काठमाडौँ — देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भन्ने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले आज दिउँसो पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ।
त्यस्तै, आज राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ।
महाशाखाका अनुसार आगामी केही दिनसम्म पनि देशभर ठूलो मौसमी परिवर्तनको सम्भावना छैन।

