प्रा. शत्रुघन श्रेष्ठ
सन् २००० देखि बौद्धमा सञ्चालनमा रहेको हायात रिजेन्सी होटल (तारागाउँ होटल) काठमाडौंको बौद्धमा
परम्परागत नेवारी शैलीको बास्तुकलामा डिजाइन गरिएको लकजरी (Luxury) पाँच तारे होटल त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थलबाट मात्रै ४ कि.मी. टाढा रहेको यो होटल ३०० रोपनी क्षेत्रफलमा फैलिएर बसेको छ । २८० वटा कोठा रहेको होटलमा एउटा प्रेसिडेन्टल, एउटा एजुकेटिभ गरी ८ स्वीट्स, ४२ क्लव रुम (Club Room) ३८ वटा भ्यूरुम (View Room) र बाँकी १९२ वटा हायात स्ट्यान्डर्ड रुम (Standard Room) रहेका छन् । वि.सं. २०४२ देखि नेपालमा भित्रिएको हायात रिजेन्सी राजनितिक स्वार्थ र खिचातानीले खुम्चिएको उद्योगको रुपमा एउटा गतिलो उदाहरण हो भन्दा पनि फरक पर्दैन । तारा गाउँ विकास समितिले वि.सं. २०४२/४३ मा बनाएको गुरुयोजनामा पहिलो चरणमा बौद्ध स्थित ३०४ रोपनी जग्गामा जम्मा क्षेत्रफल २ लाख ५५ हजार १३० स्क्वायर (Square) फीटको ३०३ कोठा रहने गरी पाँचतारे प्यागोडा शैलीको होटल बनाउने र दोस्रो चरणमा नेपालको जोमसोम, मुस्ताङ, दामन जस्ता क्षेत्रको नेपाली संस्कृति झल्किने गरी स्याटेलाइट लज बनाउने भनिएको थियो । सोही गुरुयोजना अनुसार वि.सं. २०४८ मा टेन्डर आव्हान पहिलो चरणको मात्र गरेको र त्यसमा दोस्रो चरणको योजना समावेश गरिएको थिएन ।
टेन्डरमा होटल सञ्चालनका लागि अर्न्तराष्ट्रिय व्राण्डसँग सहकार्य भएको कम्पनी हुनुपर्ने एउटा शर्त थियो । त्यो बेला १२ वटा कम्पनीले सो जग्गामा होटल बनाउन टेन्डर हालेकोमा हायात रिजेन्सीले पाएको थियो । प्रतिस्पर्धामा रहेका (टेन्डरको) साँग्रिला इन्टरनेशनल, ताजगू्रप अफ होटल, रमडा इन्टरनेसनल, हायात इन्टरनेसनल लगायतका कम्पनीहरु सहभागी भएको थियो । टेन्डरपछि २०४८ पुष १० मा तारागाउँ विकास समिति र निजी लगानी साझेदार बीच सम्झौता भएको थियो । सम्झौतापछि वि.सं. २०५२ पुस १२ गते तारागाउँ रिजेन्सी होटलको तत्कालिन गृहमन्त्री शेरबहादुर देउवाले निर्माणको शिलान्यास गरेका थिए भने २०५७ असोजमा स्वर्गीय श्री ५ महाराजधिराज बीरेन्द्र वीर विक्रम शाहदेवले होटलको उद्घाटन गरेका थिए ।
होटल सञ्चालनमा आए लगत्तै देशमा माओवादी शसस्त्र द्वन्द्व (युद्ध) चरम उत्कर्षमा पुग्नुको साथै वि.सं. २०५८ जेठमा राजदरबार हत्याकाण्ड समेत भएर देशमा मंसिर देखि संकटकाल लाग्यो र त्यो बेला विभिन्न देशबाट आफ्ना विदेशी नागरिकहरुलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी (Travel Advisory) सर्कुलर जारी भए पश्चात् बिदेशीहरु नेपाल आउन छाडे । यसरी माओवादी २०५२ फागुन १ गतेबाट सशस्त्र जनयुद्ध शुरु गरेर देशलाई १० वर्ष विकासको बाटोमा अवरोध सिर्जना गरेर विभिन्न अर्थतन्त्रका मूल स्रोत पर्यटन क्षेत्र, विकास पूर्वाधार क्षेत्र, यातायातका क्षेत्र, इत्यादि सम्पूर्ण क्षेत्रहरुमा माओवादीले अवरोध पुर्याए । त्यतिमात्र नभै दुरसञ्चारका टावरहरुमा बम पडकाएर सञ्चार क्षेत्रलाई तहस नहस पुर्याए र कत्तीका गाउँघर शहरमा पढ्ने ती साना कलिला विद्यार्थीहरुलाई जबरजस्ती माओवादी जनयुद्ध सेनाको रुपमा परिचालन गरेर विद्यालयमा, उद्योगधन्दामा चन्दा (जबरजस्ती) उठाउने कार्य गरी चन्दा नदिए त्यस्ता उद्योगहरुमा बम पडकाउने आतँक सिर्जना गरेर देशलाई विकासको बाटोमा १० वर्ष पछाडी धकेलिदिए । ठाउँ ठाउँमा सेनाको ब्यारेकमा हमला गरे र कैँयौं सेना जवानको प्राण आहुति लिए र कत्तीका छोराछोरी, महिलाहरुको लास बेपत्ता पारेर सिउँदा पुछिदिए । आखिर अन्तमा राजदरबार हत्यकाण्ड पश्चात केहि वर्ष पछि प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको नेतृत्वमा १२ बुँदे दिल्ली सम्झौता (शान्ति सम्झौता) गरेर माओवादीलाई सशस्त्र युद्धबाट अलग गरेर जनयुद्ध अन्त्य गरि २०६२/०६३ को माओवादीको गणतन्त्र (देशमा) ल्याउने आन्दोलन गरे र त्यसमा सारा नेपाली जनता एकोहोरो भेडा जस्तो माओवादीको लहैलहैमा लागेर देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याए । गणतन्त्र, लोकतन्त्र ल्याएको १७, १८ वर्षमा देशमा लोकतन्त्र, गणतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गईरहेको हामीले महसुस गर्दै आइरहेका छौं, गणतन्त्रको नाममा बडा महाराजधिराज पृथ्वीनारायण शाहले जोडेको राज्यलाई संघीयताको नाममा टुक्राटुक्रा पारेर देशलाई ७ प्रदेशमा छुट्याए, यो आखिर संघीयता के का लागिm केवल राज्यलाई दोहन गरेर जनतालाई करको भार थुपार्न र नेताहरु सत्तामा गई भत्ता पचाउने र महँगा गाडी प्राडो, पजेरो चढ्नका लागि मात्र हो ? खै त गणतन्त्र लोकतन्त्र आएको १८ वर्ष नाघ्यो आखिर देश र जनताले के पायो ? विकासको नाममा ७ वटै प्रदेशमा न त राम्रा अस्पताल छन् (मेडिकल कलेज), न त विश्व विद्यालय नै छन् । देशमा लोकतन्त्र, गणतन्त्र आए पश्चात् देशमा बैदेशिक ऋण चरम रुपमा भित्रिएको छ र त्यसको सदुपयोग हुनुको सट्टा दुरुपयोग भई आज देश अर्थतन्त्रको विकासमा कँगाल हुन पुगेको छ । यसरी देशमा द्वन्द्वले गर्दा तारागाउँ रिजेन्सी होटल मात्र होइन नेपालमा रहेका अधिकांश होटल व्यवसायीहरु निरुत्साहित हुन पुगे । यसले पर्यटन क्षेत्रमा नराम्रो क्षति भयो भने अर्कोतिर विश्व महामारी कोरोना भाईरसले गर्दा करिब झण्डै २ वर्ष जति होटल व्यवसायिहरु हात बाँधेर बस्नु पर्यो, सरकारले ल्याएको Visit Nepal 2020 भ्रमण वर्ष पनि तुहिएर गयो ।
हाल तारागाउँ रिजेन्सी होटल लि. सञ्चालक समितिमा अध्यक्ष सुरेशलाल श्रेष्ठ, अरुणकुमार सर्राफ, सुरेश राज जोशी, श्रीमती कमलादेवी श्रेष्ठ, उमेश सराफ, राजेश लाल श्रेष्ठ, बरुण सर्राफ, जयादीन श्रेष्ठ, देवेश सराफ, श्रीबत्स शम्शेर राणा, मनोज प्रसाद राजभण्डारी रहेका छन् । कम्पनी सचिवमा सुश्री गीता दाहाल रहेकी छिन् । खुला प्रतिस्पर्धा मार्फत हायातको समितिका पदाधिकारीले काम नगरिदिंदा लगानी विस्तार खुम्चिएको अध्यक्ष सुरेशलाल श्रेष्ठको बुझाई छ ।
यस्तो छ तारा गाउँ रिजेन्सी होटलको सेयर संरचना :–
कं. मा तारागाउँ विकास समिति, विदेशी तथा स्वदेशी लगानीकर्ता सहित ४) हजार भन्दा बढी सर्वसाधारणको शेयर लगानी रहेको छ । कं. दर्ताका बेला तारागाउँ विकास समितिले तत्कालीन सरकारको निर्णय अनुसार १५० रोपानी जग्गाको मूल्य १५ करोड रुपैयाँ तथा सो जग्गामा रहेका पुराना घर र अन्य खर्च बापत २ करोड जम्मा गरी १७ करोड कम्पनीको सेयरमा लगान िगरेको थियो । सोही लगानी बापत समितिले पाउनु पर्ने जम्मा १७ लाख कित्तत्ता शेयर समितिको नाममा कं. ले जारी गरेको थियो । कम्पनीको कूल जारी पूँजी रु. ७४ करोड ४० लाख ८७ हजार ५०० मा समितिको १७ लाख सेयर २२.८५ प्रतिशत थियो ।
किन घट्न गयो तारागाउँ विकास समितिको सेयरको भाउ :–
तारागाउँ रिजेन्सी होटल लि. मा तारागाउँ विकास समितिको लगानी हुनाको मूल कारण समितिले हकप्रद सेयर खरिद नगरेको / ऋण पुनसंरचना गरी ऋणलाई साधारण सेयरमा रुपान्तरण र अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्दा भएको देखिन्छ । एशियाली विकास बैंकसँग भएको सम्झौता तथा प्रवन्धपत्र र नियमावली अनुसार ७४ करोड ४० लाख चुक्तापुँजी रहेको अवस्थाबाट २०६२ चैत्र १३ गतेको हकप्रद र २०६४ बैशाख १० को ऋण पत्र पूर्नसंरचना गरी ऋणलाई इक्विटीमा परिणत गर्दा सेयर पुँजी रु. १६७.४४ करोड अर्थात सुरु पूँजीको १२५ प्रतिशत बृद्धि भई पूँजी संरचनामा परिवर्तन भएको देखिन्छ । हकप्रद सेयर खरिद गर्न तारागाउँ रिजेन्सी होटलले तारागाउँ विकास समितिलाई पटक पटक अनुरोध गरेको तर समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्नु बाहेक अन्य कुनै अग्रसरता नलिएको देखिन्छ ।
१० वर्ष अघि गर्नु पर्ने स्तरोन्नती भर्खर थालनी :–
होटल सञ्चालनमा आएको २८ वर्षपछि होटलको स्तरोन्नती सुरु भएको छ । यो स्तरोन्नती १० वर्ष अघि नै गर्नु पर्ने हो तर सरकारी बिरोधका कारण ढिलाई हुँदा भर्खरै स्तरोन्नती काम शुरु भएको छ ।
गुरुयोजना अनुसारको काम गर्न अवरोध :–
कं. ले भाडामा लिएको १५४ रोपनी क्षेत्रफलमा बन्ने संरचनाका लागि अनिवार्य आवश्यक पर्छ । होटलका लागि आवश्यक पार्किङ्ग अनिवार्य सोलार प्लान्ट र प्रर्दशनी केन्द्र बनाउने योजनाका लागि समितिले अनुमति दिनुपर्ने हुन्छ तर पटक पटक छलफल गर्दा पनि समितिले होटललाई अनुमति दिएको छैन ।
राजनीतिक भागबण्डाले उब्जाएको समस्या :–
जतिबेलासम्म तारागाउँ विकास समिति सञ्चालकमा अँगुर बाबा जोशीको सहभागिता थियो । त्यो बेलासम्म कुनै समस्या थिएन, जब जोशी समितिबाट बाहिरिइन् र अन्य व्यक्ति आउन थाले त्यस पश्चात विवाद उत्पन्न शुरु भई पर्यटन मन्त्रालयको मातहतमा रहेको यो समितिमा सञ्चालक सदस्यको रुपमा जान राजनीतिक भागबण्डा गरिंदा होटल थला परेको थियो ।
एशियाली विकास बैंक (Asian Development Bank) सँग मे (May) १९९४ मा भएको सम्झौता तथा प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था अनुसार सेयर खरिदकर्ता तारागाउँ विकास समिति (क) वर्गको १७ करोड (२२.८५) प्रतिशत संयुक्त लगानी साझेदार (सर्राफ १८ करोड ४५ लाख) (२४.८० प्रतिशत) र श्रेष्ठ समूह रु. १२ करोड ३० लाख (१६.५२) प्रतिशत, सर्वसाधारण
(ग) वर्ग १२ करोड (१६.१३ प्रतिशत) एवम् बैंक तथा वित्तीय संस्था र अन्य (घ) वर्गको १४ करोड ६५ लाख ८७ हजार ५०० अर्थात (१९.७० प्रतिशत) थियो ।
जब हकप्रद जारी गरियो, त्यो बेला सेयर संरचना केहि तलमाथि भयो अर्थात् सरकारको तर्फबाट थप्नु पर्ने रकम नथपेका कारण अन्य लागनी कर्ताको सेयर बढ्दा तारागाउँ विकास समितिको सेयर यथावत् हुँदा प्रतिशतमा घट्दा २२.८५ प्रतिशतबाट घटेर १५.६२ प्रतिशतमा झरेको देखिन्छ । तारागाउँ विकास समितिको मात्र हैन, सर्राफ र श्रेष्ठ समूहको पनि घटेको एवम् सर्वसाधारण र बैंक तथा (घ) वर्गका लगानीकर्ताको सेयर बढेको देखिन्छ । सर्वसाधारणको १६.१३ बाट १७.६४ प्रतिशत र बैंक र अन्य (घ) वर्गमै १९.७० प्रतिशतबाट २१.५५ प्रतिशत पुगेको देखिन्छ । यस्तै ऋणको पूर्नतालिकीकरण पछि तारागाउँको १०.१५ प्रतिशत सर्राफ समूहको १७.६३ प्रतिशत, श्रेष्ठ समूहको ११.७५ प्रतिशत, सर्वसाधारण ११.४७ प्रतिशत र बैंक तथा विीय संस्थाको र अन्य (घ) वर्गको ४९ प्रतिशत पुगेको देखिन्छ । द्वन्द्वकालिन अवस्था संकटकाल घोषणा लगायत समस्याले होटल निरन्तर घाटामा गएपछि ऋणको पूर्न तालिकीकरण गर्नु परेको थियो । २०६४ बैशाख १० मा कानून अनुसार सरकारसँग स्वीकृती लिई जारी गरिएको अग्राधिकार सेयरलाई २०७१ असार ३० मा साधारण सेयरमा परिणत गरिदां बैंक तथा वित्तीय संस्थाको सेयर प्रतिशत घट्न गएको थियो । अग्राधिकार सेयर साधारण सेयरमा परिवर्तन गर्दा तारागाउँ विकास समितिको ९.०१% सर्राफ समूहको १५.६५ प्रतिशत, श्रेष्ठ समूहको १०.४३ प्रतिशत सर्वसाधारणको १०.१८ प्रतिशत, बैंक तथा बित्तीय संस्थाको र अन्य (घ) वर्गको ५४.७३ प्रतिशत पुगेको थियो ।

