–विश्वनाथ खरेल
धर्म र संस्कृतिको बाहुल्यता रहेको नेपाल जस्तो देशमा थुप्रै पर्वहरू छन् भने कुरा सबैलाई विधिवतै छ । तीमध्ये बुद्धजयन्ती पनि एक हो । बौद्ध जगत्मा वैशाख पूर्णिमाको ठूलो महत्व छ किनभने बुद्धदेव झण्डैं २६०० वर्षअघि वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मनु भई ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन उहाँले देहत्याग गर्नुभयो । भावनामा बग्ने कल्पनाको ज्वारभाटालाई प्रतिभाको बेगले सजाउन खोज्ने, संसारको साह्रा दुःखको जरोलाई उन्मूलन गर्ने ठूलो संकल्प लिएर अघि बढे अहिंसाको कट्टर विरोध गर्ने महामानव गौतम बुद्ध नेपालको मात्र नभएर पूरै एसियाका तारा बनी नक्षत्रमा उदाउन सफल बनेका छन् ।
हाम्रो देशका अधिकांश मानिस बुद्धका अनुयायी बनेका छन् । त्यसैले हामी गौरवान्तित छौँ । बुद्ध धर्म सर्वोपरी छ । बुद्ध धर्मले कसैलाई धृणा गर्दैन । कतिले बुद्ध धर्म पलायनबादी धर्म भन्छन् । वास्तविकतालाई नियालेको खण्डमा बौद्धधर्म पलायनबादी धर्म नभई विस्तारवादी धर्म हो । छिमेकी भारतमा बुद्ध गया सारनाथमा बुद्धको अस्तित्व रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा पनि अहिले विकास कार्यहरू गरिँदै छन् । बुद्ध देवले सबै प्राणीको हितको लागि आफ्नो स्वार्थ त्यागेर अझ भनौँ भने सांसारिक मोहबाट सरक्क पन्सिएर उनले बोधी गयामा गएर तपस्या गर्न थाले । फलतः एकदिन एकध्यान एकसुर र एकमन भएर तपस्या गरिरहेका बेलामा उनलाई संसारको दुःखको औखती थाहा पाएको आभाष भयो, त्यो थियो मनमा शान्ति लिई रिसराग त्यागिदिनु । यदि हामीले सबै रिसराग अहिंसालाई त्यागेर मनमा शान्ति लिने हो भने हामीलाई अवश्य पनि सुख प्राप्ति हुनेछ । बुद्धका यस्ता गहकिला उपदेशहरू शताब्दीयौँ शताब्दीसम्म पनि ताजा नै रहने छन् । उनले दिएका त्यस्ता उपदेशहरू मानव कल्याणका लागि सधैँ नै उपयोगी सावित हुनेछन् ।
संसारमा दुःख हुनु स्वभाविकै भए जस्तै दुःखको कारण पनि हुनु स्वभाविक हो । दुःख निरोधको उपाय खोज्न शान्तिप्रेमी गौतम बुद्ध सधैँ लागि नै रहे । उनका विचारहरू समयकालको सिमामा सीमित हुँदैनन् । उनका विचारहरू सर्वव्यापी छन् । सन्तुलित र नैतिक व्यावहरिक र सैद्धान्तिक हरेक क्षेत्रमा बुद्धका योगदान रहेका छन् । यसको साथसाथै सह–अस्तित्व, असंलग्नता, शान्ति, धैर्य अहिंसालाई बुद्धले अगाडि बढाएका हुन । यिनै कुरालाई पालना गर्न सकियो भने पनि विश्वमा शान्ति कायम हुन सक्छ र संसारका हरेक जीवले सुखको सास फेर्न पाउँछन् । यसर्थ शान्तिका अग्रदूत भगवान गौतम बुद्ध भन्नु हुन्छ, ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ’ । यसै अनुरुप बुद्ध भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र मानिसलाई पुर्खाले राम्रो कामको लागि नै यस धर्तीमा पठाएका हुन । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । यिनले आफ्नो जीवनसित सम्बन्धित चार घाम – बद्धिनाथ, रामेश्वर द्वारका र जगन्नाथ बौद्ध पावनस्थलहरू लुम्बिनी, बोधगया, ऋषिपटन, कुशिनगर छन् । यसरी उपर्युतm चार स्थलहरूको पवित्रतामाथि जोड दिइनामा पनि त्यही नै आशय रहेको बुझिन्छ । यसैले यहीँ हामीले आफ्नो राष्ट्रलाई अक्षुण्ण बनाई राख्नु छ भने पावनस्थलहरूको मनसा, कर्मणा आदर गरिनु नितान्त जरुरी छ बुद्धको ज्ञानबाट प्राप्त पाठहरू आजसम्म पनि सान्दर्भीक नै रहेका छन् । जुन यस प्रकार रहेका छन् ।
* संसारमा दुःखले भरिएको छ ।
* दुःखनै कारण भएको छ ।
* दुःखलाई निर्वाहन गर्नुपर्छ ।
* दुःखलाई निर्वाहन गर्ने उपाय के हुन ?
अहिले आम नेपालीहरु शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेका छन् । आजको अवस्था हेर्ने हो भने नेपाल लगायत विश्वभरी नै कोरोनाको महामारीमा कारणले करोडौं धनजनको नोक्सानी साथै त्रसितको अवस्था एकातिर छ भने अर्कोतिर अहिले देशमा सरकार लगायत विभिन्न राजनीतिक पार्टीहरु कुर्सी जोगाउने खेल खेल्न तछाडमछाडमा लागि परेका छन् । यसले गर्दा देश र जनताले भने दुःख र कष्ट भोग्न वाध्य भएका छन् । यस्ता किसिमका शान्तिकामी महामानवका देशमा यस्ता किसिमका विसंगतिहरुले जरो गाड्ने आभासको संकेत आउँन थालेको देखिन्छ । जुन भूमिबाट गौतम बुद्धले विश्व शान्तिको लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यहि भूमि राजनैतिक तालमेल र समझदारीको अभावमा अशान्त हुनु, दुःख र ग्लानीको कुरा हो । यस्तो स्थिति यथावत रहेसम्म हामी मुलुकमा शान्ति स्थापना गर्न असमर्थ हुनेछौं । तसर्थ आजको आवश्यकता भनेको गौतम बुद्धलाई उनको जन्मदिनमा स्मरण गर्नु मात्र होइन, उनको बिचार र आदर्शलाई व्यबहारमा उर्तानु पनि हो । तसर्थ सत्य नै ईश्वर प्राप्तीको प्रथम खुडकिलो हो । भगवान् गौतम बुद्धले धर्म र सत्य स्थापनाका लागि नै जन्म वा अवतार लिने उद्धोष गर्नुभएको छ । तसर्थ सत्य र अहिंसा नै धर्मको पहिलो र प्रमुख लक्षण हो । आज हामी हिंसाको भूमरीमा नराम्ररी भासिइसकेका छौ । यो हिंसाले कसैलाई पनि फाइदा भएको छैन, यसमा आफनै देशवासी र आफनै राष्ट्रको जनधनको नराम्ररी क्षती पुगेको छ । हिंसा र प्रतिहिंसाको दोहोरी खेलिरहने हो भने एउटा नेपाली अर्को नेपालीको नजर रक्तपिपाशु भइरहने हो भने, हामी कुनै पनि नेपाली सुरक्षित हुनेछैनौं । त्यसकारणले गर्दा आजदेखि नै हामीले महामानव गौतम बुद्धका सन्देशहरुलाई पालना गर्नुपर्दछ र उनले दिएका सन्देश र ज्ञानलाई सिरोधार्य गरेको खण्डमा नेपालमा मात्र होइन विश्वमा नै शान्तिको विगुल फुकी शान्ति कायम गर्न सकिन्छ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैनन् ।
अन्त्यमा भन्नुपर्दा जगत्को कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र संभव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकदिन आनन्दको अनुभव गरे तापनि अन्ततः त्यसको फल कष्टपद नै हुन्छ । यसरी सत्य भगवान हो यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । मूलतः ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ । अतः अहिंसा र संयको अर्थ नै धर्म हो ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु । यसैगरी आजको कहालीलाग्दो विश्वमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको सन्देशले केही हदसम्म साम्य पार्ने कोसिस गरेको देखिन्छ । यिनले दिएको ज्ञानलाई, शिरोधार्य गर्ने हो भने विश्वमा नै शान्तिको बिगुल फुकी शान्ति कायम गर्न सकिन्छ । विधाताले नेपाली मानवका लागि गौतम बुद्ध र प्रकृतिले सगरमाथालाई दिएर हाम्रो राष्ट्रलाई ठूलो उपकार गरेका छन् । त्यसैले हामी बुद्धदेवलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गछौं । यिनका विचारहरूलाई फैलाउने हो भने हामी हाम्रो धर्तीलाई स्वर्गतुल्य बनाउन सक्थ्यौँ भन्ने कुरामा कसैको पनि दुईमत नहोला ।


1 Comment
Pingback: एसियाका महान तारा गौतम बुद्ध | Bishow Nath Kharel