–प्रा. शत्रुघन श्रेष्ठ
वि.सं. २०४८ मा स्वायत्त गैर नाफामूलक आत्मनिर्भर सार्वजनिक विश्व विद्यालयको रुपमा स्थापित काठमाडौं विश्वविद्यालयले ४१ देशका २८० विदेशी उच्च शिक्षा र अनुसन्धान संस्थासँग सहकार्य मार्फत शिक्षाको अन्तराष्ट्रियकरणको नेतृत्व लिंदै आइरहेको छ ।
विश्वविद्यालयले राष्ट्रिय विकास, अर्न्तराष्ट्रिय वैज्ञानिक प्रगति र शैक्षिक गुणस्तरको एक महत्वपूर्ण घटकको रुपमा अनुसन्धानलाई जोड दिएको छ । विश्वविद्यालयको क्रेडिट एक्यूमुलेसन फ्रेमवर्क र रिकनिक्सन प्रायर लर्निङ अवधारणा अर्न्तगत पेशेबरहरुलाई उनीहरुको नियमित तालिकामा सम्झौता नगरी शैक्षिक डिग्री प्राप्त गर्न सघाउँछ ।
साथै, विश्व विद्यालयले विदेशी उच्च शैक्षिक संस्थाहरुको सहकार्यमा अर्न्तराष्ट्रिय संयुक्त डिग्रीका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जुन यस पकारको छ :–
क) वेर्ष्टन सिड्नी युनिभर्सिटी अष्ट्रेलियासँग संयुक्त (पि.एच.डी) डिग्री
ख) इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी हैदरावादसँग संयुक्त (पि.एच.डी) डिग्री
ग) इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी technology
घ) क्राउन इन्स्टिच्युट अफ हाइयर (higher) एजुकेशन सिड्नी ।
अष्टे्रलियासँग सुचना प्रविधिमा दोहोरो डिग्री स्नातक कार्यक्रम मद्राससँग संयुक्त मास्टर डिग्री, श्री तिशेश्वर योग अनुसन्धन संस्थान तिरुपती सँग योग विज्ञानमा संयुक्त स्नातक डिग्री, गुणस्तर शिक्षाको वातावरण स्वदेशमा नै उपलब्ध गराई, विदेशी विद्यार्थीहरुलाई नेपाल भित्र्याउन उल्लेख्यनिय रुपमा यस विश्वविद्यालयले हालसम्म समर स्कुल सेमेष्टर एक्सचेन्ज लगायतका छोटो समयको अध्ययनका लागि हजारौं विदेशी विद्यार्थीहरुलाई अवसर दिईसकेको छ भने पूरा समय चाहिं पढेर विविध विधाका पि.एच.डी। पिजिडी तहका एमफील, स्नातकोत्तर तथा स्नातक तहको प्रमाणपत्र लिएर स्वदेश फर्किनेहरु ५७ देशका ५ हजार ५ सय ४२ जना छन् । यी मध्ये मूख्य १० वटा देशहरु यस प्रकार छन् :–
डिसेम्बर १०, २०२४ मा दिक्षित हुनु भएका विभिन्न देशका विद्यार्थीहरु
देश विद्यार्थीहरु
भारत ४६९६ जना
श्रीलंका ३९१ जना
माल्दिभ्स ६९ जना
अमेरिका ८२ जना
क्यानाडा २९ जना
बंगलादेश २१ जना
बेलायत २० जना
जाम्बिया १८ जना
भुटान १७ जना
यस अघि नगन्य संख्यामा देखिने उत्तरी छिमेकका नागरिकको संख्या अहिले आएर ह्वात्तै बढेका कारण भविष्यमा यस विश्वविद्यालय विदेशी विद्यार्थीका हब नै बन्न सक्ने संकेत गरेको छ । यस अघि जम्मा ८ जनाको संख्यमा रहेका दिक्षित हुने चीनीयाँहरु कोरोना पछि एकाएक बढेर १४ जना मात्र पुगेका छैन । यस शैक्षिक सत्रमा मात्र दुई दर्जन बढी चिनीया नागरिकले काठमाडौं विश्वविद्यालय छानेका छन् । अष्टे्रलिया, अमेरिका, बेलायतका विद्यार्थीको आकर्षक बढिरहेको अवस्थामा एकाएक ३ जना फ्रान्सेली विद्यार्थी यस दिक्षान्तमा सहभागि हुने अवस्था यस विश्वविद्यालय र नेपालकै शैक्षिक क्षेत्रका लागि सुखद समाचार मान्न सकिन्छ।
काठमाडौं विश्वविद्यालयमा छात्रवृत्ती दुई चरणमा प्रदान गरिन्छ :–
१. प्रवेशका बेला : विश्वविद्यालय जीवनको सुरुआतमा सहजताका लागि
२. प्रवेश पछि : विद्यार्थीहरुको शैक्षिक यात्रामा उत्कृष्टता तथा आवश्यकताका आधारमा निरन्तर समर्थनका लागि विश्वव्यापी समावेशिता बढाउँदै आफूलाई अर्न्तराष्ट्रिय स्तरको बनाउनका लागि काठमाडौं विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि स्कुल अफ मेडिकल साइन्सेस बाहेकका अन्य स्कूलमा एकएक वटाका दरले ६ वटा छात्रवृत्ति दिंदै आएको छ । यसले विश्वविद्यालयको अर्न्तराष्ट्रिय प्रतिष्ठा बढाउँदै तथा साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्दै आएको छ । साथै विश्वविद्यालयले आफ्ना राष्ट्रिय तथा अर्न्तराष्ट्रिय साझेदारहरुसँग मिलेर विभिन्न छात्रवृत्ति र शुल्क मीनाहा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यसबाट उच्च शिक्षामा पहुँच र गतिशिलता विस्तार भएको छ । विश्वविद्यालयले आफ्ना समय तथा कार्यक्रमहरु रहेको स्थानीय तहलाई छुट्याइएका छात्रवृत्ति मार्फत स्थानीय समूह प्रतिको प्रतिवद्धता स्पष्ट भएको छ ।
गतवर्ष काठमाडौं विश्वविद्यालयले (K.U) ले आफ्ना कार्यक्रम अन्तर्गत रु. १४ करोड बराबरको छात्रवृत्ती प्रदान गरेको थियो । जसमा यसवर्ष २ करोड रुपैयाँ थप बृद्धि भएको छ । यसबाट शैक्षिक समानताप्रति विश्वविद्यालयको बढ्दो प्राथमिकतालाई स्पष्ट पार्छ । विश्वविद्यालयसँग सम्बन्धित कलेजहरुले समेत हरेक वर्ष ठूलो मात्रामा छात्रवृत्ती प्रदान गर्छन् । चिकित्सा क्षेत्र, विज्ञान संकाय अन्त्र्गत सञ्चालित सम्बन्धन प्राप्त कलेजहरुले मात्रै वार्षिक रुपमा जम्मा ६० करोड रुपैया बराबरको दुई सय भन्दा बढी छात्रवृत्ती प्रदान गर्छन् । यसका अतिरिक्ति विश्वविद्यालयले छात्रवृत्ती र अनुसन्धान गतिविधिहरुलाई समर्थन गर्न दाताहरुको सहयोगमा ६३ करोड रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना गरेको छ । छात्रवृत्ती कोष र अक्षय कोष विश्वविद्यालयका आन्तरिक आम्दानी, विश्वविद्यालय अनुदान आयोगका अनुदानहरु, सरकारी संस्थानहरुको योगदान, अर्न्तराष्ट्रिय दाताहरु, व्यक्तिगत सहयोगी दाताहरु र परियोजनाका लागि विधिवट रुपमा प्राप्त वित्तीय श्रोतहरुबाट संकलन गरिन्छ । काठमाडौं विश्वविद्यालयले आफ्ना विविध छात्रवृत्ती र अक्षण्कोष कार्यक्रमहरु मार्फत शिक्षा र अनुसन्धानमा समान पहुँच सुनिश्चित गर्न उल्लेखनीय काम गरिरहेको छ । अक्षयकोषहरु काठमाडौं विश्वविद्यालयको आन्तरिक स्रोत, नेपाल सरकार, अन्तराष्ट्रिय दाता व्यक्तिगत योगदान र परियोजना विशेष स्रोतहरु मार्फत संकलन गरिएका छन् । काठमाडौं विश्वविद्यालयका यी पहलहरुले शैक्षिक अवसरहरु सृजना गर्नुका साथै देशको सामाजिक, आर्थिक विकासमा योगदान गर्दै विद्यार्थीहरुलाई व्यक्तिगत र व्यवसायिक सफलताका लागि सहयोगी भएका छन् । स्नातकलाई ब्यचलर लेभललाई
(Bachelor level) लाई रोजगारीसँग जोड्दै (Employment) ) एकेडेमीया इन्डष्ट्रीको अपरेशन” कार्यक्रम मार्फत काठमाडौं विश्वविद्यालयले शिक्षा क्षेत्र र उद्योग बीच साझोदारी निर्माण गरिरहेको छ ।
“Brain drain बे्रनडे्रन रोक्नका लागि विश्वविद्यालयले रोजगारी प्रबद्र्धन कार्यक्रम शुरु गरेको छ । यस कार्यक्रमले प्रत्येक वर्ष विश्वविद्यालयमा उत्कृष्ट स्नातकहरुलाई रोजगारीको अवसर प्रदान गर्दै उनीहरुलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि आवश्यक सिप प्रदान गर्दछ । हालसम्म यस कार्यक्रम मार्फत ४८ जना स्नातकहरुले रोजगारी प्राप्त गरिसकेका छन् । यसरी विश्वविद्यालयलाई आफ्ना स्नातक, समाज र राष्ट्र प्रतिको उत्तरदायित्व निर्वाह गर्दै आईरहेको छ । विश्वविद्यालयले “क्याम्पस देखाई समुदायसम्म” अभियान मार्फत समुदायसम्म विश्वविद्यालयको पहुँच विस्तार गर्ने प्रयास गराइएको छ । अभियान अन्तर्गत विभिन्न विषयका स्नातकहरुलाई गाभेर जिल्लाको विभिन्न नगरपालिका र ग्रामीण नगरपालिकाहरुमा खटाइएको
छ । हाइअर एजुकेशन ब्रिज इनिसिएटिभ अन्तर्गत इन्जिनिरिङ्ग र विज्ञान संकायका १३ स्नातकहरुले शिक्षा सुचारु र स्रोतहरुको अधिकतम उपयोगका लागि रोजगारी पाएका छन् । यस पहलले स्नातकहरुलाई व्यावसायिक अनुभवको साथै समूदाय विकासमा योगदान दिने अहितीय अवसर प्रदान गरेको छ । सिप र ज्ञानलाई वास्तविक परिस्थितिमा प्रयोग गर्दै ती स्नातकहरुले आफूलाई हुर्काएको कलेज समाजलाई प्रत्यक्ष रुपमा सहयोगी पुर्याईरहेका छन् ।
Previous Articleबबिना भट्टराईको स्वर, सरला श्रेष्ठको शब्दमा ‘भेट्नु र छुटिनु’ सार्वजनिक (भिडियो सहित)
Next Article हामी र हाम्रो समाजको १८ औं कृति सार्वजनिक

