काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा नागरिकलाई औपचारिक रुपमा उजुरी दिन आह्वान गरेका छन्।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रीले आफैं उजुरी हाल्दै हिँड्न नसक्ने बताउँदै पीडित वा सरोकारवालाले लिखित उजुरी दिएपछि प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
गृहमन्त्री अर्यालले अघिल्ला दिनमा आदेशले शासन चल्ने गरेको तर अहिले देश कानूनले चल्ने बताए। “कसैले पनि कानूनमा हस्तक्षेप गर्न पाउने छैन,” उनले भने, “राज्य संयन्त्र प्रमाण र उजुरीका आधारमा निष्पक्ष ढंगले काम गर्छ।”
उनका अनुसार, कुनै पूर्वाग्रह नराखी कानूनी प्रक्रिया अनुसार फाइलहरू खोलिनेछन्। साथै उनले तोकिएको समयमा निर्वाचन सम्पन्न हुने दाबी पनि उनले गरेका छन्।

