काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। मूल्य सूचीअनुसार अधिकांश तरकारीमा स्थिरता देखिएको भए पनि केही मौसमी उत्पादनमा मूल्य वृद्धि भएको छ।
तरकारीको मूल्य
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, सानो (लोकल) रु ४०, सानो (टनेल) रु ५५ मा तोकिएको छ।
आलु रातो (स्थानीय) रु ५५, आलु रातो (भारतीय) रु ३९, आलु रातो (मुडे) रु ४८, र प्याज (भारतीय) रु ३६ रहेको छ।
गाजर (लोकल) रु ११०, बन्दा रु ६०, काउली रु ७०–८०, रातो मूला रु ५५, भन्टा रु ३५–४५, बोडी रु ७०–१६०, र मटरकोसा रु २२० मा कारोबार भइरहेको छ।
त्यस्तै, घिउसिमी (लोकल) रु १३०, (राजमा) रु २१०, करेला रु ६०, लौका रु ६०, परवर रु ८०, फर्सी रु ७०, भिन्डी रु १५०, सखरखण्ड रु ८०, र बरेला रु ११० कायम गरिएको छ।
साग र अन्य सामग्री
पालुङ्गो साग रु १३०, रायो साग रु १४०, तोरीको साग रु ८०, चमसुर रु १५०, र जिरी साग रु २२० मा बिक्री भइरहेको छ।
ब्रोकाउली रु १९०, रातो बन्दा रु १८०, सेलरी रु ३००, पार्सले रु ७००, पुदिना रु ६००, र गुन्द्रुक रु ३०० मा निर्धारण गरिएको छ।
च्याउ (कन्य) रु २००, (डल्ले) रु ३१०, राजा च्याउ रु ३००, र सिताके च्याउ रु १००० प्रतिकिलो कायम छ।
कुरिलो रु ४५०, निगुरो रु ८०, र तोफु रु १४० मा कारोबार भइरहेको छ।
फलफूलको मूल्य
फलफूलतर्फ, स्याउ (झोले) रु २३०, (फुजी) रु ३००, केरा (दर्जन) रु १४०, अनार रु ३५०, सुन्तला (भारतीय) रु १५०, र जुनार रु २६० तोकिएको छ।
नास्पाती (लोकल) रु ९०, (चाइनिज) रु २४०, मेवा (नेपाली) रु ५५, (भारतीय) रु १००, अम्बा रु १२०, लप्सी रु ६५, किबी रु ३००, सरिफा रु ११०, र आभोकाडो रु ३५० रहेको छ।
मसला र अन्य वस्तु
अदुवा रु १२०, हरियो खुर्सानी रु ५०–१५०, भेडे खुर्सानी रु १२०, हरियो धनियाँ रु १५०, लसुन (चाइनिज) रु २२०, र लसुन (नेपाली) रु १६० मा बिक्री भइरहेको समितिले जनाएको छ।
त्यस्तै, सुकेको माछा रु १०००, ताजा माछा (रहु) रु ३४०, र (छडी) रु २३० तोकिएको छ।

