काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई शान्दा खेल हुने भएका छन्। पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। दुवै टोली यसअघिका प्रदर्शन सुधार्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन्।
त्यसपछि अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ। सुरुवाती दुवै खेल जितेर उत्कृष्ट फर्ममा रहेको सुदूरपश्चिम आज पनि अपराजित रहेको क्रम कायमै राख्दै प्लेअफ यात्रा सुरक्षित गर्ने लक्ष्यमा मैदानमा उत्रन लागेको छ।
गत संस्करणमा यी दुई टोलीबीच एकपटक मात्रै भिडन्त भएको थियो, जहाँ सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो। आजको खेल त्यसैको पुनरावृत्ति हुनेछ कि कर्णालीले बदला लिनेछ भन्नेमा दर्शकको ध्यान केन्द्रित भएको छ।

