काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको छ । आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको हो ।
पार्टीका नेताहरूले आयोगको कार्यालय पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।
१९ कात्तिकमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँचकुने तारा’ राखेर दल दर्ताको लागि निवेदन दिइएको थियो ।
पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल रहेका छन् ।

