काठमाण्डौं। तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य बुधाबार बढेको छ।
आइतबार तोलामा तीन हजार, सोमबार एकसय र मंगलबार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज एक हजार तीन सय रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रति तोला दुई ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

