाजिक दायित्व निर्वाह गर्ने चरित्र सहकारीमा रहनुपर्छ।
सदस्य र सञ्चालकको भूमिका
सहकारीका सदस्य लगानीकर्ता र ग्राहक मात्र होइनन्। उनीहरूले सामान्य सेवाग्राही वा अंशियारको भूमिकामा मात्र सीमित भएर पुग्दैन, दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ। सदस्यहरू संस्थाबाटै उत्पादित सेवा लिने दायित्वमा रहन्छन्। सहकारीको सदस्य हुने तर सेवावस्तु अर्कै व्यवसायका लिए आफैंप्रति विश्वास नगरेको ठहर्छ। सदस्यहरू संस्थाको शेयर किन्ने, इक्विटीमा लगानी गर्ने दायित्वमा रहन्छन्। ।
संस्थाका सभा, सम्मेलन, बैठकमा अनिवार्य उपस्थित भई संस्थाको गतिविधिमा संलग्न हुने, संस्थालाई सही दिशातर्फ बढाउन सहयोग गर्ने दायित्व पनि सदस्यमा रहन्छ। संस्थाको क्रियाकलापबाट सुसूचित हुन, संस्थाको जोखिम घटाउन, सदस्य सेवा र सन्तुष्टि विस्तार गर्न र आपसी हित बढाउन सदस्यहरू खटिनुपर्छ। अन्यथा, त्यो सहकारीको आवरणमा अन्य व्यवसाय भइदिन्छ।संस्थाभित्र सदस्यले खेल्नुपर्ने भूमिका राम्ररी निर्वाह नगरे सहकारी सिद्धान्तहरू कार्यान्वयनमा आउँदैनन्, उद्देश्य पूरा पनि हुँदैन। त्यसैले उनीहरूले नीति, रणनीति, वार्षिक कार्यक्रम, लेखा परीक्षण, वित्तीय प्रतिवेदन, नाफा वितरण, सञ्चालक नियुक्ति, लेखा परीक्षक नियुक्ति जस्ता महत्त्वपूणर् विषयका निणर्यमा सहभागी भई स्पष्ट धारणा राख्ने भूमिका खेल्नुपर्छ।
साधारणसभा, विभिन्न समितिमा सहभागिता र सामाजिक क्रियाकलापमा सक्रियता देखाउने कार्यभूमिकाबाट पनि सदस्यहरू पर रहन सक्दैनन्। सदस्यले दायित्व पूरा नगरे नेतृत्वका केही व्यक्तिले मात्र लाभ पाउने, संस्था जोखिममा जाने सम्भावना बढ्छ। सहकारीमा देखिएका समस्या धेरै हदमा सदस्यको कमजोर भूमिकाका कारण पनि सिर्जना भएका हुन्॥
सदस्यहरू सधैं सबै प्रकारका दैनन्दिन गतिविधिमा भाग लिन नसक्ने भएकाले उनीहरूकै प्रतिनिधिका रूपमा सञ्चालकहरू नियुक्त गरिन्छन्। सञ्चालकहरू सदस्यबाट निर्वाचित भएकाले निर्वाचकप्रति जवाफदेह हुनुपर्छ। साधारणसभामा सदस्यहरूले दिएका विचार, सुझाव तथा भएका निणर्य कार्यान्वयन गर्ने दायित्व उनीहरूको हुन्छ। सहकारी सिद्धान्त, विधि, मूल्य, मानक, नीतिहरूको कार्यान्वयन गर्ने भूमिका पनि सञ्चालकमा रहन्छ।
व्यवस्थापनमाथि नियन्त्रण, सुपरिवेक्षण र निर्देशन गर्ने, सम्पत्ति संरक्षण गर्ने र सुधार कार्यमा अग्रसरता लिने कार्यभूमिका पनि सञ्चालकहरूकै हुन्छ। उनीहरू लामो समय नेतृत्वमा नरही अन्य सदस्यको क्षमता विकास गर्न, नेतृत्व हस्तान्तरण गर्नमा पनि उदार रहनुपर्छ। सहकारीको नेतृत्व एक वा दुई कार्यकालभन्दा बढी नरहनु राम्रो मानिन्छ। आफ्नो स्वार्थ जोडिएका विषयबाट सञ्चालक अलग रहनुपर्छ।
नेपालमा पनि सहकारीको इतिहास र योगदानसँग सबै परिचित छन । सहकारीलाई मुलुकको आर्थिक विकासको तेस्रो खम्बाको रूपमा सम्बोधन गरिएको छ । संविधान, आवधिक योजना र विकासका दस्ताबेज र अभ्यासमा सहकारीलाई नीतिगत रूपमा जोडिएको छ । हाम्रोजस्तो ग्रामीण र कृषि अर्थव्यवस्थामा आधारित मुलुकको राष्ट्रिय समृद्धिको लागि यो अत्यन्त सकारात्मक छ । सहकारीले उत्पादनका साधनहरूमा उपभोक्ता र श्रमिकहरूको पहुंच स्थापित गर्छ । आफ्नो व्यवसाय र उपभोगले सिर्जना गरेको लाभको हिस्सेदार सम्बन्धित व्यक्ति वा समुुदायलाई नै बनाउँछ ।
सहकारी व्यवस्थापन तथा सञ्चालनमा सुशासन कायम गर्नु चुनौती बन्दै गएको छ । अधिकांश सहकारीमा सञ्चालक समितिको चयन, कर्मचारीको नियुक्ति, आम्दानी खर्चको पारदर्शिता आदि समस्यामूलक छ भन्ने गुनासाहरूमा सत्यता देखिन्छ । सेयर सदस्यहरूको सदाशयता र विश्वासको गलत फाइदा उठाउँदै कतिपय केही धूर्त व्यक्तिहरूले सञ्चालकलगायतका समितिहरूमा परिवारका सदस्य वा नजिकका व्यक्तिहरू राखेर मनलागी गर्ने क्रम बढेको पाइन्छ । पदाधिकारी चयन, अडिटको प्रमाणीकरण आदी काइते एवं रकमी सिन्डिकेटका आधारमा अपारदर्शी साधारण सभाबाट कागजी प्रक्रिया पूरा गरी टाठाबाठाहरूको हैकम कायम राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । सहकारीमा खर्चका विवरणहरू वास्ताविकताभन्दा पनि बिल भर्पाइ दुरुस्त राखी व्यक्तिगत लाभ लिने दुराशयका कारण सहकारीको सिद्धान्त र मर्ममाथि नै प्रश्न खडा गरिदिएको छ । कमिसनमा कमाउने र चाकडीमा रमाउने प्रवृत्ति कतिपय सञ्चालकहरूको नियत रहेको छ । सहकारीका केही लोभीपापी सञ्चालकहरू जागिरे पनि भई आफ्नो सेवासुविधा बढाउने जस्ता निन्दनीय र हास्यास्पद निणर्य गरेका घटनाहरू सामान्य बन्दै गएका छन् । सहकारी सञ्चालनमा विधि र प्रक्रियासम्मत पारदर्शी कार्यशैलीभन्दा पनि सामन्ती सोच र स्वार्थबाट प्रदूषित हुँदै जानु भविष्यका लागि शुभसंकेत होइन । सहकारीमा देखिएका बेथिति नियमन गर्दै सुशासन कायम गर्न सम्बन्धित निकाय बेलैमा चनाखो नहुने हो भने बेथिति झन् मौलाउने निश्चित छ ।
स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरूद्वारा लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीबीच पारस्परिक सहयोग तथा समुदाय र वातावरणप्रति सहकारीका आधारभूत सिद्धान्त हुन् । सहकारीको जन्म गरिबी, असमानता, भेदभावकै विरुद्धमा भएको हो ।
राज्यले अंगीकार गरेको सार्वजनिक, निजी र सहकारी संस्थाको त्रिकोणात्मक सहकार्यबाट देशको समृद्धि हुने वास्ताविकता हो । नेपालको संविधानले संकल्प गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण र व्यवस्थित गर्न सफल र सबल सहकारीले अर्थपूणर् योगदान पुर्याउन सक्छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामार्फत उपलब्ध साधनस्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने संविधानको राज्यका निर्देशक सिद्धान्तभित्र पर्छ । आर्थिक समृद्धि र आत्मनिर्भर अर्थव्यवस्थाका लागि आवश्यक नीतिनियमको व्यवस्था र कार्यान्वयन गर्ने अभिभारा सरकारको भए तापनि अन्य सरोकार पक्षको सक्रिय सहभागिताको पनि उत्तिकै महत्व रहन्छ ।
सहकारीको परिभाषा र सिद्धान्तसमेतलाई अपव्याख्या गर्ने यस्ता विकृत गतिविधिलाई निरुत्साहित र व्यवस्थित गर्न नयाँ सहकारी ऐन-नियमको प्रभावकारी कार्यान्वयन अपरिहार्य भइसकेको छ । मौजुदा सहकारी ऐनमा केही सकारात्मक व्यवस्था भए पनि अझ धेरै सच्याउनुपर्ने विषयहरू छुटेको महसुस हुन्छ । सहकारीमा सर्वसाधारणको सहज र स्वस्फूर्त सहभागितालाई नियमनका नाममा संकुचित बनाउने प्रयास गरेको पाइन्छ । दण्ड र सजायभन्दा पनि प्रजातान्त्रिक प्रक्रिया र नैतिक बन्धनलाई समेत प्रोत्साहित गर्ने खालको नीतिबाट मात्र विकृतिहरूको दिगो नियमन हुन सक्छ । नेपालका कतिपय नियम कानुन राम्रा भए तापनि कार्यान्वयन फितलो हुनाले कागजमा नै सीमित भएका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेका सहकारी सिद्धान्त र मान्यतालाई समेत मध्यनजर राखेर सहकारी सञ्चालन हुनुपर्छ । अभियन्ताहरूसँगको घनिभूत छलफलबिना ल्याइने सहकारी ऐननियमहरू प्रभावकारी हुन सक्दैनन् । सहकारीका सबल र दुर्बल पक्षहरू केलाएर समसामयिक सुधार तथा अनियमित गर्नेलाई दण्ड र राम्रोलाई पुरस्कृत गर्नका लागि अनुगमन निरीक्षण गर्ने परिपाटी प्रभावकारी हुन सकेको छैन । सहकारीमा हुने आर्थिक अनियमिततालाई निरुत्साहित गर्दै पारदर्शी बनाउन आम्दानी र खर्चको अनिवार्य सामाजिक लेखापरीक्षण गर्र्ने प्रावधानले आर्थिक अनुशासन कायम गर्न कोसेढुंगा हुन सक्छ ।
देशभरि छरिएर बसेका सबैखाले खासगरी बैंक र वित्तीय ज्ञान नभएका जनसमुदायको आम्दानीलाई व्यवस्थित र उचित प्रवद्र्धनका लागि सहकारी वरदान साबित हुन सक्छ । सीमित आम्दानी भएका जनसमुदायबाट संकलित बजेटको उत्पादनमूलक क्षेत्रमा लगानी गरेर सामाजिक-आर्थिक विकास गर्न उदाहरणीय भूमिका व्यवस्थित रूपमा सञ्चालित सहकारीले मात्र गर्न सक्छन् । तसर्थ एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको सिद्धान्तलाई व्यवहारमा उतार्न काँधमा जिम्मेवारी, हृदयमा इमानदारी, मस्तिष्कमा समझदारी तथा भविष्यदर्शी योजना एवम् म र मेरोभन्दा पनि हामी र हाम्रो भन्ने विवेक र विचार भएको निःस्वार्थ नेतृत्व र सञ्चालकहरूबाट मात्र दिगो रूपमा सहकारी फस्टाउन सक्छ । संविधानले निर्दिष्ट गरेको आर्थिक समानता, समृद्धि, सुशासन तथा आत्मनिर्भताका लागि व्यवस्थित गर्न सहभागितामूलक सिद्धान्तमा आधारित सहकारीको भूमिका उदाहरणीय रहन्छ ।
समुदायमा छरिएर रहेको निष्क्रिय पुँजीलाई एकीकृत गरी उत्पादनमूलक कार्यमा परिचालन गर्नु सहकारीको धर्म हो । ग्रामीण तथा सहरी क्षेत्रमा सहकारीले व्यक्ति र सानातिना संघसंस्थाहरूलाई आफ्नो योग्यता, क्षमता र औकातअनुसार उन्नतिका लागि छरिएर बसेको पुँजी लगानी गर्न सहकारीले प्रोत्साहित गर्नुपर्छ ।
संगठन बहुसंस्कृतिको संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ । संगठनात्मक समस्याहरूको व्यवस्थापन समाधान गर्ने तत्व संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ । संंगठनात्मक संस्कृति र संरचना सधै स्थिर हँुदैन । यो समय र वातावरणअनुरूप परिवर्तन हुँदै जान्छ ।संस्कार तथा संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज, राष्ट्र सबैमा प्रभाव पारेको हुन्छ । व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ ।समाजमा राजनीतिक शासन प्रणाली, आर्थिक विकास नीति, सामाजिक रहनसहन,मुल्य मान्यता, प्रविधि विकास, नागरिकको चेतना र माग निरन्तर परिवर्तन भइरहेको छ ।
निष्कर्ष
सहकारी पुँजीवादको विकास र समाजवादको यात्रा दुवै हो । यसले पुँजी र व्यवसायको विकाससँगै समुदायको दिगो आर्थिक विकासमा योगदान र्पुयाउँछ । सहकारीले ग्रामीण तहमा सामाजिक पुँजी निर्माण गर्नुको साथै सामाजिक संस्थाको रूपमा विभिन्न रचनात्मक गतिविधि गरिरहेका छन। स्थानीय विकास, सामाजिक न्याय र सुरक्षामा समेत उनीहरूको प्रभावकारी भूमिका रहेको पाइन्छ । ।सहकारीका सम्भावनाहरूको सदुपयोग र जोखिम तथा विकृतिहरूको अन्त्यका लागि सरकार र अभियान मिलेर काम गर्नुुको विकल्प छैन । सहकारी शुद्धीकरणको आक्रामक अभियान अहिलेको आवश्यकता हो। अन्यथा, सहकारी नै कुनै दिन वित्तीय सङ्कटको कारण बन्नेछ।

