काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
बिरामी परेपछि उनलाई आइतबार अस्पताल लगिएको थियो। पिसाबसम्बन्धी संक्रमण देखिएपछि उनकाे भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

