सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ करमबोटस्थित सुनकोशी नदी किनारमा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार करिब ४० देखि ४५ वर्षकी (अन्दाजी) उमेरकी महिलाको शव घोप्टो परेको अवस्थामा नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो।
प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालिएको जनाएको छ। हाल मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।