सुनको मूल्य प्रतितोला तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मुल्य हालसम्मकै उच्च हो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य मूल्यले बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

