काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
पार्टी स्थापना दिवसका अवसरमा शनिबार माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेलगत्तै रास्वपा नेताहरू रजकको घरमै पुगेर तीन लाखको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तातयण गर्न रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्वर्गीय पत्रकार रजकको घर पुगेका थिए।
फोटो पत्रकार रजकको राजावादी प्रदर्शनका क्रममा रिपोर्टिङ्गकै क्रममा मृत्यु भएको थियो । उनको मृत्यु कसरी भयो भन्नेसम्बन्धमा विस्तृत अनुसन्धान समेत भएको छैन ।

