– प्रा.डा. शत्रुघन श्रेष्ठ
बि.सं. १९९४ साल कार्तिक ३० गते लक्ष्मीपुजाको दिन उद्घाटन गरिएको नेपालको पहिलो ऐतिहासिक बैंक नेपाल बैंक हो । नेपाल बैंक तत्कालिन राजा त्रिभुवनले उद्घाटन गरेको बैंकको सेवा आरम्भ समारोहलाई प्रधानमन्त्री जुद्धशमशेरले सम्बोधन गर्दै यसले मुलुकको आर्थिक बृद्धिमा सघाउने र सबै तहका जनतालाई बित्तीय सेवा दिने बताएका थिए ।
नेपाल बैंकको उद्घाटन पश्चातको केहि वर्षपछि आम जनतालाई ६० प्रतिशत शेयर दिएको थियो । तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले रु. १० लाख बराबरको शेयर बैंकमा हाल्ने घोषणा गरेका थिए ।
जहाँनियाँ राणा शासनमा नेपाल बैंकको स्थापना प्रजापरिषदको स्थापनाको एकवर्षपछि भएको थियो । बि.सं. १९९३ सालमा टँक प्रसाद आचार्य, गंगालाल श्रेष्ठ लगायतले नेपालको पहिलो राजनीतिक दलको रुपमा प्रजापरिषदको स्थापना गरेका थिए । त्यसको चार वर्षपछि प्रजापरिषदका हर्ताकर्ताहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्म भक्त माथेमालाई झुण्डयाएर गोली हानेर मृत्यु दण्ड दियो भने ब्राम्हण (बाहुन) भएकोले आचार्यलाई चारपाटा मुडेर देश निकाला गरियो । प्रजातन्त्रको पक्षमा पर्चा छरेको तथा विभिन्न गतिविधिमा संलग्न भएको भनेर राणा सरकारले करिब दुई सय जनालाई पक्राउ गरेको थियो ।
यो ऐतिहासिक पक्षको प्रस्तुतीको अभिप्राय त्यस बेलाको स्वतन्त्रता रहित समाजको दृश्य प्रस्तुत गर्नु हो । राजनीतिक र नागरिक स्वतन्त्रता नै निस्सासिएको बेला पब्लिकमा शेयर जारी गर्ने कुरा बिल्कुल नौलो थियो । यद्यपि पैसा भएकाहरु राणा परिवारका केहि ठूला व्यापारीहरु नै बढी थिए । त्यसबेला नेपाल बैंकको रु. २५ लाखको शेयर जारी गरेकोमा बैंकले (नेपाल बैंकको रु. ८ लाख ४२ हजार मात्र उठेको थियो ।
हुन त त्यतिखेर भर्खर भर्खर प्रजातन्त्रको हावा चल्न थालेको सो समयमा केहि शिक्षित तथा प्रजातन्त्र पक्षधरहरुले राणा शासकहरुलाई विश्वास नगरेर बैंकमा लगानी नगरेका हुन्, यद्यपि, पैसावाल स्वतन्त्र नागरिकको संख्या भने ज्यादै नगण्य थियो । बैंक तथा वित्तीय संस्थाको अभावमा मूलुकको आर्थिक विकासका साथै निजी क्षेत्रको ब्यापार व्यवसाय पनि प्रभावित भइरहेका बेलामा स्थापना भएको बैंकले तत्कालिन समयमा सरकार र व्यवसायि दुवैलाई निक्षेप तथा लगानीको विकल्प दियो भने अर्थतन्त्रलाई चलायमान बनाउन पनि केहि मात्रामा मद्दत पुग्न गयो ।
नेपाल बैंकका लागि जारी गरिएको ऐनमा पनि त्यहि कुरा भनिएको छ । आम जनतालाई बित्तीय सेवा दिई कुण्ठित भएको व्यापार व्यवसायको जगेर्ना गर्न र देशलाई आर्थिक समृद्धिको मार्गमा लैजाने उद्देश्यले बैंकको स्थापना गरिएको थियो ।
१७ लाख निक्षेप, २० लाख ऋण नेपाल बैंकमाः–
नेपाल बैंक स्थपनाको पहिलो वर्षमा यस सँग रु. १७ लाख २ हजार २५ रुपैयाँ निक्षेप थियो । जसमा रु. १२ लाख ९८ हजार ८ सय ९८ रुपैयाँ चालु खातामा थियो भने रु. ३ लाख ८८ हजार ९ सय ६४ हजार १ सय ६३ बचत खातामा थियो । बैंकले १९ लाख ८५ हजार रुपैयाँ ऋण प्रवाह गरेको थियो ।
आम मानिसमा बैंक तथा बित्तीय संस्थाबाट जानकारी नहुनु र त्यस्ता संस्थाले पनि आफ्नो रकम सुरक्षित राखि दिन्छन भन्ने थाहा र विश्वास नहुनुले पनि बैंकमा लगानी र निक्षेप दुवै कमि भएको थियो । अर्को तर्फ बैंक काठमाडौं केन्द्रित भएकोले पनि निक्षेप र ऋण प्रवाह सानो देखिएको हो ।
त्यसबेला पनि बिराटनगर, बिरगञ्ज, जनकपुर लगायत स्थानमा आर्थिक गतिविधिले गति लिइसकेका थिए । सिमावर्ति अधिकांश स्थानमा भारतीय सामग्री, भारतीय ग्राहक र भारतीय पैसा (IC) भा. रु. पैसा चल्थे । ती क्षेत्रमा नेपाली पैसा चलाउनका लागि सरकार र नेपाल राष्ट्र बैंक (२०१३ बैशाख १४ गते स्थापना) को अभियानमा बि.सं. २०२० को दशकसम्मै सञ्चालन गर्नु परेको थियो र ने.रा.बैंकको प्रथम गर्भनर स्व. हिमालय शमशेर जंगबहादुर राणाको भनाई थियो ।
अर्कोतर्फ त्यतिखेर बैंकका नेपाल बैंकका प्रथम महाप्रबन्धक First General Manager नेपाली भाषी भारतीय बैंकर ठाकुर सिंह कठैत थिए । जसले तत्कालिन प्रधानमन्त्री जुद्धशमशेरलाई चेक (Cheque) दिएर कारोबार शुरु गरेको थियो । नेपाल बैंकका निवर्तमान अध्यक्ष बासुदेव अधिकारीले दिएको जानकारी अनुसार बैंकले नगदी तहसिलबाट रु. १ सय ४० मा कम्पनी नोट खरिद गरेर बिक्री प्रारम्भ गरेको हो । त्यतिबेलाको समयदेखि नै बैंकमा सुन, चाँदी धितो
(बन्धकी) लिन शुरु हुँदै आएको थियो ।
नेपाल बैंक, बैकिङ्ग क्षेत्रको नियामक निकाय पनि, बैंक पनिः–
नेपालमा बैकिङ्ग क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको स्थापना बि.सं. २०१३ साल बैशाख १४ गते भएको थियो । त्यसभन्दा अगाडी १९ वर्ष सम्म बित्तीय क्षेत्रको सञ्चालन र नियमन नेपाल बैंककै कार्यक्षेत्र भित्र थियो । कुनैपनि मूलुकको केन्द्रिय बैंकको बिशेषताहरु भनेको बैंकहरुको बैंक, सरकारको बैंक, मुद्रा प्रवाहमा एकाधिकार, मौद्रिक निती निर्माण र कार्यान्वयन विदेशी मुद्रा विनियमय र वाणिज्य बैंकहरुको नियामक निकाय रहेको थियो ।
पृथ्वीनारायण शाहले स्थापना गरेको कौशि तोषाखाना र टक्सार विभाग तथा राणा प्रधानमन्त्री रणोदिप सिंहले स्थापना गरेको तेजारथ अड्डाले नेपालमा बित्तीय गतिविधि हेर्दै आएका थिए । नेपाल बैंक त्यसैको निरन्तरता वा आधुनिक रुप थियो । यसलाई कानूनी संरचना बनाएरै स्थापना गरिएको थियो भने तेजारथ अड्डाले सरकारी कर्मचारीहरुलाई ऋण सेवा सुविधा प्रवाह
गर्दथ्यो ।
नेपाल बैंक भने आधुनिक, व्यवस्थित र औपचारिक वित्तीय संस्था थियो । “नेपाल बैंक स्थापना भएपछि मियाँ जहरुद्दिन र भाजुरत्नले बैंकसँग व्यापारका लागि कर्जा माग गरेका थिए । जहरुद्दिनले चुरा व्यापारका लागि रु. ३ हजार र भाजु रत्नले घ्यू व्यापारका लागि १ हजार ५०० रुपैयाँ ऋण मागेका थिए ।”
स्थापनासँगै नेपाल बैंकले नेपाली मुद्राको प्रचलन बढाउने, कम्पनी तथा भोटका पैसा सटही गर्ने कार्यलाई तीब्रता दियो । औद्योगिक कर्जा भने बिराटनगर जुट मिललाई दिइएको थियो । सो बिराटनगर जुट मिल्सलाई १ वर्षका (एक वर्षका लागि ५% (पाँच प्रतिशत) ब्याजमा बीमा व्यवस्था गरी एक तिहाई मार्जिन लिएर १ लाख (एक लाख रुपैयाँ कर्जा दिइएको थियो ।
क्यासिएर नियुक्तिको सर्त
बैंकको नगद तथा जनताका सुनचाँदी रहने भएकोले बैंकले क्यासिएर नियुक्तिको सर्त राखी
(Cashier) क्यासिएरले मो रु. ३० हजार धरौटी राख्न पर्ने व्यवस्था गरेबाट निक्षेपको संरक्षण गरी बैंकलाई साँच्चै ट्रष्टी (Trusty) को रुपमा सञ्चालन गर्न खोजेको जस्तो देखिन्छ ।
हालको नेपाल बैंकको अवस्था :–
जम्मा रु. १ करोडको अधिकृत पूँजीमा सञ्चालनमा आएको नेपाल बैंकको हालको चुक्ता पूँजी रु. आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्ममा रु. चुक्ता पुँजी रु. १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२८ कायम रहेको छ । सञ्चीत मुनाफा तर्फ आ.ब. २०७९/८० को अन्त्यमा रु. ३ लाख ९० हजार कायम रहेको वितरण योग्य सञ्चीत मुनाफा यस वर्ष २०८०/८१ मा विभिन्न नियामकीय समायोजन गरिएसँगै रु. ९६ करोड ५१ लाख रुपैयाँ ऋणात्मक (–) रहेको छ । जगेडा तथा कोषहरु तर्फ हेर्ने हो भने गत आ.ब. को तुलनामा समीक्षा वर्षमा जगेडा तथा कोषहरु ०.३६ प्रतिशतले वृद्धि भई रु. २,१९,०६७.४३ लाखले वृद्धि भएको छ । निक्षेप तर्फ रु. १५.३७ प्रतिशतले वृद्धि भई २ खर्ब ८३ अर्ब ५६ करोड ३ लाख रुपैयाँ पुगेको छ । लगानी तर्फ आ.ब. २०८०/८१ को अन्त्यमा बैंकको लगानी रु. ४८ अर्व ४६ करोड ७१ लाख कायम हुन गएको छ ।
खुदब्याज आम्दानी तर्फ आ.ब. २०८०/८१ मा बैंकको खुद ब्याज आम्दानी मा ८.२१ प्रतिशतले कमि भएको छ । कुल सञ्चालन आम्दानी तर्फ हेर्ने हो भने बैंकले आ.ब. २०७९/८० मा रु. ६८ करोड ३५ लाख, २०८०/८१ मा कर्जा नोक्सानीले गर्दा कमि भएको छ ।
खुद मुनाफा : आ.ब. २०७९/८० मा रु. ३ अर्ब ४३ करोड ७५ लाख आयमा पछि खुद मुनाफा गरेकोमा ०८०/८१ मा रु. २ करोड ८४ लाख खुद मुनाफा भएकोछ ।
प्रति शेयर आम्दानी (EPS)
०७९/८० मा रु. २३ रु. ३९ पैसा रहेकोमा ०८०/८१ मा जम्मा भ्एक् ०.१९ पैसामा झरेको छ । यो भनेको सार्है लाजमर्दो भ्एक् हो ।
निष्कृय कर्जा (NPL)
०८०/८१ मा ४.९९ प्रतिशत कायम रहेको छ । ल्एी गत वर्ष भन्दा दोब्बरले बढेको छ । गत वर्ष ०७९/८० मा २.८५ प्रतिशत रहेको थियो । ल्एी बढेकोले सबै खर्च कटौती गर्दा ०८०/८१ मा जम्मा जम्मी खुद नाफा रु. ४६ करोड १० लाख रु. आर्जन गरेको छ । यो भनेको नेपालको पहिलो ऐतिहासिक बैंकको लाजमर्दो खुद नाफा हो ।
कर्जा सापट : आ.ब. ०८०/८१ मा ९.५८% प्रतिशतले वृद्धि भई रु. २ खर्ब १ अर्ब ६८ करोड १२ लाख रु. पुगेको छ ।
स्थापना कालको समयको अन्त्य २०४४, ४५ साल सम्म बैंकले निकै राम्रो आर्थिक प्रगति गर्दै आईरहेको थियो । जब ०४६ सालमा प्रजातन्त्रको पुर्नबहाली पछिको दशकमा बैंकको अवस्था निरन्तर ओरालो लागेको मृगको दयनिय र नाजुक अवस्थामा निरन्तर गईरहेको खराब ऋणको
(NPL) को नन्परफरमिङ लोन भार बढ्दै गएर बैंक नै धाराशायी हुने स्थितिमा पुगेपछि वि.सं. २०५८ साल चैतमा ने.रा. बेंकले हस्तक्षेप गरी व्यवस्थापन नियन्त्रणमा लिएको थियो र (World Bank) विश्व बैंक र (DFID) डिएफ आईडीको वित्तीय क्षेत्र प्राविधिक सहायता कार्यक्रमलाई नेपाल बैंकको पुनसंरचनाको जिम्मा दिइएको थियो ।
ऋणात्मक पूँजीकोष र ठूलो सञ्चित नोक्सानी भएको बैंकलाई सो कार्यक्रमले बैंकलाई प्राविधिक तथा बित्तीय रुपमा स्वस्थ र प्रतिस्पर्धी बनाउनमा ठूलो योगदान गरेको थियो । नयाँ व्यवस्थापनले बैंक सञ्चालन र ब्यवस्थापनमा अर्न्तराष्ट्रिय असल अभ्यास अपनाउँदै घाटामा सञ्चालित शाखा बन्द गर्ने वा गाभ्ने (मर्ज) रणनीति लिएर बैंकलाई पूर्नजीवित गरेको थियो ।
मुलुककै ७१ वटा भन्दा बढी जिल्लामा २२९ शाखा कार्यालय ६० वटाExtension एक्टेन्शन काउन्टर २०५ ATM मेशिनहरु गरी बैंकले आजका दिनसम्म करीब २५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आईरहेको छ । निजी बैंकको तुलनामा यो बैंक निकै पछाडी पर्दै आईरहेको छ । बि.सं. २०४१ असार २९ गते स्थापना भएको नेपाल अरब बैंकको नामले चिरपरिचीत नबिल बैंक आज नेपाल बैंक भन्दा ४८ वर्ष कान्छो बैंकको रुपमा आएको बैंकले ०४४ साल मा रु. ६० रु. प्रति कित्ताका दरले १०० कित्ता अर्थात रु. ६००० लगानी गर्नेको सम्पत्ति आज हेर्ने हो भने रु. १ करोड भन्दा बढी नाघि सक्यो भने नेपाल बैंकमा ६००० लगानी गर्ने शेयर धनी आज पूर्पुरोमा हात राखेर ढिक्कार भनिरहेको छ ।
त्यसैले आउँदो वर्षहरुमा बैंकले (नेपाल बैंकले पनि) नबिल बैंकबाट बैंक कसरी चलाउनु पर्छ भन्ने पूर्ण पाठ सिक्दै बैंकलाई अगाडी बढाउँदै जानु पर्छ ।

