काठमाण्डौं। मितेरी सहकारीको रकम हिनामिनाका फरार आरोपित ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ परेका छन् । इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरिएका भन्डारीलाई बुधबार राती नै नेपाल ल्याइएको छ।
उनलाई गएराति काठमाडौं ल्याइएको सिआइबीले जनाएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको समेत नाम मुछिएको मितेरी सहकारीको रकम हिनामिनासम्बन्धी उजुरीले पनि अब गति लिने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जाहेरी लिएर केही तथ्य खोजी गरेको थियो। तर सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरूङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ नपर्दा अनुसन्धानले गति लिन सकेको थिएन।
अब भने सहकारीको १४ करोड रकम अपचलनमा धनराजको भूमिका खुल्ने विश्वास प्रहरीको छ।
यो सहकारी ठगीमा कांग्रेसका उपसभापति धनराज गुरूङको नामसमेत मुछिएको छ। सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराजकी पूर्वश्रीमती ज्योति गुरूङ फरारको सुचिमा छिन्।

